सभामुख र सत्तारुढ सांसदहरुबीच बढ्यो असमझदारीः सभामुखको अधिकार कटौतीमा लागि परे सांसदहरु
१३ चैत्र २०७९
•
६ मिनेट पाठ
सभामुख र सत्तारुढ सांसदहरुबीच बढ्यो असमझदारीः सभामुखको अधिकार कटौतीमा लागि परे सांसदहरु
सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकारलाई खुम्चाएर कार्यव्यवस्था परामर्श समितिलाई बलियो बनाउने गरी प्रतिनिधि सभा नियमावलीमा संशोधन दर्ता गराएका छन्।




नियमावलीमा १८ जना प्रतिनिधि सभा सदस्यहरुको संशोधन प्रस्ताव दर्ता भएको छ। सत्तारुढ दलका सांसदहरुले नियमावलीको नियम १३ मा टेकेर प्रतिनिधिसभाका सभामुखलाई नियन्त्रण गर्ने कोशिस गरेका हुन्।

दलका प्रमुख सचेतकसँग भएको सहमति विपरित सभामुख देवराज घिमिरेले आफुखुशी बैठकको मिति निर्धारण गरेपछि सभामुखको भुमिकाबाट सत्तारुढ दलका सांसदहरु  झस्किएका छन्। त्यसैले उनीहरु सभामुखको अधिकार कटौती गरेर कार्य व्यवस्था परामर्श समितिलाई अधिकारसम्पन्न बनाउन लागि परेका हुन।

उनीहरुले बैठकका एजेण्डा, मिति लगायतका सबै निर्णय कार्यव्यवस्था परामर्श समितिबाट गर्ने गराउने गरि संसोधन प्रस्ताव दर्ता गराएका हुन।

यसैबीच, प्रतिनिधि सभा नियमावलीको नियम १३ मा नै धेरै संशोधन राख्नुको ध्येय बारे सत्तारुढ दलका सांसदहरुसँग लिइएको धारणा यस प्रकार छः

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यव्यवस्था परामर्श समितिमा सहमति भए भन्दा बाहिर गएर सभामुख देवराज घिमिरेले बैठकको मिति तोक्ने गरकोमा असन्तुष्टि व्यक्त गरे। उनले सभामुखको भुमिकाप्रति आविश्वास व्यक्त गरे।
उनले भने, ‘यसबीचका केही कामहरु आलोच्य छन्। एउटा समय, दिन तय भयो। त्योभन्दा पहिले बोलाइयो। त्यो समय तय भयो त्यो भन्दा अझ पर धकेलियो। यसले आपसी विश्वास कायम रहँदैन। यस्ता कामले अविश्वास बढ्छ। अविश्वास सिर्जना हुने कुनैपनि काम गर्नुहुँदैन। नियमावलीमा के हुन्छ भन्ने कुरा छलफलबाट तय हुनेछ। यी सबै कुराहरुमा राम्रो छलफल, बहस, आलोचना वा रियलाइजेशनमा पुग्नुपर्ने आवश्यकता छ।’

त्यसैगरी नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सभामुखले सरकारलाई असहयोग गरेको गुनासो गरे। नियतवश सरकारलाई असहयोग गर्न थालेकाले अधिकार कटौति गर्नुपर्ने अवस्था श्रृजना भएको तर्क राखे।

उनले भने, ‘राजनीतिक दलहरुका बीचमा सहमति भइसके पछि त्यो सहमतिलाई जस्ताको त्यस्तै उहाँले कार्यान्वयन गर्नुपर्ने हो। तर पछिल्लो अवधिमा सभामुखको भुमिका कस्तो देखिँदैछ भने जति सक्दो सरकारलाई असहयोग गर्ने, सरकारले भनेको भन्दा अर्को मितिमा बैठक राख्ने। उहाँको नियत बेठिक भएको कारणले अधिकार कटौति गरेरै नियन्त्रण गर्नुपर्छ।’

नेकपा(माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखलाई अंकुश लगाउन नभई सभा सञ्चालनका क्रममा पर्नसक्ने समस्या समाधानका लागि कार्यव्यवस्था परामर्श समितिबाट नै विषयहरु अगाडी बढाउने किसिमको व्यवस्था गर्न खोजिएको बताए।

उनले भने, ‘कार्यव्यवस्था समितिको सल्लाह अनुसार सभामुखले काम गर्दा त राम्रो हुन्छ नि। सभामुखलाई एक्लै चलाउनु भन्दा भित्र आउने जटिलताहरु हल गर्नको निम्ति कार्यव्यवस्था समितिमा सहमति गराएर काम गर्दा त सम्पूर्ण सभालाई सहजीकरण गर्न सबै दललाई मिलाउन सजिलो होला। अंकुश लगाउन खोजेको होइन, झन सजिलो बनाउनको निम्ति हो। कहिलेकाहीँ घेराउ होला, झमेला होला, अपm्ठ्यारो होला, उहाँले आफैँ भ्याउन नसक्नुहोला त्यस्तो विशिष्ट परिस्थितिमा कार्यव्यवस्था समितिलाई अधिकार दिने, कार्यव्यवस्था समितिको सल्लाहमा सभामुखले काम गर्नेगरी नियमावलीमा त्यो कुरा राखियो भने सजिलो हुन्छ भनेर पो गरेको त।’
नियमावलि संशोधनकर्ता नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सदनलाई बलियो बनाउने नियमावलिको नियम १३ का केही व्यवस्थामा संशोधन राखिएको तर्क गरे।

उनले भने, ‘हामी सदनलाई बलियो बनाउन चाहन्छौँ। सभामुख बलियो हुँदा मात्रै संसद बलियो हुन्छ। सभामुख एक्लैले सबै सदस्यहरुलाई कोअर्डीनेशन गर्ने, कन्ट्रोल गर्ने भन्ने कुरा जटिल हुँदो रहेछ। प्रमुख सचेतकहरुमार्फत यो विषयलाई रुलिङ गर्दा, कोअर्डिनेशन गर्दा ज्यादा प्रभावकारी हुन्छ भन्ने छलफल भएको छ। अहिले पनि हामीले त्यसलाई संशोधन गरेरै जाउँ भन्ने कुरा प्रष्ट भाषामा राखेका छौँ। यसलाई संशोधन गर्नु र व्यवस्थित बनाउनु नै ज्यादा प्रभावकारी हुन्छ।’

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संशोधन प्रस्ताव दर्ता गर्न पाउने अधिकार सबै सांसदहरुसँग भएको भन्दै संशोधन प्रस्तावहरु सहमतीमै टुंगो लगाउने बताए।

उनले भने,‘प्रतिनिधि सभा सदस्यहरुको संशोधनमाथि आएको कुनैपनि विषय माथि, विधेयकमाथि, नियमावलीमाथि संशोधन हाल्ने प्रतिनिधि सभा सदस्यहरुको आफ्नो अधिकारको कुरा भयो। ज–जसले जसरी संशोधन हाल्नुभएको छ माननीय सदस्यहरुले त्यो छलफल हुन्छ। र हामी नियमावलीलाई सहमतिका आधारमा ल्यायौँ। सहमतिका आधारमा टुंग्याउँछौँ। प्रतिनिधि सभाका सदस्यहरुले संशोधन खुलेपछि आ–आफ्नो तरिकाले, आ–आफ्नो सोच अनुसार संशोधन विभिन्न आउँछन् । ति संशोधनहरुमा छलफल गर्दै जाँदा त्यसलाई टुंग्याउने क्रममा मैले भने सहमतिमा नियमावली पेश भएको छ, सहमतिमा आएका संशोधनहरुलाई मिलाएर टुंगो लगाउँछौँ ।’

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले सभामुखले विशेषाधिकार खोज्न नहुने बताए । सभामुखले ‘म संसदभन्दा माथि हुँ’ भन्ने सोच राख्न नहुने तर्क उनको थियो। उनले भेन, ‘सभामुखले मलाई विशेषअधिकार हुनुपर्छ। म संसदभन्दा माथि हुँ भन्ने सोच राख्नु हुँदैन । त्यही सिद्धान्तमा निर्देशित भएर अहिले के भएको छ भने कुनैपनि कुरालाई सहयोगिको भुमिका भएर कार्यव्यवस्थाले व्यवस्था गरेको छ। सहयोगिले सहयोग गर्ने कुरालाई उहाँले सेन्सर गरेको अर्थमा बुझ्नु हुँदैन।’
त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले कस्तो अधिकारहरु राख्दा र कटौति गर्दा राज्यलाई राम्रो हुन्छ सोही अनुसार गर्न छलफल आवश्यक रहेको धारणा राखिन। उनले भनिन, ‘के कस्तो गर्दा उचित हुन्छ भनेर सोचेर गर्नुपर्छ । कस्तो अधिकारहरु कटौती गर्दा राज्यलाई राम्रो हुन्छ भन्ने छलफलको आवश्यक छ ।’

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नियमावलीमा ६५ वटा संशोधनहरु परेको र छलफलका लागि सभामुखले स्वीकृत पनि गरिसकेको जानकारी दिए।

नियमावलीको  नियम १३ मा ‘कार्यव्यवस्था परामर्श समिति’ सम्बन्धी व्यवस्था गरिएको छ । सो नियमको उपनियम १ मा ‘बठैकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह¥याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा पदेन सदस्य बाहके बढीमा एक्काइस जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ ।’ भनि व्यवस्था गरिएको छ ।  

त्यसैगरी उपनियम २ मा  ‘उपसभामुख र संसदीय मामिला मन्त्री समितिको क्रमशः पदेन उपाध्यक्ष तथा सदस्य हुनेछन् ।’ भनि उल्लेख गरिएको छ । यसै नियमको उपनियम ३ मा ‘उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न सक्नेछ ।’  भनिएको छ ।  
सत्तारुढ दलका सांसदहरुले यस नियममा संशोधन हाल्दै सभामुखले गर्ने भनि उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी मात्र गर्नुपर्नेछ भनि उपनियम थप गर्न माग गरेका हुन्। अर्थात् सभामुखले गर्ने भनिएको सबै काम कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरित गर्न पाउने छैनन्।  

यस बुँदामा संशोधन परेसँगै सभामुखको अधिकार कटौति हुन लागेको चर्चा, परिचर्चाहरु हुन थालेका हुन्। यस बुँदामा संशोधन हाल्नेहरुमा सत्तारुढ दलका प्रतिनिधि सभा सदस्यहरु राजेन्द्रकुमार केसी, सञ्जयकुमार गौतम, रामहरी खतिवडा, अम्मर बहादुर थापा, भानुभक्त जोशी, रेखा यादव र माधव सापकोटा छन्।

नेकपा एमालेका सांसद दामोदर पौडेलले बैठकमा प्रस्तुत हुने एजेण्डा र समयबारे सभामुखले परामर्श लिन नपर्ने व्यवस्था गर्नुपर्ने भन्दै नियमावलिको नियम १३ माथि नै संसोधन राखेका छन्।  
अर्को समाचार
प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख घिमिरे
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन्।




प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएको सम्बन्धमा उनले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस