एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छः सांसद सिंह
०६ वैशाख २०८०
•
१ मिनेट पाठ
एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छः सांसद सिंह
प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन्।




बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताएका हुन्।

उनले देश दुर्घटनामा जानुमा चार/पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने बताए। उनले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडी बढाउनुको सट्टा पछाडी धकेलिएको बताए। हालसम्मका सत्ताले जानि जानि नागरिकता विधेयक पारित नगरेको पनि उनले बताए।

उनले भने, ‘सदनमा सभामुखमार्फत रुलिङ होस्। नागरिकता विधेयक पास हुनुपर्छ। म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा। त्यहाँ जानि जानि तत्कालिन सत्ताले नागरिकता विधेयक पास गर्न दिएन। आफ्नो सांसदहरुलाई अल्मल्याइ राख। त्यसमा कोही कसैसँग कम छैन। किनकी नागरिकता समस्या गरिवको छोराछोरीको छ। नागरिकता समस्या उसको छ जो सत्तामा छैन। त्यसकारणले एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ देश दुर्घटनातिर जाँदैछ। म बारम्बार भन्छु। मेरो भनाई गलत होस्। तर देशको दुर्घटना बचाउनुहुन्छ? त्यसको जिम्मेवार चार÷पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री हुनेछन् । यति म सदनमा मात्र होइन, संसारको अगाडी उभिएर भन्छु। किनकी ३० वर्षमा नेपाललाई अगाडी बढाउनुको सट्टामा पछाडी धकेलियो भागबन्डाका कारण। गरिवको छोराछोरी नागरिकता पाउनु हुँदैन।’

उनले नागरिकताको सवाल कुनै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे।  
अर्को समाचार
प्रचण्डलाई अमरेशको प्रश्न,‘तपाईँ र परिवारमाथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्रमाथि हमला?’
०४ पौष २०८०
•
१ मिनेट पाठ
प्रचण्डलाई अमरेशको प्रश्न,‘तपाईँ र परिवारमाथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्रमाथि हमला?’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार दिएको ‘गणतन्त्रमाथिको हमला’लाई लिएर सामाजिक सञ्जालमा तिखो व्यङ्ग गरेका छन्।




प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले यो विषयमा आफ्नो  परिवारका सदस्यलाई छोएको भन्दै समग्रमा यो  गणतन्त्र माथिको हमला भन्ने भावको अभिव्यक्ति दिएका थिए।

‘तपाईँ र तपाईँको परिवार माथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्र माथि हमला भयो भन्नुहुन्छ? सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘के गणतन्त्र तपाईँको परिवारले ल्याएको हो? के तपाईँको परिवारकै लागि गणतन्त्र आएको हो?’

उनले प्रधानमन्त्रीलाई व्यापारीसँग मात्रै उठबस गर्ने कि जनतासँग पनि उठबस गर्ने भन्दै प्रश्न तेर्साएका छन्। प्रधानमन्त्री दाहालले सुशासन समितिमा संलग्न रहेका व्यापारी सतीशलाल आचार्यसँग आफ्नो चिनजान रहेको स्वीकारेका छन्।

उनले आचार्यसँग आफ्नो मात्रै नभई, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि चिनजान रहेको बताएका हुन्। उनले आफू आचार्यको सिंगापुरस्थित घरमा दुई दिन बसेको पनि स्वीकारेका छन्। सांसद जिज्ञासामा दाहालले एनसेलको ८० प्रतिशत सेयर खरिदकर्ता आर्चायसँग आफ्नो राम्रो परिचय भएको बताएका हुन्।

उनको यही भनाइमा आधारित भएर सिंहले प्रश्न उठाएका हुन्। 'प्रधानमन्त्री ले सजिलै भन्नुभयो सतिशलाल आचार्यसँग मेरो लगायत शीर्ष नेताहरू को चिनजान छ, उठबस छ, सङगत छ तर शेयर किनबेच बारे थाहा थिएन,’ अमेरश लेख्छन्, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, किन व्यापारीसँग उठबस मात्रै? कहिले जाजरकोट रोल्पा हुम्ला का जनतासँग उठबस गर्नुभएको छ? कहिल्यै जनताको पीडा बुझ्न हुम्ला,जुम्ला,कालिकोट जानुभएको छ?’
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
यो पनि पढौँ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस