बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायोः सांसद पाण्डे
१० असार २०८०
•
२ मिनेट पाठ
बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायोः सांसद पाण्डे
नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरुको निर्वाचन क्षेत्र बराबर भएपनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको बताएका छन्।




आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले यस्तो बताएका हुन्। उनले सरकारले बजेट बनाउँदा १६५ निर्वाचन क्षेत्रका सांसदहरुलाई समानुपातिक रुपमा बजेट विनियोजन गर्नुपर्ने बताए।

उनले आफूहरु सत्तापक्षको भएपनि सरकारले प्रधानमन्त्री,पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाले बजेट कुनैपनि हालतमा पास गर्न नसकिने बताए। ससदबाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने उनको भनाइ छ।

मन्त्रीले सांसदहरुलाई आफ्नो क्षेत्रका समस्या नसोधी बजेट विनियोजन गरेको भन्दै  बजेट निर्माणमा सरकारले सांसदहरुको भुमिका हुनुपर्ने उनले बताए। उनले बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाए।

उनले भने,‘१३८ सांसद भएन भने सरकारले ल्याएको बजेट पास हुँदैन। बजेट पास गर्ने बेलामा सांसद तर १३८ जना सांसदले सरकारका कुन मन्त्रीले सांसदहरुसँग भेटेर समस्या के छ भनेर सोधेको कुनै रेकर्ड छैन। बजेट निर्माणमा सांसदहरुको भुमिका खोई भनेर मैले खोजेको हो।  मैले प्रधानमन्त्रीसँग र शेरबहादुर देउवासँग सोधेँ तपाईहरुलाई भोट हाल्ने जनता र मलाई भोट हाल्ने जनतामा फरक के छ। तपाईको निर्वाचन क्षेत्रमा ५५ करोड जाने अर्कोको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने मेरो क्षेत्रमा चिल्लै हुने। यस्तो अवस्थाको अन्त्य हुनुपर्छ। अन्त्य गर्ने तरिका १६५ निर्वाचन क्षेत्र छ। १६५ निर्वाचन क्षेत्रका सांसदहरुको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनु पर्छ। त्यसो भए बजेट न्यायपूर्ण हुन्छ। अहिले बजेट टाइप म्यान र विचौलियाले हाल्छन्। बाटोमा यति खर्च गरे बजेट पारे भन्दै हिँड्छन्। यो कुराको अन्त्य गर्नुपर्छ। यो प्रश्नको उत्तर अर्थमन्त्री र प्रधानमन्त्रीले दिएनन् भने बजेट पास गर्न दिँदैनौं। यो वर्ष नपाए पनि आगामी चार वर्षमा सांसदहरुले बजेट निर्माणमा भुमिका निर्वाह गर्न पाउँछु। सांसदहरुको क्षेत्रमा दिने बजेट समानुपातिक हुनुपर्छ। मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने रहेछ। प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ।’

उनले प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड, पूर्र्वप्रधानमन्त्रीको  निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने तर अन्य सांसदहरुको क्षेत्रमा बजेट कम जाने प्रवृतिको अन्त्य गर्नपनि बजेट पास गर्न दिन नहुने बताए। उनले १६५ निर्वाचन क्षेत्रका सांसदहरुको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने बताए।  
अर्को समाचार
एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे
२२ मंसिर २०८०
•
१ मिनेट पाठ
एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन्।




शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिद बिक्री नभएको टिप्पणी गरेका हुन्। उनले शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताए। पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतिको नाममा २० प्रतिशत शेयर रहेको उल्लेख गर्दै उनले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत शेयर लिनु नै नाटक भएको बताए। यस प्रकरणमा राज्यले गम्भिरतापूर्वक ध्यान पु¥याउनुपर्ने बताए।

उनले भने, ‘यो असाध्यै ठूला भयावह खर्बको चिजलाई अर्बमा बेच्ने स्थिति देखियो। एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भुमिकामा कमी आउन दिनु हुँदैन। सरकारले पैसा लिएर जाने कुराहरुलाई रोक्ने आदि खालका निर्देशन दिएको छ भन्ने केही पत्रपत्रिकाले लेखेको छ। यो कुरामा कडाइका साथ नेपालका विद्यमान ऐन, कानून पूर्णरुपले फलो गर्नेगरी हामीले ध्यान दिनुपर्ने हुन्छ। यो बिक्री गरेको हो जस्तो लाग्दैन मलाई यो बिक्रीको नाटक मात्रै हो। बिक्रिको नाटक हो। त्यसो हुनाले पहिल्यै श्रीमतिको नाममा २० प्रतिशत थियो अब अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत। यस्ता खालका कामहरु भएका छन् यो नाटक हो। यसलाई गम्भिर रुपले ध्यान पु¥याउनुपर्ने हुन्छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस