सामाजिक सद्भाव कायम राख्न राष्ट्रिसभामा सांसदहरुको आह्वान
१० भदौ २०८०
•
४ मिनेट पाठ
सामाजिक सद्भाव कायम राख्न राष्ट्रिसभामा सांसदहरुको आह्वान
राष्ट्रियसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गरेका छन्।




राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुर्‍याएको भन्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गरेका हुन्। 

नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र  सामाजिक सदभावलाई खलल पुर्‍याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने बताए।

'परापूर्वकालदेखि विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव कायम राख्दै देश विकासमा एकजुट भई अगाडि आइरहेका छौँ', उनले भने, 'आपसी मतभेद र असहमतिलाई सौह्रार्दपूर्ण वातावरणबाट समाधान गरी सामाजिक सद्भावलाई कायम राख्न आह्वान गर्दछु।' सांसद बोहराले पटकपटक संसद् अवरुद्ध हुँदा संसद्को गरिमामा आँच आएकोप्रति प्रतिपक्षका सांसदलाई सचेत हुन आग्रह गरे।

नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले देश विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने बेला आपसमा लडाईं नगर्न आग्रह गरे।

बैठकमा नेकपा (एमाले) का सांसद भगवती न्यौपानेले धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत बन्नुपर्ने बताइन्। उनले भनिन्, 'जातीय सद्भावमा खलल पुग्ने गरी जे गतिविधि भइरहेका छन्, त्यो अत्यन्तै दुःखद् छ।' सांसद न्यौपानेले सर्वोच्च अदालतको फैसलाका बाबजुत कोशी प्रदेशमा गठबन्धनले संविधान मिच्ने काम दोहोर्‍याएको आरोप लगाइन्।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले पहिचान र जातीय मुद्दालाई गलत दिशा दिने तत्व सलबलाएको बताए। बैठकमा उनले देशको अर्थतन्त्रको सुधारका लागि सुझाव दिँदै कृषि, उद्योग, व्यापारलगायत क्षेत्रमा उत्पादन वृद्धि दोब्बर गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले कोशी प्रदेशमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिँदै भने, 'घरभित्र आगो लगाउनु कुनै देशभक्ति हैन।'

बैठकको विशेष समयमा सांसदहरुले प्राकृतिक प्रकोपबाट प्रभावितलाई राहत उपलब्ध गराउन, अवरुद्ध सडकमार्गको तत्काल मर्मत सुधार र स्वास्थ्य बीमाका विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन्। 

नेकपा (एमाले) का सांसद रामचन्द्र राईले प्रकोपबाट पीडितलाई राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराए। 'सुख्खा क्षेत्र, बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन अनुरोध गर्दछु', उनले भने।

सांसद राईले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने योजनादेखि सडक दुर्घटना न्यूनीकरणका लागिसमेत जिम्मेवार बन्न ध्यानाकर्षण गराए। उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरे।

'वनपैदावर विकास समिति, सागरनाथ वन विकास परियोजना, रतुवामाई वन परियोजनाका कर्मचारीले एक वर्षदेखि तलबभत्ता पाएका छैनन्, त्यसतर्फ सरकारको ध्यान पुगोस्', सांसद राईले ध्यानाकर्षण गराए।

यस्तै एकीकिृत समाजवादीका सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बीमा बोर्डबाट विभिन्न कारणले हटाइएको स्थानीय स्वास्थ्य संस्थालाई तत्काल पुनःविचार गर्न माग गरे। उनले लुम्बिनीका आठ संस्था प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

'सरकारले भने अनुसार गरेन भन्ने होला, स्थानीय संस्थाले समयमा भुक्तानी नपाउँदा समस्या होला तर आमनेपालीलाई स्वास्थ्य बीमाको हकबाट विमुख गर्न पाइँदैन', उनले भने, 'लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताललाई सूचीबाट हटाउँदा पाल्पा, स्याङ्जा, अर्घाखाँची, पर्वत, गुल्मी, दाङलगायतका बिरामी प्रभावित भएका छन।'

नेकपा (एमाले) का सांसद सुमित्रा बिसीले कर्णाली प्रदेशमा हवाई र सडक यातायात प्रभावित हुँदा जनजीवनमा पर्न गएको असरबारे सदनलाई ध्यानाकर्षण गराइन्। 'हवाई यातायात बन्द भएको धेरै भयो  र स्थलमार्गमा समेत सवारीसाधन प्रभावित हुँदा खाद्यान्न सङ्कटको जोखिम बढेको छ', उनले भने। उनले डङ्गु सङ्क्रमण नियन्त्रणप्रति र नर्सिङ अध्ययनका लागि स्वदेशमा व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले लामो समयपछि सदनको अवरोध हटेको भन्दै सदन अवरोधप्रति असन्तुष्टि व्यक्त गरे। उनले सदन अवरोधको अभ्यासले लोकतन्त्र कमजोर हुनसक्ने बताए।

नेकपा (माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सुदूरपश्चिम प्रदेशको नौ जिल्लामध्ये सात जिल्ला जोड्ने भीमदत्त राजमार्गको विकल्पमा जोड दिए। उनले अविरल वर्षाका कारण बुढीतोला र खानीडाँडाको सडक मर्मत भइरहेको जानकारी दिँदै त्यसको विकल्पका रुपमा रहेका अन्य सडकको मर्मत हुनुपर्ने बताए। उनले सहज स्वास्थ्योपचारमा पहुँचको विषयबारे प्रश्न गरे। काठमाडौँका सरकारी अस्पतालमा बिरामी भर्ना गर्न भनसुन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।  
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस