सलाम गर्छु बालेन जीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयोः सांसद गिरि
२८ जेष्ठ २०८०
•
१ मिनेट पाठ
सलाम गर्छु बालेन जीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयोः सांसद गिरि
नेपाली कांग्रेसका सांसद दिपक गिरिले सांसदहरुलाई ‘झोले’को संज्ञा दिएका छन्।




महानगरपालिकाका मेयर बालेन शाहले ‘झोले’ लाई  वडाध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै शाहलाई ‘सलाम’ गरेका छन्।

उनले आइतबारको संसदमा बजेटमा माथिको छलफलमा भाग लिदै भने, ‘म त सलाम गर्छु बालेन जीलाई। कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो।’

सांसद गिरिले सांसदहरु इमान्दार नभएकाले विकृतिहरु बढेको समेत बताए। उनले सर्वसाधारणहरुले रात बिरात आफ्ना समस्याहरु राख्ने गरेको तर सांसदहरुले उनीहरुलाई सहयोग गर्न सक्ने अवस्था नरहेको भन्दै सांसदहरु ‘झोले’को अवस्थामा पुगेको बताए।

‘म आग्रह गर्न चाहन्छु सांसदहरुको हविगत हैसियत के छ भनेर? म आफू झोले सांसद भन्न चाहन्छु। राती १२ एउटा फोन आउँछ एउटी बुढीआमाकी , एउटा खसी पालेकी थिए, त्यो मर्र्यो नि बाबुले केही गरिदिन्छु हुन्छकी भनेर, अर्को मेरी बुहारी छोरालाई किताब लिन्छु भनेर नेपालगंज गएकी २७ दिन भयो आजसम्म आएकी छैन। खोजबीन गरिदिनप¥र्यो। थाहा छ नागरिकहरुलाई? कानुन बनाउने हो, विधेयक बनाउने हो, थाहा छैन’, सांसद गिरिले भने।  

सासद गिरिले सांसदहरु इमान्दार भए भने ५ करोड रुपैयाँ (सांसद विकास कोष) मात्र होइन जति रुपैया भएपनि ठाँउमा खर्च हुने बताए।

उनले अर्थमन्त्री तथा गठबन्धनका नेताहरुले बजेट आफ्नो जिल्लामा मात्र केन्द्रित गरेको आरोप लगाए। ‘पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट बुटवलमा हाल्नुपर्ने। छिमेकी जिल्लाका एमाले सांसदहरुले गुनासो गर्नुपर्ने। अहिले पनि गठबन्धनकै नेताहरुको बजेट गएको कुराहरु सुन्नुपर्ने’, उनले भने।

सांसद गिरिले बजेट भाषण साँझ चार बजे नभई विहान १० बजे सार्वजनिक गर्न पनि सुझाव दिएका थिए।
अर्को समाचार
मेलम्ची खानेपानीमा बालेनकाे व्यङ्ग्य: एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार
०१ माघ २०८०
•
१ मिनेट पाठ
मेलम्ची खानेपानीमा बालेनकाे व्यङ्ग्य: एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार
काठमाडौँ महानगरका मेयर बालेन शाहले मेलम्ची खानेपानीको उद्घाटनलाई लिएर टिप्पणी गरेका छन्।




सोमबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर शाहले प्रधानमन्त्रीलाई एउटै परियोजना बारम्बार उद्घाटन गरेर एउटै मन कति पल्ट जित्नुहुन्छ भन्दै व्यङ्ग्य गरेका छन्।

उनले यसअघि उक्त योजनाको ५ वटा उद्घाटन भएको पनि स्मरण गराएका छन्। उनले खानेपानी योजनाको प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको पनि बताएका छन्।

उनले लेखेका छन्, 'प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ। मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ। त्यो झरेर मुहान कुनै पनि बेला थुनिन सक्छ। बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ। बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ।' 

उनले प्राविधिक जोखिमको आंकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना पानी ल्याउनु राजनैतिक स्टन्ड भएकाे बताएका छन्।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस