सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छः सिके राउत
१९ असोज २०८०
•
२ मिनेट पाठ
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छः सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको बताएका छन्।




शुक्रवार प्र्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे। अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए।

अध्यक्ष राउतले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो। जसको प्रयोजनको लागि ल्याइएको हो। त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ। त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे। आफ्नो तलव, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो। निजी विद्यालयहरुले पनि यहाँ आन्दोलन गरे। आफ्नो माग पूरा गरे। तर गरिव विद्यार्थीहरुका लागि चाहीँ कसले बोलिदिने? आम विद्यार्थीहरुका लागि चाँही कसले बोलिदिने? त्यो चाँही यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ। र, सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको हो। र, खासगरी शिक्षा विधेयक हामी जुन प्रयोजनका लागि ल्याउँदैछौं। त्यो सरोकारवाला विद्यार्थी, अभिभावकहरुलाई समेटेर तिनका सरोकारलाई सम्बोधन गर्नका निम्ति अनुरोध गर्न चाहन्छु। खासगरी विद्यार्थीहरुले कस्तो खालको शिक्षा पाउने, त्यसको गुणस्तर कस्तो हुने, त्यसमा पहुँच कस्तो हुने, त्यसमा सहज अवस्था छ कि छैन? त्यो कुरालाई चाँही विधेयकले नै सम्बोधन गर्नुपर्ने जस्तो मलाई लाग्छ। र, त्यतातिर ध्यान दिन आग्रह गर्न चाहन्छु। हाम्रो पार्टीका १० कक्षा पछि एक वर्ष अनिवार्य रुपले प्राविधिक शिक्षा दिनैपर्ने खालको अवधारणा ल्याएको थियो। त्यस्तो खालको नीति पनि राख्न सकिन्छ कि भनेर म सरकारलाई अनुरोध गर्न चाहन्छु। अहिले विधेयक संकीर्णवादी छ। यो विधेयक संघीयता विरोध पनि देखिएको छ। जिल्ला शिक्षा कार्यालय खारेज गर्नुपर्छ।’
अर्को समाचार
शिक्षक पदपूर्ति सत प्रतिशत खुलाबाटै गर्न सुझाव
०१ माघ २०८०
•
५ मिनेट पाठ
शिक्षक पदपूर्ति सत प्रतिशत खुलाबाटै गर्न सुझाव
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, २०८० माथिको दफाबारे छलफलमा प्रमुख दलका विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्दै सत प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव दिएका छन्।




आइतबार समितिले विभिन्न विद्यार्थी संघसंगठनसँग विधेयकबारे सुझाव लिएको थियो। विद्यालय शिक्षा विधेयकले आधारभूत तहमा तृतीय श्रेणीमा खुला प्रतियोगिताबाट सय प्रतिशत, द्वितीय श्रेणीमा आन्तरिक २० प्रतिशत, कार्यक्षमताको मूल्यांकनद्वारा ६० प्रतिशत, ज्येष्ठता कार्यसम्पादन मूल्यांकनबाट २० प्रतिशत, प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताद्वारा २० प्रतिशत, कार्यक्षमताको मूल्यांकनद्वारा ६० प्रतिशत र ज्येष्ठता कार्यसम्पादन मूल्यांकनद्वारा २० प्रतिशत पदपूति गरिने व्यवस्था गरेको।

यसैगरी, माध्यमिक तहमा कक्षा नौ देखि १२ सम्ममा तृतीय श्रेणीमा ७० प्रतिशत, आन्तरिक प्रतियोगिताद्वारा ३० प्रतिशत, द्वितीय श्रेणीमा खुला प्रतियोगिताबाट ३० प्रतिशत र आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत रहेको छ भने ज्येष्ठता कार्यसम्पादन मूल्यांकनद्वारा २० प्रतिशत रहेको छ।
प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, कार्यक्षमताको मूल्यांकनद्वारा ५० प्रतिशत र ज्येष्ठता कार्यसम्पादन मूल्यांकनद्वारा ३० प्रतिशत कायम गरिएको छ।

विद्यार्थी संगठनले सेवा प्रवेश गर्ने क्रममा सत प्रतिशत खुला प्रतियोगिताबाट मात्र पदपूर्ति गर्ने र आन्तरिक प्रतिस्पर्धाको प्रावधान पूर्ण रूपमा हटाउनु पर्ने माग गरेका छन्। शिक्षक छनोटको गुणस्तरले परीक्षाको गुणस्तर बढाउँदै लैजानु पर्ने सुझाव उनीहरूले दिएका छन्।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्यालय शिक्षा विधेयकले मावि तहसम्म निशुल्क शिक्षाको कार्यान्वयनलाई स्पष्ट बोल्न नसकेको जनाएको छ। कुल सात सय ५३ वटै पालिकामा पूर्व आवासीय माध्यामिक विद्यायलयहरू स्थापनाका लागि पहल गर्नुपर्ने प्रस्ताव यस विद्यार्थी संगठनले गरेको छ।
एसइई खारेजीको विकल्पमा आधारभूत तह उत्तीर्ण गर्दा स्थानीय तहले पालिकास्तरको र कक्षा १० को परीक्षा उत्तीर्ण गर्दा प्रदेश स्तरको परीक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ।

सरकारी सेवामा रहेका सबैले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि यो विद्यार्थी संगठनले गरेको छ। प्रत्येक आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन हुन नसकेकोमा शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट विनियोजनको सुनिश्चितता गरिनुपर्छ। अनेरास्ववियुका अध्यक्ष समिक कुमार बडालले समितिमा संगठनको अजेन्डा प्रस्तुत गरेका थिए।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले विद्यालय राजनीतिक भागबन्डाको अखडा बन्न हुँदैन भन्दै शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने प्रस्ताव गरेको छ। आन्तरिक प्रतिस्पर्धाको प्रावधान पूर्ण रूपमा हटाउनुपर्ने र विद्यार्थीलाई मातृभाषा, नेपाली भाषा र अन्तर्राष्ट्रिय भाषामा पढाउनुपर्ने सुझाव संगठनले दिएको छ।

पाँच वर्षको नभए १० वर्षको सीमा प्रदान गरेर निजी गुठीबाट सार्वजनिक शैक्षिक गुठीमा जाने विषय अनिवार्य गरेर जानुपपर्ने पनि संठनले प्रस्ताव गरेको छ। जिल्ला शिक्षा कार्यालय राख्ने कुरा संघीयता विरोधी भएको जनाउँदै जिल्ला शिक्षा कार्यालयको अधिकार स्थानीय तह र प्रदेश सरकारमा वितरण गर्नुपर्ने तथा जिल्ला शिक्षा कार्यालयको ठाउँमा प्रदेश शिक्षा कार्यालय राख्दा उपयुक्त हुने यस संगठनको सुझाव छ।

राष्ट्रिय पाठ्यक्रम परिषद्मा नीजिको प्रतिनिधित्व आवश्यक नभएको भन्दै यसले पाठ्यक्रम निर्माणको काम प्रभावित गर्ने यो विद्यार्थी संगठनको निष्कर्ष छ। यस पाठ्यक्रम परिषद्मा स्थानीय तहको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र राष्ट्रिय पाठ्यक्रम परिषद् भएपछि पाठ्यक्रम विकास केन्द्र आवश्यक नभएको यो संगठनको सुझाव छ।
परीक्षा बोर्डमा सार्वजनिक तथा नीजि लगानीका माध्यामिक विद्यालयका प्रधानध्यायापक मध्यबाट मन्त्रालयले मनोनित गरेको कम्तीमा एकजना महिलासहित दुई जना हुनुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ। तर अखिल क्रान्तिकारीले निजीको प्रतिनिधित्वले परिक्षाफल प्रभावित हुने खतर बढी हुने कुरा आंैल्याएको छ।

सबैलाई खुला प्रतिस्पर्धाबाट परीक्षा लिने र पास हुन नसक्नेलाई राहत/विशेष शिक्षकलाई गोल्डेन ह्यान्डसेक गरेर विदाई गर्ने व्यवस्था राख्न सुझाव दिएको छ। अखिल क्रान्तिकारीकी पञ्चा सिंहले समितिमा संगठनको तर्फबाट धारणा राखेकी थिइन्।

नेपाल विद्यार्गी संघले हाल निजी लगानीमा सञ्चालित विद्यालयहरूको आयव्ययको सुक्ष्म अध्ययन गरी र निजी लगानीकर्तालाई समेत विश्वासमा लिई निजी लगानीमा सञ्चालित विद्यालयहरू अनिवार्य रूपमा शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

शिक्षा ऐन २०२८ सँग तुलनात्मक रूपमा प्रगतिशील देखिए पनि दर्ता विधेयकमा व्यवस्था भएका प्रावधानले मात्रै विधेयकको मूल लक्ष्य प्राप्त गर्न नसक्ने र वास्तविक अर्थमा युग सापेक्ष नभएको नेविसंघको निष्कर्ष छ।
कुनै पनि तहको परीक्षामा विधेयकको दफा ३४ को उपदफा २ (ख) मा विद्यार्थीको परीक्षा आवेदन र रजिष्ट्रेसनबापत प्राप्त हुने रकमसमेत राष्ट्रिय परीक्षामा समावेस हुन विद्यार्थी वा अविभावकले परीक्षा शुल्क/दस्तुरका वा सहयोगको नाममा शुल्क तिर्नु नपर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि यसको छ।

विधेयक पारित भइसकेपछि विधेयकको अधीनमा तर्जुमा हुने नियमावली र निर्देशिकामा उल्लिखित क्षमता अभिवृद्धि र प्रशिक्षणसम्बन्धी कानुनी व्यवस्थाहरू लिपिबद्ध गर्नुपर्ने सुझाव पनि यसले दिएको छ।

नेपालको संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी हकको कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले आफ्नो कुल बजेटको २० प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने सुझाव पनि दिएको छ।

विद्यार्थीहरूलाई विद्यायलय शिक्षाको गुणस्तर विद्यालयमा अध्यापन गर्ने शिक्षकको शिक्षण पद्धति, शैली र समग्र गुणात्मक योग्यतामा निर्भर गर्ने हुँदा सबै तहका शिक्षक छनोट वा नियुक्ति गर्दा सत प्रतिशत योग्यता प्रणालीमा आधारित खुला प्रतिष्पर्धाबाट मात्रै हुनुपर्ने सुझाव छ।

विद्यालयमै विद्यार्थीका पुस्तक र शैक्षिक सामग्री विद्यालयमै राख्ने व्यवस्था गरी विद्यार्थीलाई पुस्तकको भारी कम गराउनुपर्ने सुझाव दिँदै नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष दुजाङ शेर्पाले सुझाव प्रस्तुत गरेका थिए ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस