ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क
१६ साउन २०८०
•
६ मिनेट पाठ
ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क
तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ।
राजस्व अनुसन्धान विभागले आइतबार बिहान सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग उठबस देखिएको छ। लामो समयदेखि परिवारका सदस्यकै रूपमा उनको उठबस भएको देखिएको हो। रोल्पाकी अमला रोकासँग दावाको वैवाहिक सम्बन्ध गाँसिएपछि माओवादी नेतासँग उनी निरन्तर जोडिएका देखिन्छन् ।




पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिन्छन्। दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन्।  

यसैगरी माओवादीका अर्का नेता एवं उपमहासचिव वर्षमान पुन र उनको परिवारसँग पनि दावा जोडिएका तस्बिर सार्वजनिक भएका छन्। सो तस्बिर धेरै वर्षअघिको भएको र अमला रोकाले ज्वाइँ भेट्टाउन ल्याउँछु भनेपछि मात्रै भेटघाट भएको बताउँदै वर्षमानले दावाको कारोबारमा आफ्नो कुनै सरोकार र साथसहयोग नभएको दाबी गरे ।

अमला रोकाले ज्वाइँ बनाएर ल्याएका दावाले माओवादी नेताहरूलाई कसरी र किन आफ्नो बनाउन सके भन्ने खुलेको छैन। उनले रोल्पाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएर निरन्तर विभिन्न अपराध कर्म गरिरहेको देखिन्छ। अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखायने र ‘लोन’(ऋण) एपमार्फत अवैध असुली गर्ने कार्यमा संलग्न रहँदै आएका उनी माओवादी नेताको साथ नपाएको भए पाँच वर्षअघि नै कानुनको फन्दामा परिसक्थे। तर तत्कालीन नेकपामा शक्तिशाली नेताहरूले उनलाई प्रहरीको नियन्त्रणमा पर्नबाट जोगाएका थिए। दावाको अपराध २०७६ सालमै खुले पनि प्रहरीले उनलाई छुन सकेको थिएन।

प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनी सजिलै भागेका थिए। ‘त्यतिबेला हामीले उनको निगरानी गरेका थियौं तर १२२ जना चिनियाँ नागरिकलाई बुझाएपछि अनुसन्धानको पाटो अन्त्य गर्न निर्देशन आएको थियो। त्यसकारण अनुसन्धान अघि बढ्न सकेन,’ तत्कालीन एक अनुसन्धान अधिकृतले भने।

२०७० सालदेखि अमलासँग नजिकिएका दावाले २०७४ सालमा त्यसलाई वैवाहिक सम्बन्धमा परिणत गरे। त्यसपछि बिस्तारै उनी रोल्पाली माओवादी नेतासँग नजिकिएका थिए।

‘जनयुद्धकाल’मै माओवादीको ‘आधार इलाका’थवाङ छाडेर दाङ आएकी अमला त्यहाँबाट पनि काठमाडौं आएर जडीबुटी र अर्गानिक बेसारको व्यापार गर्थिन्। त्यही क्रममा जडीबुटी व्यापारसँग दावा जोडिएका थिए। २०६३ सालदेखि काठमाडौं बस्दै आएका दावाले अमलालाई फेला पारेपछि कारोबार अझ सहज भएको थियो। अमलाकै कारण सुन तस्करीमा राजनीतिक साइनो देखिएको छ र एक सय किलो सुनमा रोल्पाका माओवादी नेताहरूसमेत अघोषित रूपमा मुछिएका छन्। २०६३ मंसिर २४ गते नेपालमा अपराध गरेको आरोपमा पक्राउ परेका दावाले अन्ततः नेपालबाटै नागरिकता लिएर अपराधको सञ्जाल विस्तार गर्दै गएको पाइन्छ। उनको अपराध सञ्जालमा माओवादी नेताहरूको साथ रहेको खुलेको छ। सन् २०२० मा दीपेश पुन र दावा रसुवाको गोसाइकुण्ड सँगै गएका थिए। मनाङ एयरमा त्यहाँ गएका उनीहरूको सम्पूर्ण खर्च दावाले बेहोरेको स्रोतको दाबी छ।  

यसरी हेर्दा उनीहरूको सम्बन्ध गहिरो देखिन्छ। दीपेश पुनले पनि आफूहरूबीच भेटघाट र चिनजान भएको स्विकारेका छन्। ‘अमला थावाङकै भएकाले उहाँसँग चिनजान र भेटघाट हुनु सामान्य हो तर उहाँहरूको कर्मबारे हामीलाई जानकारी छैन, त्यसमा हाम्रो परिवारको कुनै सहयोग र लुकाउने कार्य भएको छैन,’दीपेश पुनले नागरिकसँग भने।

सय किलो सुन बरामद भएपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको छ। त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको छ। जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको देखिन्छ। पूर्वराष्ट्रपति पुनका जेठा छोरा अमेरिका पुगेका छन्। तीन महिनाअघि उनी किन र कसको खर्चमा अमेरिका पुगे भन्ने पनि खुलेको छैन। ‘जितेन्द्र दावाकै खर्चमा अमेरिका गएका हुन्,’ स्रोतले भन्यो।

अमलासँग सम्बन्ध जोडिएपछि दावाले २०७४ पुस २० गते निमा तामाङका नामबाट काभ्रेको नमोबुद्ध ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए। २०७४ सालमै राहदानीसमेत लिएका उनी नक्कली नेपाली हुन्। यो विषयमा नेपाल प्रहरीको विशेष ब्युरोले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन। दावाले बेल्जियमको पासपोर्ट भने दावा छिरिङकै नाममा लिएका छन्। त्यसमा ठेगाना तिब्बतको लिथाङ उल्लेख छ।  

नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क समन्वय समिति उपाध्यक्ष भएकै कारण अमलाले नेताहरूसँग सहज पहुँच बनाएकी थिइन्। उनले विद्यार्थी राजनीतिमा चल्तापुर्जा रहेका दीपेश पुनसँग दावालाई निकट बनाइदिइन्। माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूको जमघट गर्ने केन्द्र बन्दै गएको होटल भियाना उनै अमलाका नाममा दावाले खोलेका थिए। २०७४ सालसम्म सामान्य व्यापारी रहेकी अमलालाई होटल खोल्ने र यति धेरै लगानी गर्ने आर्थिक स्रोत कहाँबाट आयो भन्ने केही खुल्दैन। उनले ठमेलमा होटल खोलेपछि माओवादीनिकट कार्यकर्ताहरूको आउजाउ बढेको छ। थवाङमा केही कार्यक्रम गर्ने भन्दै शनिबार दिउँसो मात्रै अमलासहितको एक टोली पूर्वउपराष्ट्रपति निवास पुगेको थियो। टोली त्यहाँबाट फर्केको रात राजस्व अनुसन्धान विभागले होटल भियनामा छापा मारेको थियो। शनिबार रातिदेखि छापा मारेको विभागको टोलीले आइतबार बिहान दावालाई नियन्त्रणमा लिएको थियो। दावाको विषयमा तिब्बती मूलका भारतीय नागरिक थुप्तेन शेर्पाले बयान दिएपछि विभागको टोली होटल भियाना पुगेको थियो। ‘थुप्तेनकै बयानका आधारमा भियनामा छापा मारिएको र दावालाई पक्राउ गरिएको हो,’ विभाग स्रोतले भन्यो।

दावाको अपराध कर्मबारे थाहा छैन 

बुबा पहिला थवाङमा पढाउनुहुन्थ्यो। त्यतिबेलाबाटै हाम्रो परिवार र थवाङवासीबीचको सम्बन्ध विशेष खालको छ। माओवादी ‘जनयुद्ध’को समयमा थवाङवासीले पुर्याएको योगदानलाई हाम्रो पार्टीले भुलेको छैन। त्यसक्रममा अमला पनि थवाङकै भएको, सहिद परिवारको पनि भएको, रोल्पा काठमाडौं सम्पर्क मञ्चको नेता पनि भएको हुँदा उहाँको परिवार र हाम्रो परिवारबीच भेटघाट हुने गरेको सत्य हो। तर उहाँहरूको व्यापार–व्यवसायबारे हामी जानकार छैनौं।

ठमेलमा उहाँको एउटा होटल छ। त्यस होटलमा रोल्पाका माओवादी नेता–कार्यकर्तहरूको जमघट हुने गर्छ। त्यस्तो जमघटको आयोजना पनि अमलाले नै गर्ने भएकाले त्यहाँ कहिलेकाहीँ हामी जानु स्वाभाविक हो। तर अहिले प्रचार गरिएजस्तो सुन काण्डमा हामीले जोगाएको र दावाका काममा सहयोग गरेको जस्ता आरोप निराधार हुन्। राज्यले दावालाई पक्राउ गरेको छ। यस्तो विषयमा जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो धारणा छ। अनुसन्धान गर्ने राज्यको दायित्व भएकाले निष्पक्ष अनुसन्धान होस् भन्ने हाम्रो चाहना छ। अपराध कर्ममा जोकोही जोडिए पनि कारबाहीको भागीदार हुनैपर्छ।
अर्को समाचार
शंकास्पद कागजात भेटिएपछि ६० किलो सुन प्रकरणमा यसरी जोडिए दिपेश पुन
१६ भदौ २०८०
•
३ मिनेट पाठ
शंकास्पद कागजात भेटिएपछि ६० किलो सुन प्रकरणमा यसरी जोडिए दिपेश पुन
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन र ६० किलो सुन प्रकरणमा समातिएका होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य यस अघि नै प्रहरीले पत्ता लगाइसकेको थियो। सुन प्रकरण बाहिरिएसँग पूर्व उपराष्ट्रपति पुनको परिवारसँगै दावाको तस्बीर पनि सामाजिक संजालमा भाइरल भएको थियो। यद्यपी पुन परिवारले अन्य प्रसंगमा केही वर्ष अगाडी खिचिएको तस्बीर भनेर खण्डन गरेको थियो।  




नागरिक दैनिकले साउन १६ गते प्रकाशन गरेको ‘ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क’ शीर्षकको समाचारमा पुनले आफूलाई दावाको अपराध कर्मबारे थाहा नभएको बताएका थिए। अब भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

दावा छिरिङमार्फत तस्करीमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो। प्रहरीले उनको संलग्नता हुन सक्ने शंकास्पद कागजात चार दिनअघि फेला पारेपछि अनुसन्धान सुरु गरेको हो।

‘हामी अनुसन्धान गर्दैछौं, उहाँहरूको सम्बन्ध पारिवारिकजस्तै देखिएको छ, सम्बन्ध पारिवारिक मात्रै हो कि व्यापारिक साझेदारी पनि हो भन्नेबारे हामीले अनुसन्धान सुरु गरेका छौं,’ सिआइबी उच्च स्रोतले भन्यो। पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो। ‘दावाले बिहे गरेका रोल्पाली महिला अमला रोकामार्फत पूर्व उपराष्ट्रपति परिवारसँग सम्बन्ध बढाएको देखिन्छ,’ स्रोतले भन्यो।

पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिएका छन्। दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन्।

‘शंका गर्ने आधार धेरै छन्। हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ सिआइबी उच्च स्रोतले भन्यो। तर दावाले यो विषयलाई यसअघि नै अस्वीकार गरेका थिए।  

राजस्व अनुसन्धान विभागले साउन ३ मा ६० किलो सुन बरामद गरेपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो। त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको थियो। जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको देखिन्छ। पूर्वराष्ट्रपति पुनका जेठा छोरा अमेरिका पुगेका छन्। तीन महिनाअघि उनी किन र कसको खर्चमा अमेरिका पुगे भन्ने खुलेको छैन। ‘जितेन्द्र दावाकै खर्चमा अमेरिका गएका हुन्,’ स्रोतले भन्यो। दावा छिरिङ सुरक्षा निकायले प्रयोग गर्ने सुराकी भएका कारण पनि उनी बढी निगरानीमा परेका थिए। उनले प्रहरीलाई सुराकी दिने नाममा आफ्नो पहुच बनाएका थिए।

‘दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको छ। उनी त्यही आधारमा विगतमा जोगिँदै आएका थिए,’ स्रोतले भन्यो। छिरिङको सम्पर्क माओवादी केन्द्रका उच्च तहका नेताहरू र उनीहरूका परिवारसँग बाक्लो उठबस भएकाले पनि तस्करीका लागि सहज भएको स्रोतले जनाएको छ। त्यसैले प्रहरीले उनीहरूको ‘कनेक्सन’बारे अनुसन्धान सुरु गरेको हो।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस