कोशी प्रदेशको प्रदेशसभा बैठक जेठ ३१ गते बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गरी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको छैठौं बैठक २०८० साल जेठ ३१ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।
यस अघि प्रदेशसभाको बैठक जेठ २३ गते अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेश सभा बैठक स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने आशंका गरिएको थियो। सरकारलाई अध्यादेशबाट बजेट नल्याउन दबाब दिँदै कोशी प्रदेशका प्रतिपक्ष ४ दलले आइतबार नै विज्ञप्ति जारी गरी अध्यादेशबाट बजेट ल्याए मान्य नहुने जनाएका थिए। संविधान अनुसार असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर, कोशी प्रदेश सरकारले हालसम्म नीति कार्यक्रमसमेत ल्याएको छैन। प्रदेश सरकारले ३१ गते प्रदेशसभा बैठक राखेर प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम वाचन गर्न लगाउने र सोही दिन बजेट अधिवेशन अन्त्य गर्ने योजना रहेको प्रतिपक्षी दलका नेताहरूले बताएका छन्।
प्रदेश प्रमुखले सम्बोधन नै नगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न नमिल्ने भएकाले सरकारले प्रदेशसभा बैठक राखेको नेकपा माओवादी केन्द्रका संसदी दलका नेता इनद्रबहादुर आङ्वोले बताए।
‘बजेट अधिवेशन अन्त्य गर्ने प्रपञ्चका लागि प्रदेशसभा बैठक बोलाइएको हो’ उनले भने‘ बजेट सार्वजनिक गर्ने दुई दिन अघि प्रदेशसभा बैठक बोलाएर अल्पमतको सरकारले संसद्को बजेट अधिवेशन अन्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने उद्देश्य राखेको स्पष्ट देखिन्छ।’
आङ्वोले अध्यादेशबाट बजेट ल्याईए अमान्य हुने प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका ४ दलले विज्ञप्तिमार्फत जानकारी गराईसकेको बताए। संसद्को चालु अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने संविधानमासमेत व्यवस्था नभएको आङ्वोको भनाई छ। उनले जवर्जस्ती अलोकतान्त्रिक विधिबाट संविधान विपरीत बजेट ल्याइए नयाँ सरकारले निर्मम ढंगले प्रतिस्थापन गर्ने चेतावनी दिए।
उनले भने ‘अलोकतान्त्रिक विधिबाट बजेट ल्याए नयाँ सरकारले निर्मम रुपमा प्रतिस्थापन गरेर बजेट ल्याउँछ।’
यसअघि प्रदेशको नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने तयारी सरकारले गरे पनि सत्ता साझेदार सबै भन्द ठुलो दल माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बिहीरिएपछि हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ।
सरकार अल्पमतमा परेपछि प्रदेशसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो। तर, बजेट ल्याउने दुई दिन अघि प्रदेशसभा बैठक राखिएपछि प्रतिपक्षी दलहरूले भने संसय व्यक्त गरेका छन्। कोशी प्रदेशसभाका ९३ जना सांसद छन्।
जसमध्ये एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ जना सांसद मात्रै सत्तापक्षमा छन्। प्रतिपक्षमा भने नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना गरी ४७ जना सांसद प्रतिपक्षमा छन्। कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।
अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।
दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।
साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।
प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।
दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।
त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।
कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...