२ महिनामा पौने ३ करोड वितरण
२२ साउन २०८०
•
६ मिनेट पाठ
२ महिनामा पौने ३ करोड वितरण
मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको छ।




पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन्। राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ। सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो। ‘नेपाल सरकार मन्त्रिपरिषद् बैठकको २०८० असार १२ गते निर्णयअनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य परीक्षणका लागि भारत जाँदाको खर्च भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई निकासा,’ आर्थिक सहायता दिएको विवरणमा उल्लेख छ।

राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौंको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन्। उनलाई ६५ हजार ६७२ रूपैयाँ दिइएको छ। कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन्।

पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन्। राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ।
सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायतास्वरूप ५ करोड ४६ लाख ३४ हजार रूपैयाँ वितरण गरिसकेको थियो। हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरणमा गरी २७ लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।

२०७९ कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई औषधि उपचार खर्च बापत २५ लाख रूपैयाँ आर्थिक सहायता दिइएको थियो। गत मंसिरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललले २० लाख रूपैयाँ पाएका थिए।

मुलुक आर्थिक मन्दीमा रहेको भन्दै सरकारले विभिन्न खर्च कटौतीको घोषणा गरे पनि राष्ट्रपतिलगायत राजनीतिक दलका नेताहरूलाई सो रकम वितरण गरेको पाइएको छ। एकीकृत समाजवादीका रामचन्द्र झाले ५ लाख लिएका छन्। अधिवक्ता बोर्णबहादुर कार्कीलाई पनि ५ लाख दिइएको छ। कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका पदमकुमार लिम्बूका परिवारलाई १० लाख रूपैया दिइएको छ।

त्यसैगरी बर्दिया मधुवनका वेदप्रसाद पाण्डे द्वन्द्वकालमा बेपत्ता भएको भन्दै उनको परिवारलाई पनि १० लाख आर्थिक सहायत दिइएको छ। त्यसमध्ये धेरैजसोलाई १ लाख, २ लाख र ३ लाख रूपैयाँ दिइएको छ।

धेरैजसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा र त्यसमा पनि उनको जन्मथलो गन्यापधुराका छन्। चितवन, सुर्खेत, कञ्चनपुर स्याङ्जा, खोटाङ, बैतडी लगायत जिल्लाका पनि छन्।

मुलुक आर्थिक मन्दीमा रहेको भन्दै सरकारले विभिन्न खर्च कटौतीको घोषणा गरे पनि राष्ट्रपति लगायत राजनीतिक दलका नेताहरूलाई सो रकम वितरण गरेको पाइएको छ।
प्राप्त विवरणअनुसार जेठमा आठजनालाई ३५ लाख र असारमा ६२ जनालाई साढे २ करोड रूपैयाँ आर्थिक सहायताबापत दिइएको छ। ७० जनामध्ये पूर्वपरराष्ट्र सचिव हिराबहादुर थापालाई ७ लाख, धनुषाका रामचन्द्र झालाई ५ लाख, चितवन मंगलपुुर–५ की दिलकुमारी रावललाई ३ लाख दिइएको छ। बर्दियाका सिद्धान्त चौधरीले ३ लाख, गोरखाकी लीलादेवी बस्नेतले ३ लाख, बैतडीका भावना चन्दले ३ लाख पाएकी छन्।

कैलालीका शेरबहादुर सिंहले ५ लाख पाएका छन्। प्रकाश शर्मालाई ४ लाख , विजय रिजाललाई ४ लाख दुर्गा खनाललाई पनि चाख दिइएको छ।

त्यसैगरी रूपा खतिवडालाई ४ लाख, कोकिला खातीलाई ४ लाख, मिश्रीमाया लौवालाई ३ लाख, प्रमोद बन्जाडेको परिवारलाई ५ लाख दिइएको छ। मन्जु धमललाई ५ लाख, एकेन्द्र तामाङलाई ३ लाख, हिमाकान्त भुसाललाई ५ लाख दिइएको छ। चेतन तिमिल्सेनालाई ३ लाख इन्दिरा थपलियालाई २ लाख, बलबहादुर विकलाई २ लाख, कल्पना थापालाई २ लाख आर्थिक सहायता दिइएको छ।

यस्तै अमृत रावतलाई २ लाख, जयबहादुर घर्तीलाई ३ लाख, सावित्री पौडेललाई २ लाख, खेमबहादु दर्जीलाई २ लाख, ओमप्रकास अधिकारीलाई १ लाख, हरिमाया अधिकारीलाई २ लाख, भीमबहादुर मल्ललाई १ लाख, प्रमिलामाया माझीलाई २ लाख, हुसिन बक्सलाई २ लाख, सचित्र शर्मालाई २ लाख, कविता थापा मगरलाई ३ लाख, शारदा रेग्मीलाई ३ लाख, जगत विश्वकर्मालाई ३ लाख सहायता दिइएको छ। प्रकाशसिंह महतलाई ३ लाख तथा शान्तिदेवी शर्मा, देवकी भट्ट, लोकबहादु धानुक, योगेश गुरुङ, कविराज थामीलाई क्रमशः २÷२ लाख दिइएको छ।

कैलालीका शेरबहादुर सिंहले ५ लाख पाएका छन्। प्रकाश शर्मालाई ४ लाख , विजय रिजाललाई ४ लाख दुर्गा खनाललाई पनि चाख दिइएको छ।
त्यसैगरी दीपकराज पाण्डेयलाई १ लाख, धर्मदेवी महलाई १ लाख, छत्रबहादुर आलेलाई २ लाख, सन्तोष भट्टलाई २ लाख, शिवी ढोलीलाई २ लाख, महेशदत्त भट्टलाई १ लाख, घ्युकुमारी बिसीलाई १ लाख, दिनेश सुनारलाई १ लाख, खेमराज भट्टलाई एक लाख, कृष्णकुमारीलाई १ लाख, कुमारी खत्रीलाई ३ लाख, कलकबहादुर थापालाई ३ लाख, हंसराज पन्तलाई २ लाख, तारादेवी भट्टलाई २ लाख, भीमबहादुर विष्टलाई २ लाख, थानेश्वर भूललाई २ लाख, कमलसिंह मल्ललाई १ लाख, बाबुराम राईलाई १ लाख, कृष्णबहादुर लामिछानेलाई ३ लाख, मेघराज शर्मालाई ३ लाख, सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका प्रतापपुर निवासी अविनाश राजभरको परिवालाई ५ लाख दिइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारीअनुसार विभिन्न राजनीतिक दलको सिफारिसमा आन्दोलनका क्रममा मृत्यु, घाइते तथा बेपत्ता भएकाहरूलाई आर्थिक सहायता वितरण गरेको हो।

सबैभन्दा धेरै राष्ट्रपति पौडेललाई ५५ लाख

राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्चबापत सबैभन्दा धेरै रकम लिएका छन्। उनले  पछिल्लो दुई महिनामा राज्यकोषबाट ५५ लाख २ हजार २७९ रुपैयाँ लिएका हुन्। उनले दिल्लीमा उपचार गराउँदाको खर्च सरकारबाट लिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल
सर्वसाधारणले व्यापक आलोचना गरेपछि खर्च नलिने जानकारी पनि गराएका थिए। स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश लगिएको भनेर पनि राष्ट्रपतिको आलोचना भएको थियो।

भारतबाट फर्किएपछि उनको सचिवालयले दिल्लीको उपचार खर्च आफैं बेहोर्ने भनी विज्ञप्तिमार्फत जानकारी गराएर तत्काल आलोचनालाई कमजोर पार्ने प्रयास गरे पनि पैसा लिन परराष्ट्र मन्त्रालयलाई भने ताकेता गरेको थियो।

गत वैशाख १९ गते राष्ट्रपतिको स्वकीय सचिवालयले सरकारबाट उपचार खर्च नलिने भनी जारी गरेको प्रेस नोट।
राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्चबापत सबैभन्दा धेरै रकम लिएका छन्। उनले  पछिल्लो दुई महिनामा राज्यकोषबाट ५५ लाख २ हजार २७९ रुपैयाँ लिएका हुन्।
सरकारले रकम तिरेपछि राष्ट्रपति कार्यालय र राष्ट्रपति पौडेलको सचिवालय मौन बसेको छ। ‘वर्तमान सरकारले सो रकम राष्ट्रपतिको उपचारका लागि परराष्ट्र मन्त्रालयलाई पठाइदिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस