निर्वाचन आयोगले आउँदो वैशाख १५ लाई उपनिर्वाचनको मिति तोकेपछि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा चुनावी चहलपहल सुरु भएको छ।
उम्मेदवार टुंगो नलाग्दै दलहरू निर्वाचन क्षेत्र केन्द्रित भएका छन्। र, आउँदो निर्वाचनमा उम्मेदवार बन्न सबैजसो दलमा नेताको ‘लर्को’ छ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गत भदौ २५ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। नेम्बाङले करिब तीन दशक लगातार प्रतिनिधित्व गरेको ठाउँमा आफ्नो नतिजा हत्याउन दल र स्वतन्त्र युवासमेत सक्रिय छन्।
नेम्बाङको निधन भएको केही महिनामै यहाँको चुनावी चर्चा सुरु भएको थियो। र, केही उम्मेदवार तथा दल चुनावी तयारीमा समेत जुटिसकेका थिए।
२०७९ सालको निर्वाचनमा नेकपा (एमाले) नेता नेम्बाङ झिनो मतान्तर (एक सय १४) ले मात्रै विजयी बनेपछि नेपाली कांग्रेस यो क्षेत्रमा यसपटक बाजी मार्ने दाउमा छ।
एमाले नेम्बाङको विरासत जोगाउन जुटेको छ भने नेकपा (माओवादी केन्द्र) वर्तमान गठनबन्धन तोडेरै भएपनि उम्मेदवारी दिने ‘चुनौती’ दिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दल पन्साउने लक्ष्यमा छ।
कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै आन्दोलनरत दल र समूह पनि आउँदो निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। तर, पहिचान पक्षधर दल, समूह र संस्था गरी ४१ वटाले चाहिँ साझा उम्मेदवार उठाउने विषयमा छलफल चलिरहेको छ।
आन्दोलनको नेतृत्व गरेका डकेन्द्रसिंह थेगिमले सबैले कुनै पनि दलमा आबद्ध नभएको साझा उम्मेदवार छान्ने बताए। ‘रास्वपाकै उम्मेदवारलाई साझा मान्ने कि भन्नेमा पनि केही मत छन् तर धेरैको मत चाहिँ कुनै दलमा आबद्ध नभएको व्यक्तितिर छ,’ उनले भने, ‘केही दिनमा साझा उम्मेदवारको टुंगो लाग्छ।’
०७९ सालको निर्वाचनमा नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा गठबन्धनका उम्मेदवार डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।
समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।
एमाले जिल्ला सचिव उमेश गुरुङ इलाम क्षेत्र-२ मा पार्टी संगठन बलियो भएकाले जित आफ्नै दलको हुने दाबी गर्छन्। ‘हामी तीन–चार महिनादेखि नै यो क्षेत्रमा चुनावी तयारीमै केन्द्रित छौं, पार्टी संगठन बलियो छ, जित निश्चित नै छ,’ सचिव गुरुङ भन्छन्, ‘अब पनि पार्टीको सिंगो पंक्ति यही निर्वाचनमा केन्द्रित हुनेछ।’
नेम्बाङले लामो समय एउटै ठाउँबाट नेतृत्व गर्दा सबैले चाहेअनुरूपको विकास र प्रगति हुन नसकेको गुनासो निर्वाचन क्षेत्रका मतदाताको छ। यतिमात्र होइन, कोशी प्रदेशको नामकरणमा व्यक्त पहिचानवादीको असन्तुष्टि पनि आउँदो निर्वाचनको मतमै देखिने अर्को चुनौतीसमेत एमालेलाई छ।
सचिव गुरुङले पनि यसलाई चुनौतीकै संज्ञा दिए। ‘०७९ को निर्वाचनमा विपक्षीको प्रलोभनले हाम्रा केही मतदाता प्रभावित भएका थिए, अब त्यस्तो अवस्था रहन दिनहुँदैन,’ उनले भने, ‘केही चुनौती छन्, तिनको निराकरण गर्ने उपाय पनि छन्, नतिजा एमालेकै पक्षमा आउनेछ।’
एमालेमा केही अगुवादेखि युवा पुस्तासमेत यो निर्वाचनमा उम्मेदवार बन्ने ‘लाइन’ मा छन्। नेम्बाङकै कान्छा छोरा सुहाङ नेम्बाङ केही समयदेखि निर्वाचन क्षेत्रमै केन्द्रित छन् भने युवा नेता बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी उम्मेदवारको चर्चामा छन्।
पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईदेखि डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराईको नामसमेत उम्मेदवारको चर्चामा छ। सचिव गुरुङ भन्छन्, ‘ठूलो पार्टीमा धेरै जनाले उम्मेदवारको इच्छा गर्नु स्वाभाविक नै हो तर पार्टीको विधि, पद्धति र अनुशासनभित्र रहेरमात्रै आफ्नो इच्छा व्यक्त गर्न पार्टीले निर्देशन गरिसकेको छ।’
कांग्रेस जिल्ला सचिव पूर्णप्रसाद गौतम अब पनि यो क्षेत्रमा कांग्रेसकै नेता गठबन्धनको उम्मेदवार हुने दाबी गर्छन्। ‘०७९ सालको भागबन्डामा यो क्षेत्र गठबन्धनबाट कांग्रेसले नै उम्मेदवार पाएको क्षेत्र हो,’ उनले भने, ‘त्यसैले अहिले पनि त्यही सर्त निरन्तर रहन्छ।’
कांग्रेसबाट उपनिर्वाचनका लागि जिल्ला सभापति खड्का, नेताहरू भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, संविधानसभा सदस्य नगेन्द्र कुमाल र सचिव गौतमलगायतकै नाम चर्चामा छ।
०७९ को निर्वाचनमा यो क्षेत्रमा खड्का पार्टीकै अन्तरघातका कारण पराजित हुनुपरेको उनी आफैंले बताउँदै आएका छन्। सचिव गौतम पनि पार्टीभित्रको आन्तरिक तयारी र गठबन्धनमा आबद्ध केही मतदाताको ‘कमजोर बुझाइ’लाई पराजित हुनुको कारण ठान्छन्।
‘यो क्षेत्र कांग्रेस एक्लैले पनि जित्ने नै क्षेत्र हो,’ सचिव गौतम भन्छन्, ‘बहुदलीय प्रतिस्पर्धामा निर्वाचन महत्त्वपूर्ण हुने भएपनि हामीमा आफ्नो दलको चुनाव चिह्नबाहेक अरूमा भोट हाल्नै हुँदैन भन्ने गलत बुझाइ छ। गठबन्धनको संस्कृति परिपक्व भएको छैन। पार्टीभित्रको आन्तरिक तयारी पूर्ण नहुँदा पनि गत निर्वाचनमा कांग्रेस पराजित हुनुपरेको हो।’
माओवादी केन्द्रीय सदस्य तथा इलामे नेता धिरेन शर्मा रमणले उपनिर्वाचनमा माओवादी आफैं उम्मेदवार बन्नेगरी पार्टी केन्द्रमा लबिङ गरिरहेको बताए।
उनले इलामवासीले माओवादीमा विश्वास गरेको भन्दै गठबन्धन भएपनि, एक्लै भएपनि माओवादीले उम्मेदवारी दिने बताए। ‘पार्टी केन्द्रले गरेको निर्णयबाट बाहिर जाने कुरा त होइन तर यसपटक इलाम-२ का मतदाताले माओवादी खोजेका छन्,’ उनले भने, ‘हामी पार्टी केन्द्रलाई पनि यो धरातल र यथार्थबारे जानकारी गराउँछौं।’
उनले ०७९ सालको गठबन्धन भागबन्डाको सम्बन्ध अब हुने उपनिर्वाचनमा नरहने पनि बताए। ‘गत निर्वाचनमा यो क्षेत्र गठबन्धनबाट कांग्रेसले पाएको भनेर अबको निर्वाचनमा पनि उसैले पाउने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘अब नयाँ भागबन्डा हुने हो, हामी आफ्नै उम्मेदवार बनाउनेगरी तयारी गर्दैछौं।’ माओवादीबाट रमण, कान्छा लावती र प्रकाश परियारको नाम उम्मेदवारको चर्चामा छ।
इलामकै माङ्सेबुङ घर भएका पत्रकार मिलन लिम्बूले पनि आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। माओवादीनिकट लिम्बूले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरिएको बताए।
‘म यो माटोको उम्मेदवार हुँ, कुनै दलको होइन,’ उनले भने, ‘अहिलेसम्मको पत्रकारितालाई बिट मारेर गाउँ र जनताको सेवा गर्न निर्वाचनमा होमिँदैछु।’ रास्वपाबाट को उम्मेदवार बन्ने भन्ने टुंगो लागिसकेको छैन।
०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २(१) मा गठबन्धनका कांग्रेस उम्मेदवार गोविन्द गिरी विजयी भए भने क्षेत्र २(२) मा गठबन्धनका माओवादी उम्मेदवार कान्छा लावती पराजित हुँदा एमालेका रामबहादुर राना विजयी बनेका थिए।
यो निर्वाचन क्षेत्रमा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन्। पछिल्लो स्थानीय तह निर्वाचनमा यो क्षेत्रका इलाम नगरपालिकाको मेयर–उपमेयर र चुलाचुलीको अध्यक्ष कांग्रेसले जितेको छ।
देउमाईको मेयर–उपमेयर, फाकफोकथुमको अध्यक्ष–उपाध्यक्ष र चुलाचुलीको उपाध्यक्ष एमालेले जितेको छ। माङ्सेबुङको उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार संघीय समाजवादी पार्टीका विनोद नेम्बाङ निर्वाचित छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम-२ बाटै ३६ हजार ५ सय १७ मत ल्याएर विजयी बनेका थिए। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए।
२०७० को संविधानसभा निर्वाचनमा नेम्बाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार ८ सय २८ मत ल्याएका थिए। २०५६ सालको संसदीय निर्वाचनमा पनि नेम्बाङ यही क्षेत्रबाट विजयी बनेका थिए।