नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक शक्ति र आन्तरिक सुशासन कायम गर्नेमा जोड दिएको छ।
महासमिति बैठकमा पेस गर्न उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानले तय गरेको प्रस्तावमा पार्टीभित्र अनुशासन हिनता बढेको औँल्याइएको छ।
अनुशासित, शिक्षित र प्रशिक्षित कांग्रेसले मात्र देशलाई सुशासन र गति दिन सक्ने प्रतिवेदनमा उल्लेख गर्दै भनिएको छ,‘त्यसैले पार्टीको आन्तरिक शक्ति अभिवृद्धि गर्दै आन्तरिक सुशासन सुनिश्चित गर्ने थप नीति तय गरिने छ।’
पार्टी संगठन र सदस्यलाई राजनीतिक रूपमा निरन्तर क्रियाशील बनाई राष्ट्र निर्माणको अभिभारा उठाउन सक्ने सक्षम, सबल र प्रभावकारी राजनीतिक शक्तिका रूपमा कांग्रेसलाई विकसित गरिने जनाइएको छ।
मुलुकमा परम्परागत मुद्दा र समस्याका स्वरूपहरू बदलिएको जनाउँदै नागरिक कर्तव्य प्रतिको दायित्व बोध तथा राज्यसँगको अपेक्षाका आयतन फराकिला बन्दै गएको कांग्रेसले जनाएको छ।
प्रविधि मार्फत विश्वसँगको निकटता र तुलनाले युवा पुस्तामा नयाँ अपेक्षा बढ्नु र त्यसको प्राप्तिको अभिलाषा बढ्नु स्वाभाविक रहेको उल्लेख गर्दै भनिएको छ,‘तर आफ्नो देशको यथार्थ वस्तुस्थिति तथा सामर्थ्यलाई नजरअन्दाज गरेर लोकरिझ्याइँमा मात्र केन्द्रित हुनु राजनीतिक संस्कार हुन सक्दैन। यसले मुलुकलाई सही दिशामा अगाडि बढाउँदैन।’
ढाँटछल गरेर अस्वाभाविक सपना बाँड्न सजिलो रहेको जनाउँदै कांग्रेसले त्यसलाई पुरा गर्न नसक्दा नागरिकमा निराश र उत्तेजना बढ्ने उल्लेख गरिएको छ।
‘सस्ता र असम्भव नाराहरू मात्र उरालेर नागरिकलाई उत्तेजित पार्दा उत्तेजना सकिएपछि बढ्ने निराशा नै हो,’ खड्काले तयार पारेको प्रस्तावमा भनिएको छ,‘यस परिस्थितिलाई सम्हाल्दै, सँगाल्दै अगाडि बढ्न र नागरिकका अपेक्षा, चाहना तथा आवश्यकतालाई व्यावहारिक रूपमादुरुत गतिमा कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध छ।’
विद्यमान सङ्क्रमण तोडेर सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण, नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गरी समतामूलक, न्यायिक र समुन्नत नेपाल बनाउन हाल देखिएका नीतिगत, कानुनी तथा व्यावहारिक जटिलता चिर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ। ‘त्यो क्षमता, आँट, शक्ति, नागरिक विश्वास र संगठन नेपाली कांग्रेससँग छ,’ भनिएको छ।
सुशासन, भ्रष्टाचारको अन्त्य, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, सबै वर्ग, समुदाय, क्षेत्र, लिंगका नागरिकको अपनत्वसहित संविधानको पूर्ण पालना र लोकतान्त्रिक पद्धतिबाट लोककल्याणको प्रवर्द्धन गर्दै अगाडि बढ्न पार्टी दृढ रहेको जनाएको छ।
विगतमा कांग्रेसकै नेतृत्वमा भएका क्रान्ति, आन्दोलन, परिवर्तन र सरकार सञ्चालनकै बेलामा पनि जारी गरेका अपिल, आग्रह, घोषणा कांग्रेसका दृष्टिबिन्दु भएको पनि उल्लेख छ।
कांग्रेसलाई एक्काइसौँ शताब्दी अनुकूलको उदाहरणीय लोकतान्त्रिक दलको रूपमा संगठित गरिने जनाउँदै सदस्यता वितरण प्रणालीलाई सुधार गर्दै लैजाने पनि उल्लेख गरिएको छ। पार्टी भित्रका आन्तरिक विभाग, भातृसंस्था, पेशा व्यवसायी तथा शुभेच्छुक संघसंस्थाहरूलाई सक्रिय र चलायमान बनाइने जनाउँदै भनिएको छ,‘कांग्रेसका नेता, सदस्य मात्र नभई मतदाता तथा आम नागरिकबिच सिधा प्रत्यक्ष संवाद गर्ने प्रणाली निर्माण गर्न अझै बढी सक्रियतापूर्वक लाग्न प्रतिबद्ध छ।’
सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्ने जनाउँदै कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रह सहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो नभएको स्पष्ट पारेको छ।
शान्तिपूर्ण, मैत्रीपूर्ण र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल कांग्रेसका मित्र भएको जनाएको छ। ‘हत्या, हिंसा, लोकतन्त्र विरोधी गतिविधि भने कांग्रेसलाई कुनै पनि हालतमा मान्य हुने छैन, सह्य हुने छैन,’ भनिएको छ, ‘लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने कांग्रेस कहिल्यै उदार हुन सक्दैन।’
माओवादी केन्द्रप्रति सभापति शेरबहादुर देउवा बढी उदार प्रमुख विपक्ष एमालेप्रति अनुदार रहेको आरोप लाग्दै आएका बेला उपसभापति खड्काले तयार गरेको प्रस्तावमा २०७४ मा भएको निर्वाचनपछि लोकतान्त्रिक विधि र प्रक्रियालाई मिचेर एमाले नेतृत्व सरकारले संसद् विघटन गरेको उल्लेख छ।
उदारता र दलहरू प्रतिको सम्मान कांग्रेसको सीमा रहेको जनाउँदै उसले भनेको छ, ‘तर दलीय पद्धतिप्रतिको विषवमन र उग्रता विरुद्ध भने कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ।’
युवा ज्ञान तथा विज्ञताको सदुपयोग गर्ने नीति अघि सार्दै कांग्रेसले ४० वर्ष उमेर मुनिका युवा र देश विदेशमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञ व्यक्तिका लागि पार्टीको सम्पूर्ण समितिमा निश्चित प्रतिशत सिट छुट्याउने जनाइएको छ।
प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै कांग्रेसले सार्वजनिक (नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, जग्गा किनबेचजस्ता) सेवालाई सरल, सहज, निष्पक्ष, प्रभावकारी र निश्चित समयभित्र प्राप्त गर्न सक्ने गरी आवश्यक नीतिगत निर्माण गर्ने पनि जनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विभिन्न राजनीतिक दल संघीयता खारेजेको पक्षमा उभिएका बेला कांग्रेसले त्यसलाई मितव्ययी बनाउँदै कार्यान्वयनमा जोड दिएको छ। ‘कांग्रेस संघीयता सफलताको आधार मितव्ययी र लोकप्रिय सरकारको नीतिलाई अवलम्बन गर्दै तीनै तहको सरकारमा सुशासन प्रवर्द्धन गर्न दृढ संकल्प व्यक्त गर्दछ,’ भनिएको छ।
नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार रहेको जनाउँदै कांग्रेसले समुन्नति, सुशासनको स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका परिपूरक भएको उल्लेख छ।
सुशासनको स्थापना र भ्रष्टाचारको नियन्त्रणविना समुन्नति सम्भव नरहेको भन्दै उसले भनेको छ, ‘लोकतन्त्र आत्मअनुशासनसँग जोडिन्छ र आत्मअनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ। यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ।’
संविधानको व्यावहारिक तथा प्रभावकारी कार्यान्वयन, लम्बिँदो संक्रमणको अन्त्यमा पनि जोड दिएको छ। नेपाली समाजमा बढ्दा असमानता हटाउन आर्थिक रूपमा सम्पन्न हुनुपर्ने जनाउँदै प्राकृतिक स्रोत साधनको असमान वितरण, शक्ति तथा स्रोत माथिको असमान पहुँच लगायतका कारण औँल्याएको छ।
अर्थतन्त्रको सुधारमा जोड दिँदै कांग्रेसले हाल देखिएका बेरोजगारी, गरिबी, अविकास, उद्योग कलकारखानाको अभाव लगायतका समस्याहरूको समाधान उदार खुला अर्थनीतिबाट मात्र सम्भव रहेको जनाएको छ।
पार्टी विधानअनुसार महाधिवेशन हुने बाहेकका हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ। तर १४ औं महाधिवेशनपछि अहिलेसम्म एक पटक पनि महासमिति बैठक गरेको छैन । यसअघि तीन पटक स्थगित महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने निर्णय कांग्रेसले गरेको छ।
महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावहरूका विषयमा निर्णय लिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबारबाट केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा उपसभापति खड्का, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीकातर्फबाट आआफ्ना प्रस्ताव पेस गरेका छन्।