अर्थमन्त्री डा.प्रकाशशरण महत अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भइरहेको बेला मन्त्री बाहिरिएपछि बैठक स्थगित भएको हो।
छलफल चलिरहेको बेला प्रमुख प्रतिपक्षी दलले अर्थमन्त्री डा. रामशरण महतको खोजी गरेका थिए। बैठक संचालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले मन्त्री आउँदै गरेको जानकारी गराएकि थिइन्। तर मन्त्री नआएपछि प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरूले उभिएर विरोध जनाए।
एमालेका सांसद् रघुजी पन्तले मन्त्री नभइकन बैठक चलाउन नमिल्ने भन्दै बरु बैठक स्थगित गर्न सुझाव दिएका थिए। मन्त्रीलाई पाँच मिनेटसम्म कुर्दा नआएपछि सभामुखले बैठकमा स्थगित गराएका हुन्। उपसभामुखले मन्त्री कुरेर बसिरहेको बेला सभामुख आएर प्राविधिक कारण देखाउँदै बैठक स्थगित भएको जनाएका थिए। उनले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका थिए।