न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन: प्रधानन्यायाधीश श्रेष्ठ
१५ भदौ २०८०
•
२ मिनेट पाठ
न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन:
प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिंड्नु परेन। जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु।’




त्यसपछिका वृत्ति विकासमा आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधैं अग्रस्थानमा पुगेको उनको भनाइ थियो। प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने,‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ।’

सो अवसरमा उनले आफू डोटीमा जन्मिई सुदूर पश्चिमबाट भारतको बाटो हुँदै काठमाडौं आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र संघर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गरे। प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्य क्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए।

‘सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ। जन्मेको ठाउँ। नजिक रहने हाम्रो स्वभाव पनि हो’ उनले भने।

मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उनले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुन सक्ने सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामबारे बताउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गरेका थिए।

यसैगरी मञ्चका संस्थापक संरक्षक एवं पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा मञ्चका सल्लाहकार, पदाधिकारी एवं सदस्य सहभागी थिए।

सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा बुवा दिव्यनारायण श्रेष्ठ र आमा देवकुमारी श्रेष्ठको कोखबाट २०१६ असोज २० गते जन्मिएका विश्वम्भरप्रसाद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

२०४१ सालमा सुदूरपश्चिमको क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा कार्य गरेका उनले २०४४ सालमा उपसचिव र २०४५ सालमा जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रूपमा काम गरेका थिए। विसं २०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार र झण्डै चार दशकसम्म न्याय सेवामा रहेका उनी २०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन्।
अर्को समाचार
भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
२३ वैशाख २०८१
•
२ मिनेट पाठ
भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
भारतीय प्रधानन्यायाधीश डा. डिवाई (धनञ्जय यशवन्त) चन्द्रचुड तीन दिने औपचारिक भ्रमणका सिलसिलामा नेपालमा छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपालको औपचारिक भ्रमणमा आएका हुन्। सर्वोच्च अदालतको निमन्त्रणामा औपचारिक रूपमा नेपाल भ्रमण गर्ने उनी नै पहिलो भारतीय प्रधानन्यायाधीश भएको दाबी गरिएको छ।




प्रधानन्यायाधीश चन्द्रचुडले सर्वोच्चको केन्द्रीय बाल न्याय समितिको आयोजनामा शनिबार भएको राष्ट्रिय बाल न्याय संगोष्ठीमा भाग लिए। मुख्य वक्ताका रूपमा उनले आर्थिक–सामाजिक विभेद र परिवारको विखण्डनलगायत विभिन्न कारणले बालबालिका झनै संकटमा परेको बताए। उनले नेपाली र भारतीय समाज उस्तै प्रकृतिका भएकाले बाल न्यायसम्बन्धी अनुभव र ज्ञान साटासाट महत्वपूर्ण हुने स्पष्ट पारे।

१८ वर्षमुनिका बालबालिकाले सही र गलत छुट्यााउन नसक्ने भएकाले कुनै अपराधमा संलग्न भएको खण्डमा सुधार र सामाजिक पुनःस्थापना महŒवपूर्ण हुने उनको भनाइ थियो। बालबालिकाको गल्तीमा दण्डसजायभन्दा पनि सुधारसहित सामाजिक पुनःस्थापना जरुरी हुने उनले स्पष्ट पारे।

उनले कुनै घटनाका कारण बालबालिकामाथि अनुसन्धान गर्नुपर्ने भए भिन्नै तरिकाले जानुपर्नेमा जोड दिए। बालबालिका अपराधको जोखिममा परेको खण्डमा संरक्षणको दायित्व हुने पनि उनले उल्लेख गरे।

साथै बालबालिकालाई बेलाबेलामा मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्ने उनको भनाइ थियो। होटल र्‍याडिसनमा भएको बाल न्याय संगोष्ठीमा सरकारी सञ्चारमाध्यमलाई मात्रै समाचार संकलनका लागि अनुमति दिइएको थियो।

गत माघमा भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा गएका थिए। त्यहीबेला उनले समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानन्यायाधीश श्रेष्ठ र भारतीय समकक्षी चन्द्रचुडबीच औपचारिक द्विपक्षीय वार्ता, रात्रिभोजलागयत कार्यक्रम रहेको सर्वोच्चले जनाएको छ। 

शुक्रबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका चन्द्रचुडलाई सर्वोच्चका वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रारलगायतले स्वागत गरेका थिए। साथै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि स्वागतका लागि पुगेका थिए।

भारतीय प्रधानन्यायाधीश चन्द्रचुडका साथमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेशकुमार र कोर्ट मास्टर चेतन अरोरा पनि नेपाल आएका छन्।

प्रधानन्यायाधीश चन्द्रचुडले शनिबार पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरे। उनले आइतबार मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम छ। उनले अन्नपूर्ण आधार शिविर पुग्ने कार्यक्रम पनि तय गरेको बताइएको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस