सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत
०१ वैशाख २०८०
•
४ मिनेट पाठ
सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत
खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले धोका दिएको जनमत पार्टीका नेताको बुझाइ छ।




यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय औपचारिक रूपमै गरेकाले जनमतका उम्मेदवारले गठबन्धनबाट सहयोग नपाउने भएका छन्।

यसबाट बारा २ मा सत्तारूढ गठबन्धनबाटै दुई उम्मेदवार मैदानमा छन्। सत्तारूढ गठबन्धनले यादवलाई जिताउन परिपत्र नै जारी गरेको छ। यसकारण जनमतका अध्यक्ष सिके राउत गठबन्धनसँग चिढिएका छन्।

चैतमा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पनि आफूहरूलाई गठबन्धनबाट धोका भएको जनमतका नेताहरूको निष्कर्ष छ। उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनमा रहेका दलले जसपाका उम्मेदवारलाई सहयोग गरेका थिए भने जनमतका उम्मेदवारले गठबन्धनमै रहेका दलहरूबाट सहयोग पाएका थिएनन्। जनमतका महासचिव चन्दन सिंहले पछिल्लो समय गठबन्धनबाट असहयोग हुँदै आएकाले उपनिर्वाचनपछि जनमत पार्टीले सत्तारूढ गठबन्धन छाड्ने संकेत गरे। ‘गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा वैशाख १० गतेलगत्तै पछि बैठक गरेर औपचारिक निर्णय गर्छौं,’ सिंहले भने, ‘गठबन्धनमा रहेका दलहरूको व्यवहारबाट हामी खुसी छैनौं।’

जनमत पार्टीका अर्का एक नेताले भने, ‘अहिलेकै अवस्थामा हामी गठबन्धनमा नरहने करिबकरिब निश्चित छ। नेपाली कांग्रेस, माओवादी केन्द्र केही लचिलो भए र हामीले मागेको मन्त्रालय दिन तयार भए भने त्यो बेग्लै कुरा हो,’ ती नेताले भने।

महासचिव सिंहले भने जनमत पार्टी पुनः खानेपानी मन्त्रालयमा नफर्किने प्रस्ट पारे। ‘हामीले खानेपानी मन्त्रालय छाडिसकेका छौं। किन फर्कने?’ उनले भने।

जनमतले उद्योग मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको थियो तर गठबन्धनमा रहेका दलहरूले जनमतलाई उद्योग मन्त्रालय दिन तयार भएनन्। त्यसलगत्तै खानेपानी मन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानले राजीनामा गरेका थिए।

‘हामीलाई उद्योग मन्त्रालय दिने सहमति भएको थियो तर अन्तिम समयमा धोका भयो,’ जनमत पार्टीका अर्का एक नेताले भने। ती नेताका अनुसार जनमतलाई उद्योग मन्त्रालय नदिनुमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको छ। सत्तारूढ गठबन्धनमा अहिले १० दल छन्। जनमत गठबन्धनबाट बाहिरियो भने सरकारलाई नौ दलको समर्थन हुनेछ।

यता उपनिर्वाचनमा यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच टक्कर बढ्दै गएको छ। चुनाव नजिकिँदै जाँदा जसपा र जनमत पार्टीका कार्यकर्ता अहिले एकअर्का पार्टीका उम्मेदवारको विरोधमा गालीगलौजमै उत्रिएका छन्। यादवलाई हराउन राउत केही दिनदेखि बारा २ मै ढुक्कसँग बसेका छन्। सार्वजनिक कार्यक्रममा उनले यादवको चर्को आलोचना गर्ने गरेका छन्।

यतिसम्म कि उनले यादवलाई फिरंगी उम्मेदवार भनी आलोचनासमेत गर्दै आएका छन्। यादवलाई सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र रनेकपा एसले साथ दिएका छन्। तरराउतले गठबन्धनलाई बेवास्ता गर्दै यादवको विरोधमा जनमतबाट उम्मेदवारी दिएका छन्।

यादव र राउतबीचको लडाइँमा तराई मधेसकेन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने यादवलाई खुलेर सघाउँदै आएको छ। लोसपाबाट बारा २ मा उम्मेदवारी दिने तयारी गरेका राजेन्द्र महतोले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए र यादवलाई सहयोग गर्ने घोषणा गरे।
 लोसपाले शुक्रबार यादवलाई जिताउन पार्टी कार्यकारिणी समितिका सदस्य जितेन्द्र सोनारलाई कमान्डर बनाएको छ। सोनारबाराकै हुन्। त्यसले त्यहाँको उनको प्रभाव छ। जबकि करिब एक महिनाअघि जनमत र लोसपाले कार्यगत एकता गर्ने सहमति गरेका थिए। सहमति गरेको एक महिना नबित्दै ती दुई पार्टीबीच कार्यगत एकता भंग भएको छ।

जसपाका प्रवक्ता मनीष सुुमनले जनमतका अध्यक्ष राउतले जसपा अध्यक्ष यादवसँग टकराव लिन खोजिरहेको बताउँदै भने, ‘उहाँले किन टक्करलिन खोज्दैै हुनुहुन्छ? हामीले बुझ्न सकेका छैनौं। सायद चर्चाका लागि हुन सक्छ।’

बारा २ मा यादव विजयी हुनेमा शंका नभएको बताउँदै उनले भने, ‘गठबन्धनमा रहेका दलहरूले हामीलाई सहयोग गरिरहेका छन् तर उहाँहरू (जनमतका नेताहरू) ले भने हाम्रो विरोधमा उम्मेदवारी दिनुभएको छ।’

जनमतबाट चुनाव जित्ने गरी बलियो उम्मेदवार नभएको उनको दाबी छ। यता जनमतका महासचिव चन्दन सिंहले बारा २ का जनताले उपेन्द्र यादवलाई हराउने र जनमत पार्टीका उम्मेदवार कुशवाहालाई विजयी गराउने ठोकुवा गरे। ‘बारा २ मा हामी विजयी हुने निश्चित छ। हामी जितको नजिक छौं,’ उनले भने।

यादव र राउतबीचको टकराव पहिलो पटक होइन। तरपछिल्लो समय टकराव झन् बढेको हो। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष राउतले जसपाका अध्यक्ष यादवलाई पराजित गरे।
यादवले सुरुमा सप्तरी २ मा उम्मेदवारी दिने घोषणा गरेका थिए। यादवले घोषणा गरिसकेपछि राउतले पनि सप्तरी २ मै उम्मेदवारी दिने बताएका थिए। चुनावमा राउत विजयी रयादव पराजित भए। पुनः प्रतिनिधिसभामा आउन यादवले बारा २ मा उम्मेदवारी दिएका हुन्। यसका लागि उनले बारा–२ बाट विजयी भएका रामसहाय यादवलाई राष्ट्रपति बनाए। उपनिर्वाचनमा चुनाव जित्न सबैभन्दा सजिलो क्षेत्र बारा २ रहेको विश्लेषण गर्दै उपेन्द्रले उपराष्ट्रपतिमा रामसहायलाई पठाएका हुन्।

तर यादवको प्रयासमा राउतले तगारो बन्ने प्रयास गर्दैछन्। यादवलाई हराउन राउतले केही समयअघि बारामा लोकप्रिय मानिएका माओवादीका नेता शिवचन्द्र कुशवाहलाई आफ्नो पार्टीमा ल्याएका थिए। उनै कुशवाहलाई राउतलाई बारा २ मा उम्मेदवार बनाएका छन्। त्यसैले यादवका लागि कुशवाह चुनौतीपूर्ण उम्मेदवार हुन्। यादव रराउतको टकराव चैत पहिलो साता सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि देखियो। उपराष्ट्रपतिको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध रहेका दलहरूले जसपाका उम्मेदवारलाई साथ दिए तरराउतले जसपाका उम्मेदवारलाई हराउन ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाए।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२२ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस