सापारुमा ‘मुर्रा भैंसी’ डोर्‍याउँदै प्रचण्ड
१६ भदौ २०८०
•
३ मिनेट पाठ
सापारुमा ‘मुर्रा भैंसी’ डोर्‍याउँदै प्रचण्ड
भक्तपुरमा बिहीबारको सापारुमा देखिएका व्यंग्यात्मक प्रतीकहरू। तस्बिर: उपेन्द्र/नागरिक
भक्तपुरमा जारी ‘सापारु’ अर्थात् गाईजात्रा पर्वमा दिवंगतका सम्झनामा गाईको आकृति बनाएर झाँकी निकाल्ने चलनको सांस्कृतिक पक्ष निकै मजबुत छ। टोलटोलबाट विभिन्न बाजागाजासहित निस्कने झाँकीले सांस्कृतिक नगरी नै घिन्ताङघिसीको तालमा नाचेको भान हुन्छ। बिहीबार यही जात्राका क्रममा देखिएका केही भैंसीका आकृतिले धेरैको ध्यान खिचे।




प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्‍याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा गरिएको थियो।

‘सीमा सुरक्षालगायत थुप्रै समस्या थाती राखेर भैंसी ल्याउने कुरा आफैंमा हास्यास्पद थियो,’ दाहाल (प्रचण्ड) को अनुहारमा भैसी डोर्‍याउँदै गरेका इटाच्छेका कृष्ण सुकमन्चा भन्छन्, ‘त्यसैले गाईजात्रामा सांकेतिक रूपमा भैंसी डोर्‍याउँदै आएको हुँ।’ भैसीको भेषमा रहेका प्रसन मानन्धरले पनि व्यंग्यको पाटो बन्न पाउँदा खुसी लागेको बताए। ‘मुर्रा... मुर्रा... भन्दै हिँड्दा सर्वसाधारणले निकै चाख मानेर नियाले,’ उनले भने, ‘सर्वसाधारणलाई खुसी बनाउँदै व्यंग्य गर्न पाएकोमा रमाइलो लागेको छ।’

विगतदेखि नै गाईजात्राको सांस्कृतिक पक्षसँगै व्यंग्यात्मक पाटो पनि भक्तपुरमा देखिँदै आएको छ। त्यही मेसोमा भैंसीका आकृतिसहित विभिन्न मुलुकका अन्य जल्दाबल्दा घटनामा संलग्न नेताका अनुहार पनि देखिए। जस्तो कि सुन काण्डको झाँकीमा महराका आकृति झल्किन्थ्यो भने ललिता निवासको झाँकीमा माधव नेपालको अनुहार देखिन्थ्यो।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औंलामा नेपाली नेताहरूको तस्बिर झुन्ड्याउँदै हिँडेको झाँकीले पनि धेरैको ध्यान खिच्यो। कसरी नेपालका नेताहरू भारतको इसारामा चल्छन् भन्ने सन्देश उक्त झाँकीले दिएको थियो।

नेपालमा लागु हुँदै गरेको एमसिसी पनि भक्तपुरको व्यंग्यमा छुटेन। प्लास्टिकका मिसाइलसहित दुई पक्ष विभिन्न देश जुध्दै गरेको झाँकीले स्थानीय सर्वसाधारणको मात्र होइन, पर्यटकको पनि ध्यान तान्यो। दुई ठुला मुलुकबीचको द्वन्द्वमा सानो नेपाल कसरी मिचिँदै छ भन्ने भाव उक्त व्यंग्यमा झल्केको थियो। त्यस्तै नागरिकता विधेयकदेखि रोजगारी र फोहोरको समस्यालाई समेत व्यंग्यमार्फत चोटिलो प्रहार गरियो।

रवि लामिछानेको तस्बिरदेखि ‘मिसन २०८४’ समेत भक्तपुरको गाईजात्रामा व्यंग्यात्मक खुराक बने। ‘टोलटोलबाट निस्केका सांस्कृतिक झाँकीसहितका व्यंग्यात्मक आकृतिले सर्वसाधारणलाई सचेत बनाएको छ,’ रमेश शिल्पाकार भन्छन्, ‘सापारुको सुन्दरतासँगै व्यंग्यात्मक पाटो पनि हेर्न पाइयो।’
संस्कृतिविद् ओम धौभडेल झन्डै ५०० वर्ष अगाडि जगतप्रकाश मल्लको पालादेखि व्यंग्य गर्ने छुट मिलेको सुनाउँछन्। उतिबेला राजामा सीमिति व्यंग्य अहिले मुलुकका विभिन्न समस्यासँगै अन्तर्राष्ट्रियस्तरसम्म पुगेको उनले बताए। ‘यो जबर्जस्ती हाँस्न र कसैलाई लाञ्छना लगाउन गरिएको व्यंग्य  मात्र होइन,’ धौभडेल भन्छन्, ‘मुुलुकको अवस्थाप्रति जनता सचेत होउन् भन्ने आह्वान पनि हो।’

अन्य समयमा भन्दा गाईजात्राको समयमा गरिने यस्ता व्यंगप्रति समाजको चासो र समर्थन हुने उनको बुझाइ छ। ‘यहाँ गरिएको व्यंगलाई हजारौंको भिडले समर्थन पनि गरेको हो,’ उनले भने, ‘यसले सर्वसाधारणलाई सचेत बन्न र पीडकलाई सुध्रनसमेत सहयोग पुर्‍याउँछ।’

यो जबर्जस्ती हाँस्न वा कसैलाई लाञ्छना लगाउन गरिएको व्यंग्य होइन। मुलुकको अवस्थाप्रति जनता सचेत होउन भन्ने आह्वान पनि हो। अन्य समयमा भन्दा गाईजात्रमा गरिने यस्ता व्यंग्यप्रति समाजको चासो र समर्थन बढी हुन्छ।

-ओम धौभडेल, संस्कृतिविद् 
बिहीबारको सापारुमा दुई दर्जनजति व्यंग्यका झाँकी निस्केको उनको अनुमान छ। बिहीबार गाईजात्रा मुख्य रूपले मनाइए पनि कृष्ण अष्टमीसम्म बाजागाजा नाच र व्यंग्य टोलटोलमा चलिरहने उनले बताए। संस्कृति र व्यंग्यको अनुपम नमुना भक्तपुरमा देखिने उनी बताउँछन्।

धौभडेलको भनाइसँग सहमत छन्, भक्तपुरका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं पनि। सापारुमा रमाउँदै गरेका उनी व्यंग्यात्मक यात्राका पनि साक्षी बने। ‘परम्परागत पक्ष त छँदैछ, गाईजात्रा (सापारू) को अर्को सुन्दर पक्ष हास्यव्यंग्य हो,’ वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सामाजिक सञ्जालमा लेख्छन्, ‘यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकृति विसंगतिविरूद्घ विरोध तथा व्यंग्य हो।’
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
२६ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस