नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी
१८ असार २०८०
•
३ मिनेट पाठ
नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी
बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ। सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरूले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ।  




मन्त्री किरातीको चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भएको मन्त्रालय स्रोतको दाबी छ। यो जग्गा काठमाडौंको व्यस्त स्थान नक्सालमा छ। १५ रोपनी जग्गा बजारमूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने मन्त्री किरातीको तयारी रहेको जनाइएको छ। स्रोतका अनुसार मन्त्री किराती र पर्यटन मन्त्रालयका अधिकारीहरूको प्रस्तावप्रति नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति पोखरेलले असन्तुष्टि जनाएकी छन्। उक्त जग्गा निजी क्षेत्रलाई दिए ललिता निवास प्रकरणमा जस्तै भविष्यमा आफू विवादमा पर्न सकिन्छ भन्ने डर पोखरेललाई छ।

‘१५ रोपनी जग्गा निजी क्षेत्रलाई दिने प्रस्तावमा पोखरेलले सहमति जनाएकी छैनन्। कुनै अन्तर्राष्ट्रिय निकायबाट सहयोग लिएर उक्त जग्गामा आफैंले सभा भवन बनाउन सके प्रतिष्ठानका निम्ति नियमित आम्दानी हुने पक्षमा कुलपति पोखरेल र कर्मचारी छन्,’ स्रोतले भन्यो। तर परिषद् सचिव कुश्मा महरा र श्रव्यदृश्य प्रमुख चेतन सापकोटालगायतले मन्त्री राईको योजनाअनुसार उनीहरूले चाहेको कम्पनीलाई दिएर भवन बनाउन र त्यसलाई भाडामा लगाउन चाहेका छन्। त्यसका निम्ति निरन्तर प्रयास भइरहेको छ। १५ रोपनी जग्गा हडप्न खोज्ने टोलीले कुलपति पोखरेलसमक्ष १० प्रतिशत कमिसनको आकर्षक प्रस्ताव राखेको स्रोतको दाबी छ। आफूलाई आएको यो प्रस्तावको जानकारी कुलपति पोखरेलले मन्त्री राई, सचिव सुरेश अधिकारीलगायतको उपस्थितिमा जानकारी दिएकी थिइन्। आफूलाई यस्तो कमिसन पनि नचाहिने बरु आफैंले भवन बनाउनुपर्ने अडान उनले राखेकी थिइन्। तर मन्त्री राईले भने सुरुदेखि नै यो जग्गा व्यावसायिक प्रयोगका लागि दिनुपर्ने बताउँदै आएका छन्।

यो जग्गा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाममा ल्याउने बेलामा ठुलै लफडा भएको थियो। यसलाई ल्याउन नदिन मुद्दामामिला पनि भएको हो। यसका नाममा ल्याउन करिब साढे ५ करोड रजिस्ट्रेसनबापत खर्चसमेत भएको थियो। गत वैशाख १० मा प्रतिष्ठानको वार्षिकोत्सवका निम्ति पुगेका मन्त्री राईले यतिका जग्गा देखेपछि यसको व्यावसायिक प्रयोग गर्नुपर्ने धारणा राखेका थिए। त्यसलगत्तै उनै राईको प्रभावले नियुक्ति भएका पदाधिकारीले त्यो जग्गा मन्त्रीले भनेअनुसार दिनुपर्ने भन्दै दबाब बढाउँदै लगेका हुन्।

नेपाल बाल संगठन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त नाममा रहेको जग्गा हडप्ने प्रयास अझै जारी भएको स्रोतको भनाइ छ। यसबारे कुलपति शर्मासँग सम्पर्क गर्दा उनले आफूलाई यसबारे केही थाहा नभएको जानकारी गराउँदै बताउन इन्कार गरिन्। यता पर्यटन मन्त्रीका प्रेस संयोजक राजन समीपले त्यस्तो जग्गा अहिलेसम्म लिजमा नदिएको दाबी गरे । ‘लिजमा दिन पनि खोजेका छैनौं, दिने तयारी पनि छैन,’ उनले भने। बरु ३० रोपनी जग्गा खोज्न समिति बनाएको चाहिँ समीपले बताए। त्यस्तै उनले नेपाल ट्रस्टअन्तर्गतको जग्गा आफ्नो मन्त्रालयमातहत भए पनि नक्सालस्थित बालमन्दिरको जग्गाचाहिँ आफूहरूमातहत नरहेको दाबीसमेत गरे।
अर्को समाचार
अनियमितता ढाकछोप गर्न झुटको खेती
२१ असार २०८०
•
४ मिनेट पाठ
अनियमितता ढाकछोप गर्न झुटको खेती
बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरू जे जसरी लागेका छन्, त्यो आपत्तिजनक छ। मन्त्री किरातीको चाहनामा त्यो जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाउने र निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी भइरहेको छ। निजी क्षेत्र पोस्न सार्वजनिक सम्पत्तिको जे जसरी दुरूपयोग गरिँदै छ, त्यो आफैमा आलोच्य विषय हो। काठमाडौंको व्यस्त स्थान नक्सालमा रहेको यो जग्गा बजारमूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने मन्त्री किरातीको तयारीमा उनको व्यक्तिगत स्वार्थ झल्किएको छ। एक हिसाबले भन्ने हो भने नेताहरू या त आफ्ना निकटका व्यक्ति पोस्न वा कमिसनको लोभमा नै सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने कार्यमा लागेका हुन्छन्। अहिले किरातीको हकमा पनि त्यही देखिएको छ।




नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नेतृत्वको असन्तुष्टिका कारण किरातीको यो प्रयास अहिले तत्कालका लागि केही समय रोकिएको छ। यद्यपि मन्त्री किराती र उनीनिकट व्यक्तिहरू जग्गा हडप्ने प्रयासमा निरन्तर नै लागि परेको देखिन्छ। मन्त्री किराती, मन्त्रालयका वरिष्ठ अधिकारीहरू र प्रतिष्ठानका कतिपय कर्मचारीहरू सार्वजानिक सम्पत्ति हडप्ने कार्यलाई मिसन नै बनाएर अघि बढेको देखिन्छ। यो मिसनमा अहिले उनीहरू जे जसरी लागेका छन्, त्यसले उनीहरू जसरी पनि निजी क्षेत्रको फाइदाका लागि यो जग्गाको उपयोग गर्ने पक्षमा रहेको देखिन्छ।

यतिसम्म कि १५ रोपनी जग्गा हडप्न खोज्ने बिचौलियाले कुलपति निशा शर्मा पोखरेलसमक्ष १० प्रतिशत कमिसनको आकर्षक प्रस्ताव राखेको, जसलाई उनले इन्कार गर्दै यो विषय मन्त्रीलाई समेत जानकारी गराएको तथ्य पनि सार्वजनिक भएको छ। यो अवस्थामा मन्त्री राईले प्रतिष्ठानको नेतृत्वलाई हौसला दिनुपर्नेमा उल्टै निजी क्षेत्रलाई जग्गा उपयोगका लागि दिनुपर्ने भन्दै दबाब बढाउनु आश्चर्यको विषय हो।

त्यसो त गत वैशाख १० गते प्रतिष्ठानको वार्षिकोत्सवका निम्ति पुगेका मन्त्री राईले यो जग्गा देखेपछि यसको व्यावसायिक प्रयोग गर्नुपर्ने धारणा राखेका थिए। त्यसलगत्तै राईको प्रभावले नियुक्ति भएका प्रतिष्ठानका पदाधिकारी त्यो जग्गा मन्त्रीले भनेअनुसार निजी क्षेत्रलाई प्रयोग गर्न दिनुपर्नेमा लागिपरेका छन्। अझ अचम्मलाग्दो पक्ष के छ भने एकातिर मन्त्री राई यो जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न दिने पक्षमा लागिपरेका छन् भने अर्कातिर आफूले त्यस्तो काम नगरेको दाबी गर्दै आएका छन्। उनको भनाइ र गराइमा ठुलै विरोधाभास देखिएको छ।

मन्त्रीले व्यापारिक प्रयोजनका लागि दिने कुनै सोच नभएको भनी समाचारको खण्डन गरेकै बेला इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदनले मन्त्रीको झुटलाई प्रमाणित गरिदिएको छ। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ। जब कि मन्त्री किरातीका प्रेस संयोजक राजन राईले ‘निजी क्षेत्रलाई ठेक्का दिने अन्तिम तयारी भएको भनिएकोमा त्यस्तो निजी क्षेत्र कुन हो? कुन प्रक्रियाबाट ठेक्का दिन अन्तिम तयारी भएको भन्ने कुनै तथ्य प्रमाणबिना समाचार सिर्जना गरिनुले प्रेस स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रमाथि नै प्रहार भएको’ भन्दै विज्ञप्ति जारी गर्नु आफैमा हाँसोलाग्दो विषय थियो। उनले जे प्रश्न उठाएका थिए, त्यसको प्रस्ट जवाफ इमु प्रोपटिजकै निवेदनले नै दिएको छ। यसरी जिम्मेवार पदमा रहेका व्यक्तिले झुटको खेती गर्नु बेइमानीको हद नै हो।

आफै अनियमितता गर्न लाग्ने अनि समाचार प्रकाशित भएपछि त्यसैलाई लोकतन्त्रमाथिको प्रहार भनेर व्याख्या गर्नेजति नाजायज काम के होला? मन्त्रीले गरेको/गर्न खोजेको बदमासीलाई उजागर गर्ने कार्यले कसरी लोकतन्त्रमाथि प्रहार हुन्छ? बरु, महत्वपूर्ण पदमा रहेका अधिकारीलाई जिम्मेवार बनाउनु प्रेसको धर्म नै हो। तर, प्रेसले यसरी गलत कार्यको उजागर गर्दा उल्टै मिडियामाथि खनिनु चाहिँ स्वतन्त्र प्रेसविरुद्धको कार्य हो। यो कुरालाई मन्त्री किरातीले मनन गर्न आवश्यक छ। त्यसो त आफूलाई अप्ठ्यारो पर्ने समाचार प्रकाशित भएपछि जनता र लोकतन्त्रको दुहाई दिने माओवादी नेताको पुरानै बानी हो। अहिले किरातीले पनि त्यही प्रवृत्ति पछ्याएका हुन्। त्यसैले यो अवस्थामा मन्त्री किरातीले आफ्नो अनियमिततालाई ढाकछोप गर्न झुटको सहारा लिनु कुनै हिसाबले पनि जायज हुन सक्दैन। बरु, यो प्रकरणमा उनले क्षमायाचना माग्दै आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नु नै उनको हितमा हुने छ।  
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस