लामो समयपछि सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।प्रधानन्यायाधीश एवं न्यायपरिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले चारजना उच्च अदालतका न्यायाधीश र दुईजना कानुन व्यवसायीसहित ६ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो। त्यसैगरी बैठकले उच्च अदालतमा पनि ६ जना मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। सर्वोच्चमा सातजना न्यायाधीशको पद रिक्त छ। तर न्यायपरिषद्ले ६ जना मात्र सिफारिस गरेको छ।
न्यायपरिषद्का अनुसार उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। त्यसैगरी कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ । कानुन व्यवसायीबाट न्यायाधीशमा सिफारिस भएका दुवैजना वरिष्ठ अधिवक्ता हुन्। पोखरेल नेपाली कांग्रेस र ढकाल नेकपा एमालेनिकट मानिन्छन्। पोखरेल नेपाल बार एसोसिएसनका पूर्वमहासचिवसमेत हुन्।
त्यस्तै न्यायपरिषद्ले उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद राजभण्डारी, जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र दिपायलको मुख्य न्यायाधीशमा शान्ति सिंह थापालाई सिफारिस गरेको छ।
यसैगरी न्यायपरिषद्ले विशेष अदालतको अध्यक्ष एवं न्यायाधीशमा टेकनारायण कुँवर र न्यायाधीश एवं सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न परामर्श गर्ने निर्णय गरेको छ।
न्यायपरिषद् बैठकले उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश गरी १४ जनालाई सरुवा पनि गरेको छ। त्यसैगरी उच्च अदालतका चारजना न्याययाधीशको काज सरुवा गरेको छ। मुख्य न्यायाधीशको सिफारिसपछि उच्च अदालतमा अझै ३१ जना न्यायाधीशको पद खाली रहेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए। मंगलबार सिफारिस भएका ६ जना मुख्य न्यायाधीश प्रधानन्यायाधीशबाट नियुक्तिपत्र बुझेपछि सम्बन्धित कार्यक्षेत्र पुग्नेछन्।
त्यसैगरी सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीश भने संसद्को संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा १२९ ले प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशको नियुक्ति र योग्यताको व्यवस्था गरेको छ।
‘कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि योग्य मानिनेछ’ संविधानमा लेखिएको छ ।