प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक अवरुद्ध गर्ने भएको छ। पार्टीका प्रमख सचेतक पदम गिरीले आजको संसद् बैठकमा नागरिकता विधेयक प्रमाणीकरणको विरुद्धमा सशक्त विरोध गर्ने बताए।
'मन्त्रिपरिषद्ले असंबैधानिक तरिकाले सिफारिस गर्यो र राष्ट्रपतिले पनि असंबैधानिक ढंगले प्रमाणीकरण गरेको विरोधमा हामीले आज शसक्त विरोध गर्छाैं' , उनले नागरिक न्यूजसँग भने।
सरकारले नागकिरता विधेयकको सम्बन्धमा स्पष्ट धारणा र दृष्टिकोण नराखेसम्म संसद्मा विरोध कायम रहन प्रमुख सचेतक गिरीले बताए।
आजबाट प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ। अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ। तर बिहान ११ बजेकाे लागि बाेलाइएकाे बैठक अझै सुरू भएकाे छैन।