धनगढी उपमहानगरपालिकाको परिसरमा शनिबार सेवा निवृत्त भई जान लागेका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइका लागी भव्य समारोहको आयोजना गरिएको थियो।
दुई कार्यकाल गरि धनगढी उपमहानगरपालिकामा पाँच वर्ष एक महिना बसेका श्रेष्ठको बिदाइको महत्त्वपूर्ण समारोहमा मेयर, उपमेयर, नेकपा एमालेका जनप्रतिनिधि र कर्मचारी लगायतको सहभागिता थियाे। तर उक्त महत्त्वपूर्ण समारोहमा नेपाली कांग्रेस र नेकपा माओवादीका वडा अध्यक्षहरू, सदस्यहरू भने देखिएनन्।
गत मंसिर महिनामा जग्गा प्लटिङ सम्बन्धी निर्देशिकाकाे विषयमा नगर प्रमुख गोपाल हमाल र वडा अध्यक्षहरू बिच उत्पन्न विवादपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका वडा अध्यक्षहरू तथा सदस्यहरू नगर प्रमुख सहभागी कार्यक्रममा अनुपस्थित हुँदै आएका छन्। पछिल्ला चार वटा कार्यक्रममा वडा अध्यक्षहरूको लगातार अनुपस्थित रहेको बताइएको छ।
धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती संघले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि उनीहरुले नगर प्रमुख सहभागी कार्यक्रमहरूलाई बहिस्कार गर्न सुरु गरेका हुन्। नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि कांग्रेस र माओवादी वडा अध्यक्ष र सदस्यहरू सहभागी भएनन्।
मलाई राजीनामा दिन बाध्य पार्न दलहरुले मोर्चावन्दी गरेका छन्: मेयर हमाल
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आफूलाई राजीनामा दिन बाध्य पार्न राजनीतिक दलहरुको तहबाटै अघोषित रुपमा मोर्चाबन्दी सुरु भएको बताएका छन्।
‘वडा अध्यक्षहरूले असहयोग गरेर मलाई काम गर्न नदिने र काम नगरेपछि गोपी पदमा बसिराख्दैन भन्ने उनीहरुलाई थाह छ’ मेयर हमालले भने,‘मलाई काम गर्न नदिएर राजीनामा गर्न बाध्य पार्न मोर्चावन्दी गरिएको छ।’
प्रत्यक्ष हेर्दा वडा अध्यक्षहरूले असहयोग गरेजस्तो देखिए पनि वडा अध्यक्षहरुको तहबाट मात्र नभई राजनीतिक दलहरुले राजीनामा गर्नका लागी बाध्य पार्न योजनाबद्ध रुपमा अघोषित तरिकाले मोर्चावन्दी गरेको उनको आरोप छ।
‘यो वडा अध्यक्षहरुको तहबाट मात्र होइन, मलाई राजीनामा गर्न बाध्य पार्न राजनीतिक दलहरुको नै अघोषित मोर्चावन्दी हो’ उनले भने।
आफूले पहिले काम गर्न नसकेमा पदमा आफू टाँसिरहँदैन भनेर सबैका अगाडी भन्ने गरेको उल्लेख गर्दै काम गर्न नदिए गोपी राजीनामा दिइहाल्छ भनेर अहिले उनीहरुले योजनाबद्ध रुपमा असहयोग गर्न लागेको मेयर हमालको भनाई छ।
सुरुमा स्वतन्त्रबाट जितेको मेयर एक्लैले केही काम गर्न सक्दैन सोचेका दलहरुले आफूले धनगढीको विकास र स्मृद्धीका लागी राम्रो काम गरेपछि अत्तालिएर मोर्चावन्दी गर्न लागेको हमालको आरोप छ।
मेयरले बोलाएनन् : वडाध्यक्ष
नेपाली कांग्रेस र माओवादी केन्द्रका वडा अध्यक्षहरूले मेयरलाई आफूले कुनै असहयोग र काम गर्न नदिन मोर्चावन्दी नगरेको बताएको छन्।
मेयरले आफूहरुलाई नबोलाएको उनीहरुको भनाई छ। आफूहरुसँग छलफल गर्न नै आवश्यक नठानेको उनीहरुको आरोप छ। नेपाली कांग्रेस नगर संसदीय दलको नेता समेत रहेका वडा नम्बर-४ का अध्यक्ष बुद्धिबहादुर खड्काले आफूहरूले मोर्चाबन्दी र असहयोग नगरेको बताए।
मेयर हमालले आफूहरुलाई नबोलाएकोले कार्यक्रममा सहभागी नभएको उनको भनाई छ। ‘मेयरसँग भेटघाट नै भएको छैन, वहाँले बोलाउनु नै भएको छैन, फोन गरे स्विचअफ हुन्छ’ वडा अध्यक्ष खड्काले भने।
जग्गा प्लटिङ सम्बन्धी पनि ठूलो विवाद नभएको उल्लेख गर्दै आपसमा छलफल गरेर सबै समाधान गर्न सकिने उनको भनाई छ। ‘मेयरबाट छलफल गरेर समाधान खोज्न पहल नै भएको छैन ’उनले भने, ‘छलफल गरेर समाधान खोज्न सकिन्छ।’
यसैगरि नेकपा माओवादी केन्द्रका वडा नं-६ का वडा अध्यक्ष भागीराम चौधरीले मेयर हमालले आफूहरुलाई कुनै विषयमा पनि छलफल गर्न नबोलाउने गरेको बताए।
धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८० मंसिर २५ गते राजपत्रमा प्रकाशित भएपछि नगर प्रमुख र वडा अध्यक्षबिच तिक्तता सुरु भएको हो।
मेयर हमालले कार्यपालिका बैठकबाट सर्वसम्मत पास भएको बताएका छन् भने वडा अध्यक्षहरूले मेयरले एकलौटी निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको आरोप लगाएका छन्।
यो विषयको विवाद सर्वोच्च अदालतमा पुगेको छ। कार्यविधि खारेजीको माग गर्दै परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ।