मतगणनाको लागि बारा क्षेत्र नं २ मा सर्वदलीय बैठक बस्ने तयारी भएको छ।सर्वदलीय बैठकले मतगणनाको कार्यविधि बनाउने तयारी गरिरहेको बुझिएको छ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले सर्वदलीय बैठकपछि बिहान ९ वा १० बजेदेखि मतगणना सुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन।
बारा २ बाट सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल लगायतका ३४ उम्मेदवार रहेका छन् ।बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
यो क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई ,सुवर्ण र देवताल गाउँपालिकाका ४४ वडा छन्।मतगणना बाराको सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ।