‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’
०३ असार २०८०
•
४ मिनेट पाठ
‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्। अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन्। ‘त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो। आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन। अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुप¥यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन’, भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन्।




भण्डारीले नागरिकता विधेयक नयाँ सविधानअनुसार नआएको दाबी गरिन्। ‘नयाँ संविधानअनुसार ल्याउनुपर्‍यो नि त, पुरानो संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो। नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?’ उनले भनिन्, ‘गर्न नहुने काम भएको छ।’

उनले पदमा रहँदा वा नरहँदा आफूले केवल देशको हित मात्र हेरेको बताइन्। ‘यो देशमा षड्यन्त्र भइरहन्छन्। चन्द्र, सूर्य रहेसम्म नेपालको मौलिक पहिचान जोगाउनुपर्छ। हामी सबै मिलेर हाम्रो राष्ट्रियता जोगाउनुपर्छ, देशको सवालमा कसैसँग कुनै पनि सम्झौता गर्नुहुँदैन’, उनले भनिन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सोही विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पत्र लेखेको आधारमा प्रमाणीकरण गरेपछि प्रक्रियागत त्रुटि भएको भन्दै आलोचना भइरहेको छ। यो विवाद सर्वोच्च अदालतमा पुगेको छ।
तत्कालीन राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सोही विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पत्र लेखेका आधारमा प्रमाणीकरण गरेपछि प्रक्रियागत त्रुटि भएको भन्दै आलोचना भइरहेको छ।

यो विवाद सर्वोच्च अदालतमा पनि पुगेको छ। सर्वोच्चले नागरिकता विधेयकलाई कानुनका रूपमा कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ।

तत्कालीन राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सोही विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पत्र लेखेका आधारमा प्रमाणीकरण गरेपछि प्रक्रियागत त्रुटि भएको भन्दै आलोचना भइरहेको छ।
पूर्वराष्ट्रपति भण्डारीले आफूले नागरिकता विधेयक रोकेपछि अनेक लाञ्छना खेपेको तर देशको हितमा नभएको विधेयक रोक्दा कुनै पश्चात्ताप नभएको बताइन्। नागरिकताको समस्या २००९ सालदेखिको भएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ छ। आफूले रोकेको विधेयकलाई अहिलेका राष्ट्रपतिले संविधान र जनताको भावनाविपरीत प्रमाणीकरण गरेको बताइन्। ‘नागरिकता विधेयक जस्ताको तस्तै जारी गरिनु ठिक होइन, होइन,’ उनले भनिन्।

चार प्राथमिकता

पूर्वराष्ट्रपति भण्डारीले आफू निष्क्रिय भएर नबस्ने बताइन्। युवाको विदेश पलायन रोक्न, बेरोजगारी समस्या समाधान गर्न, आर्थिक संकट समाधान गर्न र कृषि क्षेत्रको विकासमा कसरी काम गर्न सकिन्छ भनेर आफूले विज्ञहरूसँग परामर्श गरिरहेको बताइन्।

मुलुकको शिक्षा प्रणालीमा सुधार, जलवायु अनुकूलनका लागि हरियाली प्रर्वद्धन, कृषि उत्पादन वृद्धि गरी आयात रोक्ने अभियान, प्रदूषण न्यूनीकरणका लागि सरसफाइ अभियान, जनस्वास्थ्य जस्ता क्षेत्रमा सक्दो काम गर्ने उनको योजना छ। उनले आफ्नै देशमा पैसा तिरेर पढ्छु भन्ने वातावरण नभएको तर त्यही विषय विदेशीले सित्तैमा पढाइदिने अवस्था आएपछि शैक्षिक दक्ष जनशक्ति पलायन हुन पुगेको बताइन्।

राजनीतिमा नफर्कने

पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा नफर्कने संकेत गरिन्। आफू आफ्नै जोडबल गरेर राजनीतिमा नआएको तर परिस्थितिले यो अवस्थासम्म ल्याइपुर्‍याएको बताइन्। एमालेले कार्यकारी तहमा ७० वर्षे उमेरहदको व्यवस्था हटाएको सन्दर्भमा ‘तपाईं फेरि पार्टी राजनीतिमा फर्कने चर्चा कार्यकर्ता पंक्तिमा चलिरहेको छ नि !’ भन्ने प्रश्नको जवाफमा उनले आफूमा अध्यक्ष बन्ने महत्वाकांक्षा नभएको बताइन्।

‘मलाई अध्यक्ष बन्ने महत्वाकांक्षा छैन, लालायित पनि छैन। टुलुटुलु हेरेर बस्ने कि नबस्ने भन्ने प्रश्न पनि छ। बहुदलीय जनवादको विषयमा पार्टीले लिएको धारणा, यसलाई तल्लो पंक्तिसम्म पुर्‍याउनुपर्ने कुरा पनि छ। यत्ति हो, क्लोज्ली वाच गरिरहेको छु,’ उनले भनिन्। भण्डारीले आफूलाई एमाले राम्रो होस् भन्ने लाग्नु स्वाभाविकैै भए पनि सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको तर राजनीतिलाई नजिकबाट हेरिरहेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा नफर्कने संकेत गरिन्। आफू आफ्नै जोडबल गरेर राजनीतिमा नआएको तर परिस्थितिले यो अवस्थासम्म ल्याइपुर्‍याएको बताइन्।
‘मलाई अरूलेभन्दा राम्रोसँग मैले नै चिनेकी छु, मलाई नजिकबाट चिन्नेले चिनेका छन्, म नेतृत्वमा बस्न अलिक डराउने मान्छे हो तर कतिपय अवस्थामा नचाहेर पनि कतिपय जिम्मेवारी पूरा गर्नुपर्छ। नवौं महाधिवेशन सकाएर घरभित्र पस्न नपाउँदै एकजना भाइले दसौं महाधिवेशनमा को बन्छ अध्यक्ष? उतातिर त कुरा चलिसकेछ भन्नुभयो, मैले त्यतातिर नजाऔंभन्दा पनि फेरि सोधेपछि भनेकी थिएँ–म एमालेको अध्यक्ष हुँदा कम्युनिस्ट पार्टीको प्रथम महिला अध्यक्ष भन्ने पनि हुन्छ। लिगेसी पनि छ। तर म राष्ट्रपतिको जिम्मेवारीमा जानुपर्‍यो। अब फेरि एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन,’ उनले पुरानो कुरा सुनाउँदै भनिन्, ‘अहिले पनि यस्तो चाहना आउनु अस्वाभाविक होइन।’
अर्को समाचार
मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब: पूर्वराष्ट्रपति
१३ वैशाख २०८१
•
२ मिनेट पाठ
मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब: पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छिन्।




आज ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताइन्।

उनले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब रहेको उल्लेख गरिन्।

उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल भएको बताइन्।

उनले प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको जिकिर गरिन्।

उनले ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको वृद्धभत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको बताइन्।

आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झिने गरेको भन्दै उनले भसनन्, ‘ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको छ। जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झन्छन् र सम्मान गर्दछन्।’

पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पुर्‍याएको दाबी गरिन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस