नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन समितिका अनुसार प्रदेश समितिका निवर्तमान उपाध्यक्ष कमल तिमिल्सेना र प्रदेश सचिवालय सदस्य बचन बहादुर सिंहले अध्यक्ष पदको उम्मेदवारी आज फिर्ता गराएका छन्।
नेताहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्न गरेको प्रयास स्वरूप तिमिल्सेना र सिंहलाई मनाएर उम्मेदवारी फिर्ता दिन लगाएका हुन।
नेताहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास जारी राखेकाले निर्वाचनको समय तालिका पनि निर्वाचन समितिले लम्ब्याएको छ।
मंगलबार तिमिल्सेना, प्रदेश सचिवालय सदस्य कृष्णराज जेशी, संविधान सभा सदस्य भरत साउँद र सिंहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए। जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउन तिमिल्सेना र सिहंको उम्मेदवारी फिर्ता दिन लगाइएको हो भने भीम रावलको समर्थन रहेको भनिएका साउँदलाई पनि नेताहरुले उम्मेदवारी फिर्ता लिनका लागी मनाउने प्रयास भइरहेको एक नेताले बताएका छन्।
गत आइतबार अधिवेशनको उद्घाटन गर्न आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर गएका थिए। अधिवेशनमा सुदूरपश्चिमका ९ वटै जिल्लाका ६ सय ७५ जना प्र्रतिनिधीको सहभागिता रहेको छ।