समितिको नाम हेरफेर, संख्या चार
२६ पौष २०८०
•
३ मिनेट पाठ
समितिको नाम हेरफेर, संख्या चार
राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ। नियमावली मस्यौदा समितिले तयार गरेका प्रारम्भिक मस्यौदामा चार समिति कायम नै राखिएको छ। जसमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ।




समितिका एक सदस्यले दिएको जानकारीअनुसार यसअघिको दिगो विकास समितिको ठाउँमा विकास, आर्थिक मामिला तथा सुशासन समिति राखिएको छ।

यस समितिको कार्यक्षेत्र यसअघिको दिगो विकास समितिको भन्दा अझै बढाइएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिले विकास योजना, आयोजना, दिगो विकास, समन्यायिक एवं सन्तुलित विकास, लगानी, जनसंख्या व्यवस्थापन, अर्थव्यवस्था, सार्वजनिक वित्त, पूर्वबजेट छलफल, शासकीय सुधार तथा सुशासन प्रवर्द्धन , सूचना प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विषय र सम्बद्ध निकायलगायतको क्षेत्राधिकार यो समितिलाई दिइएको छ।

यसअघिको विधायन व्यवस्थापन समितिको नाम परिवर्तन गरिएको छैन। समितिमा यसअघिको कार्यक्षेत्र कायम राख्दै संघीय एकाइबीच विधायिकी अन्तरसम्बन्धसम्बन्धी विषय र सम्बद्ध निकाय हेर्ने अधिकार थप गरिएको छ।
यसअघिको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको नाम परिमार्जन गरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति नामकरण गरिएको छ।

यो समितिले सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासन, राष्ट्रिय महत्त्वका दस्तावेज, अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्विक सम्पदासम्बन्धी विषय र सम्बद्ध निकायबारे अध्ययन गर्ने अधिकारको व्यवस्था गरिएको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको नाम परिमार्जन गरी संघीयता तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ।

समितिको क्षेत्राधिकारमा राज्यको तहगत संरचनामा समन्वय र सवलीकरण, राजनीतिक, वित्तीय तथा प्रशासनिक संघीयता, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोत, सामजिक न्याय, मानव अधिकार, परष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयन, राष्ट्रिय सुरक्षा, संवैधानिक निकाय, श्रम, रोजगार र उपभोक्ता हित, शान्ति प्रक्रिया, विपद् व्यवस्थापन, सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, समावेशीकरण, लैंगिक मामिला पिछडिएको क्षोत्र, समुदाय तथा संस्कृतिसम्बन्धी विषय र सम्बद्ध निकाय राखिएका छन्।

यसअघिका विषयगत समितिहरूमा दिगो विकास तथा सुशासन समितिले सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रबद्र्धनसम्बन्धी विषय हेर्ने गरेको थियो भने विधायन व्यवस्थापन समितिले सभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धानसम्बन्धी विषय हेर्ने गरेको थियो।

यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासनसम्बन्धी कार्य र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी विषय हेर्ने गरेको थिए।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रि सुरक्षा र संवैधानिक आयोगसम्बन्धी विषय हेर्ने कार्यक्षेत्र रहेको थियो।

राष्ट्रियसभाले गत असोज २६ गते राष्ट्रियसभा नियमावली, २०७५ संशोधन’ गर्नका लागि मस्यौदा समिति गठन गरेको थियो। १२ सदस्यीय मस्यौदा समितिमा कांग्रेसकी, अनिता देवकोटा र जितेन्द्रनारायण देव, एमालेका दिलकुमारी रावल थापा पार्वती र भैरवसुन्दर श्रेष्ठ, एकीकृत समाजवादीबाट मदनकुमारी शाह (गरिमा), माओवादी केन्द्रका महेशकुमार महरा र सुरेशकुमार आले मगर, जसपाका मोहम्मद खालिद सदस्य रहेका छन्।

त्यस्तै लोसपाका शेखरकुमार सिंह, राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा, मनोनित विमला राई पौड्याल रहेका छन्। समितिले एक चरणको छलफल पनि आगामी अधिवेशनमा यो मस्यौदा पेस गर्नेछ।
२०७४ फागुन २० गते राष्ट्रियसभाको पहिलो बैठक बसेको थियो भने, आगामी फागुन १९ गते ६ वर्ष पूरा हुँदैछ। ५९ सदस्यीय राष्ट्रियसभामा गोलाप्रथाबाट आएका एकतिहाइ दुई वर्षमा, एकतिहाइ चार वर्षमा र एकतिहाइ आगामी फागुन १९ गते बिदाई हुँदैछ।
अर्को समाचार
समितिको नाम हेरफेर, संख्या चार
२६ पौष २०८०
•
४ मिनेट पाठ
समितिको नाम हेरफेर, संख्या चार
रररर




राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ। नियमावली मस्यौदा समितिले तयार गरेका प्रारम्भिक मस्यौदामा चार समिति कायम नै राखिएको छ। जसमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ।

समितिका एक सदस्यले दिएको जानकारीअनुसार यसअघिको दिगो विकास समितिको ठाउँमा विकास, आर्थिक मामिला तथा सुशासन समिति राखिएको छ। यस समितिको कार्यक्षेत्र यसअघिको दिगो विकास समितिको भन्दा अझै बढाइएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिले विकास योजना, आयोजना, दिगो विकास, समन्यायिक एवं सन्तुलित विकास, लगानी, जनसंख्या व्यवस्थापन, अर्थव्यवस्था, सार्वजनिक वित्त, पूर्वबजेट छलफल, शासकीय सुधार तथा सुशासन प्रवद्र्धन, सूचना प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विषय र सम्बद्ध निकायलगायतको क्षेत्राधिकार यो समितिलाई दिइएको छ।  

यसअघिको विधायन व्यवस्थापन समितिको नाम परिवर्तन गरिएको छैन। समितिमा यसअघिको कार्यक्षेत्र कायम राख्दै संघीय एकाइबीच विधायिकी अन्तरसम्बन्धसम्बन्धी विषय र सम्बद्ध निकाय हेर्ने अधिकार थप गरिएको छ। यसअघिको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको नाम परिमार्जन गरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति नामकरण गरिएको छ। यो समितिले सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासन, राष्ट्रिय महŒवका दस्तावेज, अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्विक सम्पदासम्बन्धी विषय र सम्बद्ध निकायबारे अध्ययन गर्ने अधिकारको व्यवस्था गरिएको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको नाम परिमार्जन गरी संघीयता तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ।

समितिको क्षेत्राधिकारमा राज्यको तहगत संरचनामा समन्वय र सवलीकरण, राजनीतिक, वित्तीय तथा प्रशासनिक संघीयता, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोत, सामजिक न्याय, मानव अधिकार, परष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयन, राष्ट्रिय सुरक्षा, संवैधानिक निकाय, श्रम, रोजगार र उपभोक्ता हित, शान्ति प्रक्रिया, विपद् व्यवस्थापन, सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, समावेशीकरण, लैंगिक मामिला पिछडिएको क्षोत्र, समुदाय तथा संस्कृतिसम्बन्धी विषय र सम्बद्ध निकाय राखिएका छन्। यसअघिका विषयगत समितिहरूमा दिगो विकास तथा सुशासन समितिले सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रबद्र्धनसम्बन्धी विषय हेर्ने गरेको थियो भने विधायन व्यवस्थापन समितिले सभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धानसम्बन्धी विषय हेर्ने गरेको थियो।  

यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासनसम्बन्धी कार्य र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी विषय हेर्ने गरेको थिए। राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रि सुरक्षा र संवैधानिक आयोगसम्बन्धी विषय हेर्ने कार्यक्षेत्र रहेको थियो।  

राष्ट्रियसभाले गत असोज २६ गते राष्ट्रियसभा नियमावली, २०७५ संशोधन’ गर्नका लागि मस्यौदा समिति गठन गरेको थियो। १२ सदस्यीय मस्यौदा समितिमा कांग्रेसकी, अनिता देवकोटा र जितेन्द्रनारायण देव, एमालेका दिलकुमारी रावल थापा पार्वती र भैरवसुन्दर श्रेष्ठ, एकीकृत समाजवादीबाट मदनकुमारी शाह (गरिमा), माओवादी केन्द्रका महेशकुमार महरा र सुरेशकुमार आले मगर, जसपाका मोहम्मद खालिद सदस्य रहेका छन्। त्यस्तै लोसपाका शेखरकुमार सिंह, राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा, मनोनित विमला राई पौड्याल रहेका छन्। समितिले एक चरणको छलफल पनि आगामी अधिवेशनमा यो मस्यौदा पेस गर्नेछ। २०७४ फागुन २० गते राष्ट्रियसभाको पहिलो बैठक बसेको थियो भने, आगामी फागुन १९ गते ६ वर्ष पूरा हुँदैछ। ५९ सदस्यीय राष्ट्रियसभामा गोलाप्रथाबाट आएका एकतिहाइ दुई वर्षमा, एकतिहाइ चार वर्षमा र एकतिहाइ आगामी फागुन १९ गते बिदाई हुँदैछ।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस