नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ: मन्त्री किराती
०६ जेष्ठ २०८०
•
२ मिनेट पाठ
नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ: मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्। 




उनले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताए।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले आर्थिक समृद्धिका निम्ति हामीले नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए। आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ। निर्यातको दृष्टिले हेर्दा नगन्य मात्रामा रहेको उनको भनाइ छ।

मन्त्री किरातीले भने “हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ। विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ। ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन।” राष्ट्रवादी भनेको आफ्नै उत्पादन, आफ्नै बजार, आफ्नै आर्थिक विकास र समृद्धिको बाटो रोज्नुपर्ने उनले बताए।

उनले भने, “नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ। सपनाले मानिसलाई डोर्याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ। नेपाली मौलिक भान्साघरमा तपाईँहरूले त्यही बाटो डोर्याउनुभएको रहेछ।”

मौलिक भान्साघरका सञ्चालक सुमन दाहालले नेपाली भान्साघरमा ८४ थरिका परिकार आफ्नै स्वादमा खान पाइने बताए। उनले हप्ताका सात बार सात प्रदेशका विषेश परिकार, सात पक्षी सात स्वाद, सातै दिन सांस्कृतिक साँझ भनेर नयाँ ढङ्गले भान्सा घर सञ्चालन गरेको उल्लेख गरे। उनले बसे पनि सहर, गाउँकै खाने रहर नारालाई मध्यनजर गर्दै आएको जनाए।

त्यसैगरी डिजफर नेपलालका अशोक काफ्लेले बाझो जग्गामा उत्पादन गर्न सरकारले सम्बन्धित जग्गाधनीसँग सहजीकरण गर्न आवश्यक रहेको धारणा राखे। दशका अग्र्यानिक उत्पादनलाई बढाउनुपर्ने र बजारीकरण गर्नुपर्ने उनको भनाइ थियो।
अर्को समाचार
जलहरी र धर्मशाला काण्डमा मुछिएकाहरू नै कोषको सदस्य–सचिव र सदस्य नियुक्त
१६ साउन २०८०
•
२ मिनेट पाठ
जलहरी र धर्मशाला काण्डमा मुछिएकाहरू नै कोषको सदस्य–सचिव र सदस्य नियुक्त
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव र सदस्य पदमा जलहरी र धर्मशाला काण्डमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेका छन्।




उनले सदस्य–सचिवमा मिलन थापालाई लगातार दोस्रो कार्यकालका लागि नियुक्त गरेका हुन। सदस्यमा राजुकुमार खत्रीलाई पनि दोहोराएका छन्। उनी यसअघि पनि कोषको सदस्य भइसकेका व्यक्ती हुन्।

सदस्य–सचिव थापा र सदस्य खत्री दुवै पशुपतिनाथ मन्दिरको जलहरी र कोषको स्वामित्वमा रहेको नेपाल–भारत धर्मशाला बतास समूहलाई दिने काण्डमा मुछिएका छन्। खत्री त जलहरी व्यवस्थापन समितिको सदस्य नै थिए। उनलाई हालका सदस्य–सचिव तथा तत्कालीन कोषाध्यक्ष थापाले नै यो पदमा नियुक्त गरेका थिए। खत्री सदस्य सचिव थापाकै निकट मानिन्छन्।

यसअघि पनि मन्त्री किरातीले नै कोषमा कोषाध्यक्ष पदमा कार्यरत थापालाई सदस्य–सचिव बनाएका थिए। अहिले पनि उनैले थापालाइ सदस्य–सचिवमा दोस्रो कार्यकालका लागि नियुक्त गरेका हुन। अघिल्लो पटक थापालाई उनको पहिलो कार्यकाल सकिएको ६ दिनमै फेरी नियुक्त गरेका थिए।

थापाको सदस्य–सचिवको अघिल्लो कार्यकाल पनि निकै विवादास्पद छ। जलहरी काण्ड तथा बतास समूहलाई धर्मशाला भाडामा दिने विषयमा थापा अनियमिततामा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी काण्डको छानबिन अहिले अन्तिम चरणमा पुराएको छ।

सदस्यमा नियुक्त भएका खत्री २०७३ देखि २०७७ सालसम्म पशुपति विकास कोषकै सदस्य सदस्य थिए। त्यतिबेला कोषको सदस्यको हैसियतमा उनको भूमिका पनि विवादास्पद थियो। कोषका सदस्य अर्जुन बास्तोलाको कार्यकाल सकिएपछि किरातीले बास्तोलाको ठाउँमा अहिले खत्रीलाई नियुक्त गरेका हुन्।

पर्यटन मन्त्रालय स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि सदस्यमा नियुक्ति गरिएको हो।  

कोषको स्वामित्वमा रहेको नेपाल भारत धर्मशाला बतास समूहलाई भाडामा दिने विषय र पशुपतिको जलहरी काण्डमा खत्री मुछिएका छन्। यसअघि २०७७ सालमा खत्रीको कार्यकाल सकिनै लागेका बेला कोषका तत्कालीन कोषाध्यक्ष थापाले खत्रीलाई जलहरी व्यवस्थापन समितिको सदस्यमा नियुक्त गरेका थिए। कार्यकाल सकिए पनि जलहरी निर्माणमा खत्रीको संलग्नता रहेको छ। बतास समूहलाई पशुपति धर्मशालाभित्र पाँचतारे होटेलसरहको भौतिक संरचना निर्माण गर्न अनुमति दिने विषयमा पनि खत्रीको प्रमुख भूमिका रहेको कोषका एक कर्मचारी बताउँछन्।

यता पर्यटन मन्त्रालयले भने पशुपति क्षेत्र विकास कोष ऐन २०४४ अनुसार खत्रीलाई सदस्यमा नियुक्त गरेको जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस