आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरात राजा यलम्बरको तस्बिर राखेका धरानका मेयर हर्क साम्पाङलाई काठमाडौँका मेयर बालेन शाहले दिएको आकाश भैरवको साङ्केतिक अर्थ निकै रोचक देखिन्छ। आकाश भैरव (नेवारी: आजु) भैरवको विभिन्न रूप मध्ये एक रूप मानिन्छ। यो मन्दिर करिब ३१००–३५०० वर्ष पहिले नेपालको प्रथम किराँती राजा यलम्बरको दरबार भएको मान्यता छ।
यस्तोमा नेवार बाहुल्यता भएको महानगरका मेयर बालेनले किराँत बाहुल्यता रहेको धरानका मेयर हर्कलाई दिएको प्रतिमाले ‘ऐतिहासिक मित्रता’को सङ्केत दिएको छ। किराँतीको सहर धरानलाई आकाश भैरवको प्रतिमा दिएर नेवार बाहुल्यता भएको काठमाडौँका मेयर बालेनले सामाजिक सद्भावसँगै राजनीतिक सम्बन्धको बिस्तार गर्न सक्षम भएका छन्। ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा शुक्रवार धरान पुगेका मेयर शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाइ आकाश भैरवको प्रतिमा दिएका थिए।
‘किराँतको पहिलो राजा यलम्बर भनेर चिनिने आकाश भैरव हाम्रो भगवान् हुन्,’ कार्यक्रममा प्रतिमा हस्तान्तरण गर्दै शाहले भनेका थिए, ‘धरानलाई यो प्रतिमा दिन पाउँदा खुसी लागेको छ।’ उनले ललितपुरको नाम पनि ‘यल’ रहेको भन्दै नेवारी सभ्यतामा यलम्बरसँगको सम्बन्ध प्रस्टाएका थिए।
काठमाडौँ नेवार समुदायले भगवान् भनेर मान्ने ‘आकाश भैरव’लाई नेपालका प्रथम किराँती राजा यलम्बर मानिन्छ। किराँतीको सहर धरानलाई आकाश भैरवको प्रतिमा दिएर नेवार बाहुल्यता भएको काठमाडौँका मेयर बालेन्द्रले सामाजिक सद्भावसँगै राजनीतिक सम्बन्धको बिस्तार गर्न सक्षम भएका छन्।
धरानका मेयर हर्क साम्पाङले काठमाडौँका महानगरपालिकाका मेयर बालेन शाहले दिएको आकाश भैरवको प्रतिमा सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। ‘मलाई र धरानलाई कोही दुष्टको आँखी डाही नलागोस्! भूत प्रेत र सेसन्तरले दुःख नदेओस् भनेर धरान उत्सवको अवसरमा मेरो मित्र बालेन ज्युले दिनु भएको आकाश भैरवको आकृति यस्तो छ है!’ उनले आकाश भैरवको प्रतिमा सार्वजनिक गर्दै लेखेका छन्।
स्वतन्त्र मेयर साम्पाङलाई दलबाट जितेका पदाधिकारीहरूले असहयोग गर्दै आएका छन् । श्रमदानबाट निर्माणको नयाँ अभियान थालनी गरेका साम्पाङको कार्यशैलीको सर्वसाधारणले तारिफ गरे पनि दलहरूले भने आलोचना गरिरहेका छन्। दलहरूको आलोचना खेपिरहेका हर्क राजधानीका स्वतन्त्र मेयर बालेन शाहले भने खुलेर तारिफ गरेका थिए।
‘धरानबाट काठमाडौँले पनि धेरै कुरा सिक्नु पर्छ,’ कार्यक्रममा बालेन शाहले भनेका थिए, ‘श्रमदानको संस्कार र प्राकृतिक श्रोत साधनको रक्षा गर्ने धराने तरिका तारिफ योग्य छ।’ उनले धरानले कसैको आशा नगरेर विकासको बाटोमा आफै लम्केको समेत सुनाए।
‘यो मित्रता मा कसैको कालो नजर नलागोस्। दुवै मेयर ज्यु, देशको दरो खम्बा हामी नेपालीको भविष्य हुनु हुन्छ।’, सामाजिक सञ्जालमा चन्द्रकला राई लेख्छिन्, ‘यही खम्बाको जगमा नयाँ नेपाल निर्माण हुने विश्वास लिएका छौ।’
यस्तोमा मेयर साम्पाङले पनि राजधानीको मेयरको तारिफ गर्न चुकेनन्। राजधानीमा आएर मेयर शाहलाई भादगाउँले टोपी लगाइदिएका साम्पाङले सार्वजनिक मञ्चमा समेत मेयर शाहका कार्यशैलीको तारिफ गरे।
सुरुवाती दिनमा सामाजिक सञ्जालमा एक अर्काको आलोचनामा रहने यी दुई मेयरको पछिल्लो मित्रताले धेरै खुसी समेत भएका छन्। ‘यो मित्रता मा कसैको कालो नजर नलागोस् दुवै मेयर ज्यु। देशको दरो खम्बा हामी नेपाली हरूको भविष्य हुनु हुन्छ।’, सामाजिक सञ्जालमा चन्द्रकला राई लेख्छिन्, ‘यही खम्बाको जगमा नयाँ नेपाल निर्माण हुने विश्वास लिएका छौ ।’
आकाश भैरव को हुन् ?
आकाश भैरव ( नेवारी: आजु) भैरवको विभिन्न रूप मध्ये एक रूप हो।आकाश भैरवको मन्दिर करिब ३१००–३५०० वर्ष पहिले नेपालको प्रथम किराँती राजा यलम्बरको दरबार भएको मानिन्छ।
आकाश भैरवको घेरालाई नेपालको नेको प्रतीकका रूपमा येन भनिन्छ। ने भनेको किराँती भाषामा “मध्यभुमी“ हो। आकाश भैरवको शिर सयौँ वर्षअघि काठमाडौँमा खन्दा भेटिएको मान्यता छ । यसलाई वर्षको एक पटक इन्द्रजात्रा पर्वको अवसरमा निकालिन्छ र नजिकैको कुमारी चोकमा बस्ने जीवित देवी कुमारीले आशीर्वाद दिन्छिन्। पूजाको समयमा यस मन्दिरको दर्शन गर्न ठुलो सङ्ख्यामा भक्तजन आउँछन्।
धरानका मेयर हर्क साम्पाङ सामाजिक सञ्जाल फेसबुकमा ‘हर्क साम्पाङ ए रेभुलुशन’ नामबाट चिनिन्छन्। सरकारको मुख ताक्ने भन्दा पनि आफ्नै मेहेनतबाट अगाडी बढ्दै गरेका हर्कको धेरै तारिफ पनि भएको छ। अझ विकासको काम श्रमदानबाटै पुरा गर्ने उनको अभियानलगायतका उनका फरक कामबाट उनले राखेको ‘रेभुलुशन’ शब्दले झनै सार्थकता पाएको देखिन्छ। उनको अथक प्रयासबाट धरानमा पानी खसेपछि त त्यसलाई ‘पानी क्रान्ती’को संज्ञा नै दिइयो।
केन्द्र सरकारको मुख नताक्ने हर्कले केन्द्र सरकारले चासो नदिएको भन्दै आइतबार आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेपछि यसमा तीव्र प्रतिक्रिया आएका छन्। कसैले उनले अर्को क्रान्ति गरेको टिप्पणी गरे त कसैले यो उद्दण्डता भन्दै आलोचना गरेका छन्।
हर्कले आफ्नो कार्यकक्षमा फोटो राख्नु अगाडी शनिवार, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु! जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु! जय देश!’ भन्दै स्ट्याटस पनि लेखेका थिए। केन्द्रमा आएर प्रधानमन्त्रीसँग भेटेर हाँसीखुसी धरान फर्केका मेयरले गरेको पछिल्लो निर्णयले धेरैलाई आश्चर्यमा समेत पारेको छ।
सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्। ‘व्यक्ति मन नपर्न सक्छ तर देशको राष्ट्रपति र प्रधानमन्त्री पदको सधैँ सम्मान गर्नुपर्दछ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु ,’ सामाजिक सञ्जालमा दीपक राई लेख्छन्, ‘मेयर साब बाकी तपाईँको बिचार ।’
सामाजिक सञ्जालमा उनको यो कामलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्। ‘व्यक्ति मन नपर्न सक्छ तर देशको राष्ट्रपति र प्रधानमन्त्री पदको सधैँ सम्मान गर्नुपर्दछ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु,’ सामाजिक सञ्जालमा दीपक राई लेख्छन्, ‘मेयर साब बाकी तपाईँको बिचार।’ अझ अर्का एक विक्रम भट्टराईले त ‘अब तपाईँको अफिस तपाईँको नै खुसी‘.. अझै म त भन्छु तपाई आफ्नै फÞफोटो राख्नुस् सबैतिर।’ भन्दै प्रतिक्रिया दिएका छन्।
उनको यो कामको तारिफ गर्ने पनि देखिएका छन्। धेरैले ‘गुड वर्क’ भन्दै स्याबासी पनि दिएका छन्। ‘सकारात्मक छ तपाईँको यो साहस हिम्मतलाई हाम्रो पूर्ण समर्थन छ,’ सामाजिक सञ्जालमा अनवी याकथुम्बा लेख्छन्, ‘ तपाईँ अगाडि बढनुस।’
तर स्थानीय राजनीतिक दललाई हर्क यति धेरै अगाडी बढेको मन परेको छैन। धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन्।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन्। ‘धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ,‘ यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको हाम्रो ठहर छ ।’
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...