भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता टेकनाथ रिजाललाई २ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा पक्राउ परेका रिजाललाई २ दिन हिरातसमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
रिजाललाई प्रहरीले आज नै काठमाडौंबाट पक्राउ गरेको हो। यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए। उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए।