नागरिकता विधेयकमा राष्ट्रपतिको चासो
२६ वैशाख २०८०
•
३ मिनेट पाठ
नागरिकता विधेयकमा राष्ट्रपतिको चासो
सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघिको संसद्ले पठाएको नागरिकतासम्बन्धी विधेयक संसद्मै फिर्ता गरी दोस्रोपटक पनि प्रमाणीकरण गरेकी थिइनन्। सो विधेयक प्रमाणीकरण गरेर पठाउन मिल्छ कि मिल्दैन भनी राष्ट्रपति पौडेलले कानुनी परामर्श लिएका हुन्।




नागरिकतामाथि इतिहासले छोडेको प्रश्न र वर्तमानले उब्जाएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने तर्कसहित प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। तीन वर्षदेखि संघीय संसद्मा विचाराधीन नागरिकता विधेयक पारित भएर २०७९ साउनमा राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुगेको थियो।  

राष्ट्रपति पौडेलले आइतबार महान्यायाधिवक्ता दिनमणि पोखरेलसँग कानुनी परामर्श गरेका थिए। महान्यायाधिवक्ता पोखरेलले भने आफूहरू अध्ययन गरेर आइतबारै रायसुझाव दिने बताएका थिए। तर महान्यायाधिवक्ता पोखरेलले यस विषयमा ‘आफूले पनि अध्ययन गरिरहेको र प्रधानमन्त्रीसँग छलफल गर्न समय नपाएको’भन्दै सोमबार मात्र राष्ट्रपतिकहाँ जानकारी पठाएका थिए।  

राष्ट्रपति पौडेलले सोमबार नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशंकर निरौलासँग कानुनी परामर्श गरेका छन्। पुरानो संसद्ले पठाएको नागरिकता विधेयक नयाँ प्रतिनिधिसभा आइसकेका बेला अब नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गरे के होला भन्ने राष्ट्रपतिको चासो थियो। राष्ट्रपतिले अन्य विभिन्न देशमा भएका अभ्यासका विषयमा पनि अध्ययन गर्नुपर्ने बताएका थिए। राष्ट्रपतिले ‘त्यही विधेयक प्रमाणीकरण गर्न मिल्ने भए कसरी मिल्छ? मिल्दैन भने किन?’ भन्ने राय मागेका थिए। कतिपयले विधेयकको औचित्य समाप्त भइसकेको बताएका छन् भने कतिपयले ‘होल्ड’ भएर बसेको विषयलाई १५ दिनको समयसीमा नचाहिने तर्क पनि गरेका छन्। कतिपयले प्रतिनिधिसभा र राष्ट्रियसभा जनप्रतिनिधिको सर्वोच्च निकाय भएकाले त्यही विधेयक प्रमाणीकरण गरेर पठाउनुपर्ने पनि सुझाव दिएका छन्।

संघीय संसद्ले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बल्ल कानुनका रूप लिने संवैधानिक व्यवस्था छ। संविधानअनुसार राष्ट्रपतिले संघीय संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयकमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। दोस्रोपटक पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे के गर्ने भन्ने संविधानमा स्पष्ट व्यवस्था छैन। दोस्रोपटक राष्ट्रपतिसमक्ष विधेयक पुगेमा त्यसमा प्रमाणीकरणको विकल्प छैन। तर राष्ट्रपतिले प्रमाणीकरण नगरेमा के गर्ने भन्ने विकल्प पनि संविधानले परिकल्पना गरेको छैन। पूर्वराष्ट्रपति भण्डारीले संसद्बाट गएको विधेयक प्रमाणीकरण गरिनन्। संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरणको व्यवस्था गरिएको छ।

यस्तो छ राष्ट्रपतिको चासो  

राष्ट्रपति पौडेलले नेपाल बार र सर्वोच्च बारका अध्यक्षसँग ‘राष्ट्रपतिसमक्ष आएको नागरिकता विधेयकको संवैधानिक अस्तित्व के हो?, दुई÷दुईपटक सम्प्रभु संसद्बाट पारित भई आएको नागरिकता विधेयक म्यादभित्र प्रमाणीकरण नभएपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन?’भन्ने प्रश्न गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले ‘नागरिकता विधेयक ब्युँतिने हो भने त्यसको संवैधानिक व्यवस्था के हो? प्रमाणीकरण नभई बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार क्रियाशील हुन्छ?’ भनेर चासो राखेका थिए। विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्थाअनुसार गर्न सकिन्छ भन्ने चासो राख्दै राष्ट्रपति पौडेललाई उद्धृत गर्दै पोखरेलले भने, ‘यदि संविधानमा कुनै कुरा स्पष्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार के÷के गर्दा हुने हो गर्नुपर्छ।’
अर्को समाचार
राष्ट्रपतिको चासो सम्बोधन नगरी नागरिकता विधेयक पारित
०३ भदौ २०७९
•
६ मिनेट पाठ
राष्ट्रपतिको चासो सम्बोधन नगरी नागरिकता विधेयक पारित
नागरिकता विधेयक पारित गर्न बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत।
राष्ट्रपति विद्यादेवी भण्डारीको चासो सम्बोधन नगरी प्रतिनिधिसभाले बिहीबार नागरिकता विधेयक पारित गरेको छ। यसअघि संघीय ससद्का दुवै सदनले पारित गरेको विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो। राष्ट्रपतिले सन्देशसहित पुनर्विचार गर्न भन्दै विधेयक फिर्ता पठाएकी थिइन्। तर प्रतिनिधिसभाले राष्ट्रपतिको चासो सम्बोधन नगरी विधेयक हुबहु पारित गरेको हो।




प्रतिनिधिसभामा विधेयकमा मतदान हुँदा पक्षमा १ सय ३५ र विपक्षमा ६० मत परेको थियो। मत दिन्नँ भन्ने प्रस्तावको पक्षमा शून्य मत परेको थियो। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २ सय ७१ सदस्य छन्। यस आधारमा प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३६ सांसदको मत चाहिन्छ। तर सभामुख अग्निप्रसाद सापकोटाले सदनमा उपस्थित सांसदको बहुमत विधेयकका पक्षमा भएको भन्दै पारित भएको घोषणा गरेका हुन्।

पहिला साउन ६ गते प्रतिनिधिसभाले ध्वनि मतबाट विधेयक पारित गरे पनि बिहीबार भने मत विभाजन गरिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकताजस्तो संवेदनशील विषयमा मतविभाजन गर्नुपर्ने माग गरेका थिए। प्रमुख प्रतिपक्षी एमालेबाट यस्तो माग आएपछि सभामुख सापकोटाले मतविभाजन प्रक्रिया अघि बढाएका थिए।  

बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको थियो। प्रस्तुत विधेयकमा छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ गृहमन्त्री बालकृष्ण खाणले दिएका थिए। गृहमन्त्रीले जवाफ दिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा राखेका थिए। विधेयकमाथि सदनमा छलफल हुँदा ८२ सांसदले बोलेका थिए। गृहमन्त्री खाँणले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयक पारित गर्न आग्रह गरेका थिए।

उनले सदनमा उठेका अन्य विषयलाई पुनः सहमति गरेर ल्याउन सकिने बताए। यसअघि प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित नागरिकता विधेयक १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपतिले प्रतिनिधिसभामार्फत संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठवटा बुँदामा सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन्।

तर पाँचदलीय सत्ता गठबन्धनले राष्ट्रपतिले सन्देश र ध्यानाकर्षणसहित पठाएका बुँदा सम्बोधन नगरी जस्ताको तस्तै विधेयक पारित गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा सत्तापक्षका सांसदले पुनर्विचार नगरीकन विधेयक पारित गरेका हुन्। यो विधेयकलाई अब राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइनेछ।

विधेयकमा मतदान हुँदा पक्षमा १ सय ३५ र विपक्षमा ६० मत परेको थियो। पहिला साउन ६ गते प्रतिनिधिसभाले ध्वनि मतबाट विधेयक पारित गरे पनि बिहीबार भने एमालेको मागअनुसार मत विभाजन गरियो। 
विधेयकलाई प्रतिनिधिसभाले समितिमा पठाएर पनि छलफल र सहमति जुटाउन सक्थ्यो तर पाँचदलीय सत्ता गठबन्धन दलको निर्णयका आधारमा सिधै पारितका लागि बैठकमा प्रस्ताव गरिएको हो। राष्ट्रपतिबाट फिर्ता विधेयकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३६ को उपनियम २ मा दुईवटा प्रस्ताव राख्न सकिने व्यवस्था छ।

नागरिकता विधेयक खारेजीको माग गर्दै बिहीबार नेपाल मजदुर किसान पार्टीले राजधानीमा गरेको सभा। तस्बिरःप्रसन गुरुङ/नागरिक
पहिलो– पुनर्विचार गरियोस् भन्दै विधेयकलाई सिधै प्रतिनिधिसभा बैठकमा प्रस्ताव गर्ने र दोस्रो– पुनर्विचारका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्न सकिने व्यवस्था छ। तर विधेयक प्रस्तुतकर्ता गृहमन्त्री खाँणले विधेयकलाई पुनर्विचार गरियोस् भन्दै प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका थिए। प्रतिनिधिसभा बैठकमा एमाले सांसद भीम रावलले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई संसदीय समितिमा नलगीकन सिधै सदनमा प्रस्तुत गर्नु लोकतान्त्रिक अभ्यास नभएको बताए।

उनले पाँचदलीय सत्ता गठबन्धनको बलमा काम गर्ने हो भने किन राजतन्त्र फ्याँकेको भन्ने प्रश्नसमेत गरे। एमालेका अर्का सांसद प्रदीप ज्ञवालीले संसदीय व्यवस्थाको हिमायती भन्ने दलले बन्द कोठामा बसेर संसद्को अधिकार संकुचन गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरे। उनले प्रतिनिधिसभा नियमावलीको नियम १३६ बमोजिमको विधेयकलाई संसदीय समितिमा पठाइनुपर्ने बताए। उनले नागरिकता विधेयकलाई राष्ट्रिय सहमति जुटाएर अघि बढाउनुपर्ने बताए।

एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले पनि राष्ट्रिय सहमति कायम गरेर विधेयकलाई अघि बढाउनुपर्ने बताइन्। एमाले सांसद कृष्णभक्त पोखरेलले अध्यादेश फिर्ता गर्ने अधिकार राष्ट्रपतिसमक्ष नभएको बताए। उनले विधेयक मात्र फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई भएकाले यो विधेयक फिर्ता भएको भन्दै यसमा गम्भीर छलफल गरी सहमति जुटाउनुपर्ने बताए। पाँचदलीय गठबन्धनका अधिकांश सांसदले विधेयकलाई जस्ताको तस्तै पारित गरी राष्ट्रपतिसमक्ष पठाउनुपर्ने बताएका थिए।

राष्ट्रपतिले २०३२ सालमा तत्कालीन संविधान संशोधन गर्दा वंशज र जन्मसिद्ध नागरिकताका प्रावधान यथावत् राखी कुनै विदेशी व्यक्तिले रीतपूर्वक प्राप्त गर्न सक्ने नेपालको अंगीकृत नागरिकताका सम्बन्धमा नयाँ व्यवस्था लागू भएको कुरा सन्देशमा उठाएकी थिइन्। यसबमोजिम नेपाली उत्पत्तिको व्यक्तिको हकमा दुई वर्ष, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी स्वास्नी मानिसको हकमा कम्तीमा पाँच वर्ष र सोबाहेक अरूका हकमा कम्तीमा १५ वर्षको अवधिसम्म नेपालमा बसोबास गरेको सर्त पूरा भएपछि अंगीकृत नागरिकता प्राप्त हुन सक्ने प्रावधान कायम गराइएको थियो।

राष्ट्रपतिले २०३२ सालमा लागु गरिएको व्यवस्था लामो समय कायम रहन नसकेको देखिनुका पछाडिका कारणबारे पनि अध्ययन गर्नुपर्ने उल्लेख गरेकी थिइन्। अंगीकृत नागरिकताको सवालमा विश्वका विभिन्न मुलुकको व्यवस्था तथा असल अभ्यासको अध्ययन र अवलोकन गरी त्यसलाई हाम्रो मुलुकको सापेक्षता सम्बोधन हुनेगरी हुनुपर्ने पनि उनले सन्देशमा उल्लेख गरेकी थिइन्। 

संविधानसभाबाट नयाँ संविधान जारी भएको अवस्थासमेतलाई विचार गर्दै २०७५ सालमा प्रतिनिधिसभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरी राज्य व्यवस्था तथा सुशासन समितिबाट २२ महिना लगाएर प्रतिवेदन सदनमा पेस भएको अवस्था रहेकाले यो विषयलाई पनि समेट्नुपर्ने राष्ट्रपतिको सन्देश थियो। नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जेठ ९ गते जारी भएको कुरालाई पनि राष्ट्रपतिले उल्लेख गरेकी थिइन्।

उनले मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधानमन्त्रीद्वारा सिफारिस गरिएको कुनै पनि अध्यादेशको औचित्य केवल जननिर्वाचित संसद्बाट मात्र परीक्षण हुन सक्छ भनेर संसद्ले अध्यादेश फेल गराउन सक्ने कुरा उल्लेख गरेकी थिइन्। नागरिकतालाई लैगिक समानताको दृष्टिकोणबाट हेर्नुपर्ने, आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्नु आमा र सन्तान दुवैको नैसर्गिक अधिकार हो भन्दै मौलिक हक, गोपनीयता, निजी जीवन, आत्मसम्मान र गरिमा संविधानबमोजिम सुरक्षित गरिनुपर्छ भन्ने कुरा पनि राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी थिइन्।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरे त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरे त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस