नेपालमा विदेशीले पार्टी खोलीसके: चित्र बहादुर केसी
०८ वैशाख २०८०
•
२ मिनेट पाठ
नेपालमा विदेशीले पार्टी खोलीसके: चित्र बहादुर केसी
राजमो अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता केसी।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा अन्तराष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोली सकेको उनले बताए।




राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै नेता केसीले नयाँ खोलिएका केही दल विदेशबाट परिचालित भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रती संकेत गर्दै उनले नेपालमा विदेशीहरुको प्रत्यक्ष संलग्नता रहेको बताए।

यधपी विदेशी चलखेल नेपालमा पहिल्यैदेखी रहेकाले नेपाललाई आत्मनिर्भर बन्न नदिने निति उनीहरुको रहेको बताए। ‘नेपालमा भारत र चिनको हस्तक्षेप पहिल्यै थियो,केसीले भने,‘अहिलेबाट अमेरिका पनि थपिएको छ।’ चिनलाई कमजोर गराउन अमेरिकाले नेपाललाई प्रयोग गरिरहेको उनको भनाइ छ। एमसिसी लगायतका परियोजना त्यसैको एउटा स्वरुप रहेको उनले बताए।

नयाँ दल बिदेशबाट संचालित रहेकाले उनीहरुले पनि नेपाललाई निकास दिन नसक्ने बताए। नेपालका गरिब नागरिकलाई विदेश पठाउने र यहाँ विदेशी एजेण्डा लागु गर्ने काम भइरहेको नेता केसीको तर्क छ। पुराना दल र नेताहरु पनि निजी स्वार्थमा चुर्लुम्म डुबेकाले देशको स्थिती भयावह भईसकेको उनले बताए। ‘नयाँहरु विदेशी ईशारामा काम गर्ने पुरानाहरु भ्रष्टाचारमा लिप्त छन्,उनले भने,‘अब नेपालको स्थिती के हुने हो ? सम्झदा पनि डर लाग्छ।’

नेपाली नागरिकले सरकार भएको अनुभुती गर्न नपाएको भन्दै उनले खेतबारी बाँझै राखेर, गाउँ रित्तै गराएर कुन समृद्धीको कल्पना गरेका छौं भन्ने प्रश्न उब्जिएको बताए। गाउँमा बुढाबुढीहरु मात्र रहेकाले युवायुवती सबै विदेश जाने होडबाजिमा रहेको बताए। नेपालमा भएका उद्योग, कलकारखाना ध्वस्त बनाएर युवायुवतीलाई विदेशमा श्रम बेच्न पठाएर नेपालमा सममृद्धी नआउने उनको भनाइ छ। 

नयाँ पिढी विदेशी मोहमा परेको भन्दै नेता केसीले नेपालमा बस्न अहिलेको पिढी अनिच्छुक देखिएको बताए। विगतमा बनेका कम्युनिष्ट वा कांग्रेसको सरकारले युवा पिढीलाई विदेशिन बाध्य पारेको उनले आरोप लगाए। ‘कसैले आशा जगाउन नसकेपछी अहिलेको पिढी सबै विदेश तिरै जान थाले,उनले भने,‘मेरै छोराहरुलाई मेलै रोक्न सिकन, अरुलाई झन् कसरी भनौं?’

संघियताले देशलाई झन् गाँजेको भन्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले तत्काल संघियताको विकल्पमा जानु पर्ने बताए। विदेशीले ल्याईदिएको संघियाता अहिले नेपालका लागी ‘भालुको कम्पारो’ भएको बताए। महंगो प्रणालीले गर्दा नै नेपालको अर्थव्यवस्था खस्केको उनले बताए।  
अर्को समाचार
दलहरुलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ: केसी
०७ माघ २०७९
•
१ मिनेट पाठ
दलहरुलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ: केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको बताएका छन्।  




शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उनले दलहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको र यसका लागि दलहरुबीच लडाईं हुने उनले बताए।

उनले भने, ‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ। कम्फर्टेबल सभामुख चाहिएको छ। त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ।’
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस