सरकार अलमलमै, जागेन आशा
१० पौष २०८०
•
५ मिनेट पाठ
सरकार अलमलमै, जागेन आशा
केन्द्रीकृत राज्यले उपेक्षा गरेका कारण गरिबी, बेरोजगारी र पछौटेपनमा पिल्सिनुपरेको बुझाइ भएका सुदूरपश्चिमेलीमा देश संघीयतामा गएसँगै आगनमै प्रदेश सरकार पाएपछि नयाँ उत्साह र उल्लास देखिएको थियो। तर, प्रदेश सरकारको पहिलो ५ वर्षे कार्यकालमा अपेक्षा बमोजिम सरकारबाट विकासका काम हुन नसकेपछि उत्साहित बन्न नसकेका जनता पछिल्लो प्रदेश सरकारको एक वर्ष पनि उत्साहित छैनन्।




६ महिनासम्म सरकारलाई पूर्णता दिन नै आफ्नो पुरै तागत लगाएका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको प्रदेश सरकार विकासका काम गर्नमा कुहिरोमा हराएको कागजस्तै अलमलमा परेको देखिन्छ।

प्रदेश सरकार भएकोसम्म आभास नहुनेगरी प्रदेश सरकार कामविहीन देखिएको स्थानीयको भनाइ छ। देखिनेगरी एउटा पनि काम र योजना नल्याएको सरकारले बिजनेस दिन नसक्दा प्रदेशसभा पनि प्रभाव हिन भएको छ भने प्रदेशसभा सदस्य पनि फुर्सदिला बनेका छन्।

सत्तापक्षकै सासंदहरू सरकारले बिजनेस दिन नसकेको भन्दै असन्तुष्ट छन्। एक वर्षमा प्रदेश सरकारले बजेट र नीति कार्यक्रमबाहेक कानुन बनाउन एक पनि विधेयक प्रदेशसभामा प्रस्तुत गर्न सकेको छैन। तर, भ्रष्टाचार, घुसखोरी र कमिसन भने बढेको छ।
‘प्रदेश सरकारले आर्थिक विकासका कुनै योजना ल्याउन सकेको देखिँदैन, पाँच वर्षे कार्यकालका लागि रोजगारी सिर्जना गर्ने, औद्योगीकरण, विकास लगायतका केही काम पनि यो एक वर्षमा सुरु गरेको देखिँदैन,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हेमराज पन्त भन्छन्, ‘प्रदेश सरकारले काम नगर्दा जनतामा निराशा बढेको छ।’

भ्रष्टाचार ठूलो समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार पनि बढेको उनको भनाइ छ। ‘घुसखोरी, कमिसनविना कुनै काम नै हुँदैन, पहिलेभन्दा अझ बढेको छ,’ उनले भने।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागु गर्न नसकेको उनी बताउँछन्। बजेट खर्च नै गर्न सकेको देखिँदैन। प्रदेश सरकारले आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगततर्फ पाँच प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ।

यसैगरी, प्रदेशसभा सदस्य तारा जोशीले प्रदेश सरकार गृह कार्य कुरेर बसेको विद्यार्थीजस्तो पूरै अलमलमा रहेको बताउँछन्। ‘प्रदेश सरकार अलमलबाट मुक्त हुन सक्ने देखिदैन’उनले भने। कुनै योजना, धारणा नभएको र अकर्मण्य सरकार रहेको उनको भनाई छ।

सरकारले के गर्ने, काम कसरी सिर्जना गर्ने र कसरी योजना लागु गर्ने भन्ने थाहा नभएको उनको भनाइ छ। तलब खान र भ्रमण गर्नमा मात्र सरकारका मुख्यमन्त्री र मन्त्रीको दिन कटिरहेको उनको भनाइ छ।

पूर्णता दिनमै ६ महिना

देश संघीयतामा गएपछि दोस्रो पटक गत वर्ष मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा कुनै पनि दलको बहुमत आएन। ५३ सदस्यीय प्रदेशसभाका २९ (बहुमत) सदस्य पुगाएर संविधानको धारा १६८ को २ बजोजिम पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए। विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार विस्तार नहुँदै एक महिनामै उनी नेतृत्वको सरकार ढल्न पुग्यो।

धारा १६८ को ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले नेपाली काग्रेस संसदीय दलका नेता कमल बहादुर शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भए।

प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ खाएको दिन माघ २७ मा काग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिलामन्त्री बनाएका मुख्यमन्त्री शाहलाई सरकारलाई पूर्णता दिन भने निकै सकस पर्‍यो।

केन्द्रमा सत्तागठबन्धन बदलिएपछि विश्वासको मत सहज रूपमा प्राप्त गरे पनि भागबन्डामा सहमति जुटाउन उनलाई हम्मेहम्मे पर्‍यो। ६ महिनापछि गत साउन १७ गते मात्र सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो।

सरकारलाई समर्थन जनाए पनि भागबन्डा नमिल्दा सरकारबाहिर रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भयो। काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छ।
 प्रदेश सरकारले तेस्रोपटक मन्त्री नियुक्त गरेर पूर्णता पाएको हो। सरकारलाई पूर्णता दिन मन्त्री शाहलगायत सत्ता गठबन्धन दलका नेताहरू कयौंपटक काठमाडाै पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

प्रदेश सरकारले पूर्णता पाएपछि विकासका कामले गति लिने धेरैको अपेक्षा थियो। तर, सरकारले पूर्णता पाएपछि पनि प्रदेश सरकारले कुनै ठोस काम गर्नतिर ध्यान नदिएको सत्तापक्षकै सासंदहरू बताउँछन्।

मुख्यमन्त्री र मन्त्रीहरू फुर्सदिला देखिन्छन्। समान्य पसल उद्घाटन गर्न बोलाउँदा पनि खुशी भएर सहभागी हुने स्थानीय बताउँछन्। काठमाडांैलगायत विभिन्न ठाउँ भ्रमण गरेर समय खर्चिरहेका हुन्छन्।

प्रदेशसभा बिजनेसविहीन,एउटा कानुन पनि बनेन

प्रदेश सरकारले एक बर्षको अवधीमा नीती तथा कार्यक्रम र बजेट बाहेक नयाँ कानुन बनाउन एउटा पनि बिधेयक प्रदेश शभामा प्रस्तुत गर्न सकेको छैन।

प्रदेश शभा सचिवालयका सचिव देव बहादुर बोगटीले बजेट र निती तथा कार्यक्रमबाहेक नयाँ विधेयक प्रदेशसभामा प्रस्तुत नभएको बताए।

एक वर्षको अवधीमा एउटा पनि कानुन बनेको छैन। दुई तिन बिधेयक शंसोधन गर्ने मात्र काम भएको उनले बताए। सरकारले एक वर्षमा बिजिनेस नदिँदा प्रदेशसभा बैठक पनि कामविहीनजस्तै बन्यो।

प्रदेशसभा सदस्य फुर्सदिला भएका छन्। सभामुखले समेत सरकारले पनि बिजनेस दिन नसक्दा प्रदेशसभा प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सरकारले केही काम गर्न नसकेको भन्ने कुरा गलत भएको बताए।
बजेटमा ल्याइएको योजनाको रेखांकन, नक्सांकन र टेन्डर भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले अब विकास निर्माणको काम सुरु हुने बताए।

‘विकासका कामले अब गति लिन्छ’उनले भने। निर्माण र विकासका काम शुरु नभएकाले विकास बजेट पनि खर्च कम देखिएको उनको भनाई छ। ‘संघले अधिकार नदिएकाले कानुन बनाउन सकिएन।’

मन्त्री भट्टले बनाएका कानुन पनि संघले अधिकार नदिँदा कार्यान्वयन हुन नसकेकाले नयाँ कानुन बनाउनुको अर्थ नभएको उनको तर्क छ। ‘कानुन मात्र बनाएर के गर्ने?, बनाएका कानुन नै संघले अधिकार नदिँदा लागु हुन सकेका छैनन्,’ उनले भने, ‘संघले अधिकार नदिएकाले कानुन बनाएर पनि अर्थ छैन।’ प्रदेश सरकारले अब विकासका काममा गति लिने उनको भनाइ छ।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१५ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस