मानवअधिकारवादी अभियन्ता तथा नागरिक समाजका अगुवाहरूले केही एकाध नेताको कार्यशैली र प्रवृत्तिले गर्दा ‘लोकतन्त्र’ जोखिममा परेको टिप्पणी गरेका छन्। आजको उपत्यकाको प्रदर्शनीलाई पनि उनीहरूले यसैको उपज मानेका छन्।
मानवअधिकारवादी अभियन्ता कृष्ण पहाडीले गणतन्त्रलाई पूर्व राजाबाट भन्दा पनि दलहरूका शीर्ष नेताहरूबाटै खतरा रहेको बताएका छन्। गणतन्त्रको विरोधमा निस्कँदै गरेको एक समूहको रेलीतर्फ सङ्केत गर्दे उनले भ्रष्टाचार र कुशासनका कारण यस्ता शक्ति सलबलाएको बताए।
‘आन्दोलन नेताको कार्यशैली विरुद्ध हुनु पर्थ्यो,’ उनले भने, ‘जिम्मेवार जनता चुप लाग्दा केही शक्तिले यसलाई लोकतन्त्र र गणतन्त्र विरुद्ध प्रयोग गर्न पुगे।’
कुनै एकाध नेताको कार्यशैलीले सिङ्गो लोकतन्त्रलाई जोखिममा पार्न सकिँदैन। जिम्मेवार नागरिकको हैसियतले सचेत जनता जाग्नु पर्ने अवस्था आएको छ: कृष्ण पहाडी, मानवअधिकारवादी नेता
टाउकोमा जुम्रा परे टाउको काट्ने हैन जुम्रा हटाउनु पर्ने बताउँदै उनले नेताहरू फालेर भए पनि लोकतन्त्र जोगाउनु पर्ने उनले बताए। ‘कुनै एकाध नेताको कार्यशैलीले सिङ्गो लोकतन्त्रलाई जोखिममा पार्न सकिँदैन,’उनले भने, ‘जिम्मेवार नागरिकको हैसियतले अव सचेत जनता जाग्नु पर्ने अवस्था आएको छ।’ जिम्मेवार जनता नजागेकाले खाली ठाउँमा अन्य शक्ति सलबलाएको उनले सुनाए।
लोकतन्त्र विरोधी आन्दोलनको कुनै भविष्य नहुने बताउँदै उनले यसलाई अराजकताको सङ्केत समेत दिए। ‘जसरी हिंसाको कुनै भविष्य हुँदैन , त्यसैगरी लोकतन्त्र विरोधी आन्दोलनको पनि कुनै भविष्य हुँदैन,’ पहाडीले भने, ‘अहिले जुलुस कसको ठुलो भन्दा पनि नेता कति ‘अनपपुलर’ बन्ने कुरा देखाउँछ।’
केही समय अगाडीसम्म कल्पना समेत गर्न नसकिएको घटना अहिले सडकमा आउन थालेको छ। दलहरूलाई तह लगाउनु पर्छ तर गणतन्त्रको विकल्प छैन। श्याम श्रेष्ठ: राजनीतिक विश्लेषक
त्यसैगरी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि दलहरूले राम्रो काम नगर्दा परिकल्पना समेत गर्न नसकिएका शक्ति सडकमा निस्किन थालेको सुनाउँछन्। नागरिकले समयमै चाहिँदो हस्तक्षेप नगर्दा यस्ता शक्तिले टाउको उठाउन थालेको उनले सुनाए।
दलहरूलाई तह लगाउनु पर्ने तर लाखौँ जनताले सडकमा ओर्लेर ल्याएको गणतन्त्रलाई जोखिममा पार्न नहुने उनी बताउँछन्। ‘केही समय अगाडीसम्म कल्पना समेत गर्न नसकिएको घटनाले अहिले सडकमा आउन थालेको छ,’ गणतन्त्र विरोधी सभातर्फ सङ्केत गर्दै उनले भने, ‘दलहरूलाई तह लगाउनु पर्छ तर गणतन्त्रको विकल्प छैन।’
दलहरूका केही कमजोरीका कारण पुनरुत्थानवादी शक्ति सलबलाएका छन्। यस्तो बेलामा परिवर्तनकारी शक्तिहरू एक हुनु पर्ने थियो। तर ती शक्तिहरू नै एक आपसमा जुरो र सिङ देखाउँदा थप समस्या देखिएको छ। झलनाथ खनाल: सम्मानित नेता, नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलहरूको केही कमजोरीका कारण पुनरुत्थानवादी शक्ति सलबलाएको बताए। दलहरूले आफ्ना केही कमजोरीलाई सच्चाएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले लोकतन्त्र र गणतन्त्रको विकल्प नरहेको बताए।
‘यस्तो बेलामा परिवर्तनकारी शक्तिहरू एक हुनु पर्ने थियो,’ उनले भने, ‘तर ती शक्तिहरू नै एक आपसमा जुरो र सिङ देखाउँदा समस्या देखिएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।
लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।
उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।
‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।
उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।
लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।
‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।
उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...