त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा विमानस्थल भन्सार कार्यालयले बरामद गरेको करिब नौ किलो सुन छाड्न र छाड्न नमिले लिलामी गर्न राहुल महराले दबाब दिएको उल्लेख छ। तर यस विषयमा उनीसँग सामान्य सोधपुछसमेत गरिएको छैन।
अनुसन्धान प्रतिवेदनमा महरालाई प्रतिवादीसमेत बनाइएको छैन। गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र सुन राखेर ल्याएका थिए। त्यतिबेल भन्सार विभागले ई–सिगरेटभित्र लुकाएर ल्याइएको सुन बरामद गरी चिनियाँ नागरिक लीलाई छाडिदिएको थियो। त्यसपछि उनी महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानबाट पाइएको छ। चिनियाँ नागरिक ली तीन दिनमै नेपालबाट फर्केका थिए। उनी तत्काल नेपाल आउने सम्भावना नभएको भन्दै प्रहरीले राहुलसँग सामान्य सोधपुछसमेत नगरेको हो। तस्करीका लागि ई–सिगरेटभित्र राखेर ल्याइएको करिब नौ किलो सुन नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेतको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको थियो।
सिआइबीले सरकारी वकिल कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत राखेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुल सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट यस मामिलामा महारा बाबुछोरा जोडिएको पत्ता लगाएको थियो। यस प्रकरणमा उच्च राजनीतिक तह जोडिएपछि प्रहरी मौन बसेको हो। सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले सुरुमा विमानस्थलबाट सुन हराएको विषयमा मात्रै अनुसन्धान गरिएको र मुद्दा अदालतमा पठाएपछि पनि अनुसन्धान प्रक्रिया नरोकिएको बताइन्। ‘अनुसन्धान प्रक्रिया रोकिएको छैन, फरार अभियुक्तहरू पक्राउ पर्न बाँकी छ, हामीले मुख्य मानिस खोजिरहेका छौं यो विषय अनुसन्धानमै भएका कारण अहिले धेरै बताउन मिल्दैन’, उनले भनिन्।
अदालतको आदेशमा विमानस्थलका नासु रेवन्त खड्का, सुरक्षागार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारीद्वय वेदप्रकाश अग्रवाल र साहेब राव पाण्डुरङ मरगले थुनामा छन्। सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएका अमृत कार्कीलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ। विमानस्थलका सुरक्षागार्ड विकले ई–सिगरेटभित्र सुन रहेको थाहा पाएपछि उनीसहित बस्नेत, खड्कालगायतको मिलेमतोमा चोरी भएको थियो।
कठमाडौं जिल्ला अदालतमा पेस भएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा ई–सिगरेटभित्र लुकाएर सुन ल्याउने समूहका लीसँग पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुलको बारम्बार सम्पर्क भएको कल डिटेल्स रिपोर्ट पनि राखिएको छ। त्यस्तै सोही समूहका अर्का चिनियाँ नागरिक दाओजिनले पनि पटकपटक महरा बाबुछोरालाई फोन गरेको पाइएको छ। राहुलले लीका सवारीचालक लोकेन्द्र पौडेल, तस्कर दाओजिन र असिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै दाओजिनले ली, पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेलाई पनि पटकपटक सम्पर्क गरेको पाइएको छ। ‘दाओजिन वाङलाई पनि सोध्ने अवस्था रहेन, राहुल महरालाई पनि सोध्ने कुरा भेटिएन’, सिआइबीका एक अधिकृतले भने, ‘दाओजिनलाई पक्राउ गर्न खोज्दा राजनीतिक दबाब आउन सक्ने र उनी स्वयं पनि तस्कर जस्तो नदेखिएका कारण पक्राउ गरेर छाड्नुभन्दा प्रमाण संकलन गर्नेतिर हामी लागेका छौं। तर राहुल र दाओजिन तत्कालै पक्राउ पर्ने अवस्था छैन। फरारमध्ये कोही कसैले नकारात्मक बयान गरेमात्रै सोध्न सकिन्छ। फोन सम्पर्ककै आधारमा बयान लिन जरुरी ठानिएन।’
यसरी भयो सुन चोरी
सिआइबीको प्रतिवेदनमा उल्लेख भएअनुसार २०७९ पुस १० गते बिहान ७ बजेकफ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन ल्याएका थिए। उनका दुईवटा सुटकेस जाँच एक्सरे गर्दा शंकास्पद वस्तु देखिएपछि आरसी ट्याग लगाएर राखिएको थियो।
विमानस्थल भन्सार कार्यालयले लीको पासपोर्ट लिएर उनलाई छाडिदिएको थियो। भोलिपल्ट पासपोर्ट फिर्ता लिएर उनी पर्सिपल्ट चीन गएका थिए। त्यसपछि मात्रै उनले नेपालमा रहेका साथी दाओजिन वाङलाई विमानस्थल भन्सार कार्यालयमा सुटकेसमा रहेको उक्त सुन छुटाउन भनेका थिए। डेढ महिनासम्म आगमन कक्षकै छेउमा राखिएका लीका ती दुई सुटकेस माघ २९ गते विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिएका थियो। त्यसक्रममा विमानस्थल भन्सार कार्यालयका सुरक्षागार्ड निर्मल विकले सुटकेसभित्र सुन रहेको पत्ता लगाएका थिए। उनले त्यसको जानकारी भन्सार एजेन्ट दिनेश बस्नेतलाई गराए। बस्नेतले नासु रेवन्त खड्कामार्फत सुन चोरीका लागि सेटिङ मिलाए। सेटिङअनुसार फागुन २९ गते खड्काले ती दुईवटा सुटकेस कोठाबाट भन्सारको फोहोर राख्न कोठामा फालिदिए।
त्यहा सिसिटिभी नभएकाले सुरक्षित हुने उनको विश्वास थियो। सोही कोठामा अर्काे विद्युतीय चुरोट राखेर सुन भएको सुटकेस साटियो। भन्सार एजेन्ट बस्नेतमार्फत सुनसहितको सुटकेस बाहिर लगियो। करिब नौ किलो सुन ६ करोडमा बिक्री भएको अनुसन्धानमा खुलेको छ। जसमध्ये ८० लाख भन्सार एजेन्ट बस्नेतकै बैंक खातामा भेटिएको छ ।

अनुसन्धान प्रतिवेदनमा महरालाई प्रतिवादीसमेत बनाइएको छैन। गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र सुन राखेर ल्याएका थिए।यस मामिलामा पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुल चिनियाँ अर्का नागरिक दाओजिन वाङ पनि जोडिएको स्रोतको दाबी छ। यस प्रकरणमा सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा राहुलले भन्सार विभागका अधिकृत र कर्मचारीलाई पटकपटक फोन गरी ई–सिगरेट आफ्नो व्यापारिक साथीको भएकाले छाडिदिन र छाड्न नमिल्ने भए लिलामी गर्न दबाब दिएका थिए। राहुलले सुन ल्याउने व्यक्तिकै हितमा उक्त दबाब दिएकाले उनी पनि यो प्रकरणमा मुछिएको देखिन्छ। तर प्रहरीले राहुलले गरेको टेलिफोनलाई सामान्यीकरण गरी उनलाई उन्मुक्ति दिएको स्रोतको दाबी छ।
सिआइबीले सरकारी वकिल कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत राखेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुल सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट यस मामिलामा महारा बाबुछोरा जोडिएको पत्ता लगाएको थियो। यस प्रकरणमा उच्च राजनीतिक तह जोडिएपछि प्रहरी मौन बसेको हो। सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले सुरुमा विमानस्थलबाट सुन हराएको विषयमा मात्रै अनुसन्धान गरिएको र मुद्दा अदालतमा पठाएपछि पनि अनुसन्धान प्रक्रिया नरोकिएको बताइन्। ‘अनुसन्धान प्रक्रिया रोकिएको छैन, फरार अभियुक्तहरू पक्राउ पर्न बाँकी छ, हामीले मुख्य मानिस खोजिरहेका छौं यो विषय अनुसन्धानमै भएका कारण अहिले धेरै बताउन मिल्दैन’, उनले भनिन्।
सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट यस मामिलामा महारा बाबुछोरा जोडिएको पत्ता लगाएको थियो।सिआइबीले यो प्रकरणमका संलग्न रहेका ६ जनालाई पक्राउ गरी अनुसन्धान सिध्याएको थियो। काठमाडौं जिल्ला अदालतले पक्राउमध्ये पाँचजनालाई थुनामा पठाएको छ। ई–सिगरेटमा राखेर तस्करीका लागि ल्याइएको सुन चोरी गरी बिक्रीवितरणमा संलग्न भएको आरोपमा ५ जनालाई थुनामा पठाउने आदेश भएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादी बनाएर हिरासतमा राखिएका ६ जनामध्ये पाँचलाई थुनामा पठाउने आदेश दिएको हो।