प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित बझाङ गएका छन्। प्रधानमन्त्री दाहालले आज उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पी साउद सहित बझाङको भूकम्प प्रभावित क्षेत्रमा गएर यथास्थितको जानकारी लिएका छन।
जयपुथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर दाहालको टोलीले अवस्था बुझेको हो।पीडितका समस्या सुनेपछि दाहालले आवासको व्यवस्था सरकारले गर्ने आश्वासन दिएका छन।
गत असोज १६ गते बझाङमा गएको भूकम्पमा परि १ महिलाको ज्यान गएको छ भने २० जना भन्दा बढी घाइते भएका थिए । ३३६ घरमा क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा असर पुर्याएको छ। सबैभन्दा बढी बझाङमा क्षति पुगेको छ। भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ।
बझाङ भूकम्पपछि प्रधानमन्त्रीले गएको बिहीबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका थिए। बैठकलाई सम्बोधन गर्दै उनले भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका थिए।
बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न समेत प्रम दाहालले निर्देशन दिइसकेका छन।हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।
लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।
उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।
‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।
उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।
लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।
‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।
उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...