सुस्ताको समस्या समाधान गर्न सांसदको माग
०६ वैशाख २०८०
•
३ मिनेट पाठ
सुस्ताको समस्या समाधान गर्न सांसदको माग
प्रतिनिधिसभामा सांसदहरूले सुस्ताका समस्यादेखि नागरिकताको विषयसम्बन्धी समस्या समाधान गर्नुपर्ने र आर्थिक संकटका बेला किसानले पाउने सुविधालाई नियन्त्रण गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।




प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद विनोद चौधरीले सुस्तामा नेपाल–भारत सीमाक्षेत्रमा रहेको गण्डक नहरको संरचना ५०औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं  

परिवार र हजारौं बिघा खेत डुबानमा परेको बताए। ‘नेपाल–भारतबीच ५० वर्ष पुराना जीर्ण संरचना पुनर्निर्माण गर्नेबारे कुनै दुविधा छैन, एग्रिमेन्टहरू पटकपटक तयार पारिन्छन्,’सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यसले अत्यन्तै महत्वपूर्ण अजेन्डाको रूपमा प्रवेश पाओस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस्।’उनले सुस्ताको मात्र नभई कोसीको समस्या पनि समाधान गर्नुपर्ने बताए।

सांसद अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकताविहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताइन्। नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको बताइन्।  

सांसद वासुदेव घिमिरेले आर्थिक संकट टार्न खर्च कटौती माथिबाट हुनुपर्ने बताए। पहिला माथिबाट प्रधानमन्त्री, मन्त्री, संघका सांसद र प्रदेश सांसदको तलब कटौती गर्नुपर्ने बताए। यसबाट वार्षिक अर्बौं रूपैयाँ बचत हुने उनको भनाइ छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिवाटिकामा मिटरब्याजपीडितलाई सरकारले लाठी प्रहार भएको भन्दै विरोध गरे। ‘न्यायको माग गर्दै आएका मिटरब्याज पीडितलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको भन्दै उनले घटनाप्रति निन्दा र भत्र्सना गरेका हुन्। गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी माओवादी केन्द्र र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरूमाथि बर्बर आक्रमण हुनु दुःखद रहेको उनले बताए।  

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजपीडित र लघुवित्तपीडितमाथि गरिएको दमनबारे संसद्लार्ई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्। सांसद सुवालले भने, ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याजपीडित र इनरुवामा भेला भएका लघुवित्त ऋणपीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक् स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन हो,’ उनले भने। मिटरब्याजपीडित र लघुवित्तपीडितको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए। उनले भने, ‘जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्मा स्पष्ट गर्न लगाउनु आवश्यक छ। मिटरब्याज पीडित र लघुवित्त ऋणपीडित जनताको माग पूरा गर्न जरुरी छ।’सांसद अरूणकुमार चौधरीले सरकारले कृषिमा दिने अनुदान वास्तविक किसानले पाउन नसकेको बताए। उनले झोलामा खेती गर्नेहरूले मात्रै अनुदान पाइरहेको बताए।  

सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताको क्षेत्रमा मात्रै पुँजीगत बजेट विनियोजन गर्ने अभ्यासलाई तोड्नु पर्ने बताए। बजेट तर्जुमा गर्दा विगतको बजेटमा गरिएका गल्तीहरू सच्याएर अघि बढ्नुपर्ने बताए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरवलोकन गर्नुपर्ने बताएका छन्। उनले भू–उपयोग नीति, भूमि ऐन र वर्तमान गठन आदेशले खेतीयोग्य जमिन बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गरिँदा जनताले राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका छन्। यसको सरकारबाट पुनरवलोकन गरिनुपर्ने उनले बताए। उनले सरकारको यो नीति पुनरवलोकन गर्न माग गरे। सांसद केसीले सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि १० वर्षसम्म जग्गा विक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने बताए।
अर्को समाचार
ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई चौधरीको आग्रह
२८ फागुन २०८०
•
१ मिनेट पाठ
ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई चौधरीको आग्रह
नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गरेका छन्।




सोमवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गरेका हुन्। 

उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरुसँग छलफल गरे। सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए। उनले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे। उनले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न भएको बताए।

ठूला विकासका जनप्रतिनिधिहरुको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भुमिका रहेको उनले बताए। उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको उनको भनाइ छ। उनले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए। उनले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताए। जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको उनले बताए। 
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस