कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्राध्यापक डिल्लीराम उप्रेति लाई नियुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मनित्रपरिषद्को बैठकले प्राध्यापक उप्रेतिलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद्को बैठकले समाजिक विकास मन्त्रालयले पठाएको कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि शैद्धान्तिक सहमति प्रदान गर्ने प्रस्तावलाई सरोकारवालसँग थप छलफल र परिमार्जन गर्न समाजिक मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ।
विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई पोशाक सुविधा प्रदान गर्ने कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको चापागाईले बताए। योजना आयोगका सदस्यहरू सरकारमा सहभागि दलहरूको सहमतिमा चाँडै नियुक्त गरिने चापागाईले बताए।