सुदूरपश्चिममा २९ अर्ब २६ करोडको बजेट
०१ असार २०८०
•
१ मिनेट पाठ
सुदूरपश्चिममा २९ अर्ब २६ करोडको बजेट
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रवार प्रदेश सभाको बैठकमा २९ अर्ब २६ करोड ५९लाख ३२ हजारको बजेट प्रस्तुत गरेका छन्।




यस बर्ष बजेट चालु आर्थिक बर्ष भन्दा करिव साढे ७ अर्व कम रहेको छ। चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात ३२ दशमलव ७९ प्रतिशत विनियोजन गरिएको छ।

यस्तै पूँजीगतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रुपैयाँ अर्थात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले अन्तर सरकारी बित्त हस्तान्तरण अन्तर्गत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८ दशमलव ०२ प्रतिशत र बित्तिय व्यवस्थातर्फ ३० करोड अर्थात १ दशमलव ०३ प्रतिशत विनियोजन गरिएको छ।
अर्को समाचार
सुदूरपश्चिममा ३३ अर्ब ४७ करोडको बजेट
०१ असार २०८२
•
३ मिनेट पाठ
सुदूरपश्चिममा ३३ अर्ब ४७ करोडको बजेट
सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आइतबार (आज) आह्वान गरिएको प्रदेश सभाको बैठकमा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्।  




चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३० दशमलव ४९ प्रतिशत विनियोजन गरिएको छ। यस्तै पुँजीगतर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ अर्थात् ५९ दशमलव २५ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले अन्तर्सरकारी वित्त हस्तान्तरणcन्तर्गत  ३ अर्ब ४२ करोड ७७ लाख अर्थात् १० दशमलव २४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरिएको उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकार राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ८ करोड , नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ९२ करोड ५६ लाख र चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ७ अर्ब ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त ४ अर्ब १६ करोड ३० लाख, संघीय सरकार समपूरक अनुदानबाट प्राप्त हुने ६० करोड २६  लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५१ करोड ६० लाख रुपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरेको मन्त्री थापाले बजेट भाषणमा भनेका छन ।

बजेटमा कृषि, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको छ। यसैगरी उद्योग, जडीबुटी, ऊर्जा, सामाजिक न्याय, खानेपानी रोजगारमूलकल गायतका कार्यक्रमलाई बजेटमा राखिएको छ  

सुदूरपश्चिममा एक स्थानीय तह दुई उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। ८८ स्थानीय तहमा १ सय ७६ पोकेट क्षेत्र स्थापना गरिने र यसका लागि ७० करोड ४० लाख बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ। यसबाट ५ हजार बढी किसान लाभान्वित हुने मन्त्री थापाले उल्लेख गरेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब, ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको छ। उद्योग, वन र पर्यटन क्षेत्रका लागी २ अर्व ३४ करोड बजेट विनियोजन गरेको मन्त्री थापाले उल्लेख गरेका छन्।

डडेल्धुरा जडिबुटी संकलन र प्रशोधन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ । खप्तड, बढिमालिका, मालिकार्जुन शिखर, रामारोशन र सिगासधाम लगायतका पर्यटकिय स्थलहरुमा केबुलकार संचालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले उल्लेख गरेका छन् ।

बन क्षेत्रको अतिक्रमण हटाउन, हरियाली प्रवर्द्धनका लागि नर्सरी संचालन, बृक्षारोपण, बिरुवा उत्पादनलगायतका कार्यक्रम विस्तार गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

'एक घण्टा आफ्नै लागि' भन्ने नाराका साथ स्थानीय तह, निजी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सार्वजनिक स्थानमा खुला व्यायाम, आरोग्य केन्द्र, प्राकृतिक चिकित्सा, जुम्बा, ध्यान, योग केन्द्र र विपश्यना स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको थापाले बताए ।

टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न पूर्वाधार निर्माणका लागी ५ करोड ५० लाख विनियोजन गरेको उल्लेख छ ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस