गण्डकी प्रदेशः दीपक मनांगेलाई मन्त्री बनाउनै पर्ने दवावमा मुख्यमन्त्री
२९ वैशाख २०८०
•
१ मिनेट पाठ
गण्डकी प्रदेशः दीपक मनांगेलाई मन्त्री बनाउनै पर्ने दवावमा मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् बिस्तार गर्दैछन्। शुक्रबार चारजना मन्त्री थप्ने तयारी मुख्यमन्त्रीको छ। चारजना मन्त्री थपिएसँगै गण्डकीमा सात सदस्यीय मन्त्रीपरिषद् बन्नेछ।  




श्रोतका अनुसार कांग्रेसबाट बागलुङका दीपेन्द्र थापा र नवलपुरका महेन्द्रध्वज जिसीलाई मन्त्री बनाउने तयारी छ। त्यस्तै माओवादीबाट रेशम जुग्जाली पनि मन्त्री बन्दैछन। एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनांगे) पनि मन्त्री बनाउने तयारी छ।  

जिसीलाई आर्थिक मामिला र थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइने श्रोतले बताएको छ। त्यस्तै माओवादीबाट मन्त्री बनेका जुग्जालीलाई भौतिक मन्त्रीको जिम्मेवारी दिने तयारी छ। मनाङेलाई मन्त्री बनाउने भनिएपनि कुन मन्त्रालय दिने भन्ने अहिलेसम्म टुंगो लागेको छैन। शुक्रबार दिउँसो चारबजे सपथको तयारी छ।

यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई मन्त्री बनाएका थिए। तिवारी र सिम्खडालाई विना विभागीय मन्त्री बनाइएको थियो।

श्रोतका अनुसार खासमा मुख्यमन्त्री पाण्डेले मनांगेलाई मन्त्री बनाउन चाहेका थिएनन, तर, गठबन्धन गरेका दलका कारण मनांगेलाई मन्त्री बनाउन मुख्यमन्त्री निकै नै दवावमा छन। ‘मुख्यमन्त्रीको चाहना मनांगेलाई मन्त्री बनाउने थिएन, तर, गठबन्धन गरेको दलका कारण पनि बाध्य भएका हुन्,’ श्रोतले भन्यो । मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका मनांगे गण्डकी प्रदेश सरकारको चौथोपटक मन्त्री बन्न पाएका छन्।  

यसअघि आफ्नो सरकार टिकाउनका लागि तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनांगेलाई मन्त्री बनाएका थिए। त्यसपछि कृष्णचन्द्र पोखरेल नेपालीको पालामा पनि उनी मन्त्री बनेका थिए। मनांगेले यसअघि खेलकुद मन्त्रालय सम्हाल्दै आएका थिए।  
अर्को समाचार
गण्डकीका मुख्यमन्त्री पाण्डेले दीपक मनांगेलाई हटाएर तनहुँका जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै
२९ वैशाख २०८०
•
१ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री पाण्डेले दीपक मनांगेलाई हटाएर तनहुँका जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै
राजीव गुरुङ (दीपक मनांगे) को मन्त्री यात्रा अन्तिम समयमा रोकिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्ने क्रममा मनांगे पनि मन्त्री बन्ने तयारी भएको चर्चा चलेको थियो। तर, अन्तिम समयमा मनांगेको मन्त्री बन्ने यात्रा रोकिएको छ।  




श्रोतका अनुसार मनांगेको ठाउँमा तनहुँ २ (ख)बाट विजेता जीतप्रकाश आले मन्त्री बन्ने भएका छन्। ‘खासमा मनांगेलाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री पाण्डेको थिएन। तर, बाहिरी हल्ला मात्र भएको हो । मुख्यमन्त्रीले मनांगेलाई मन्त्री बनाउने लिष्टमा राखेकै थिएनन,’ श्रोतले भन्यो, ‘गठबन्धनका कारण मुख्यमन्त्रीलाई दवाव नभएको होइन, तर, अन्तिम समयमा मनांगेको नाम काटिएको हो।’

शुक्रबार चारजना मन्त्री थप्ने तयारी भएसँगै गण्डकीमा सात सदस्यीय मन्त्रीपरिषद् बन्ने भएको छ। थपिने अरु मन्त्रीहरुमा कांग्रेसबाट बागलुङका दीपेन्द्र थापा, नवलपुरका महेन्द्रध्वज जिसी रहेका छन्। त्यस्तै माओवादीबाट रेशम जुग्जाली पनि मन्त्री बन्नेछन।  यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई मन्त्री बनाएका थिए । तिवारी र सिम्खडालाई विना विभागीय मन्त्री बनाइएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस