नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वमा बनेको कोसी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनाएको छ। माओवादी केन्द्र कोसी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जानकारी गराएका हुन्।
आङ्बोले भने, ‘अन्य प्रदेशको जस्तो अवस्था कोसीमा नरहेका कारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिँदैनौं।’ उनले कोसी प्रदेशमा मध्यावधि निर्वाचन हुने र सभामुखले राजीनामा दिने हल्ला सत्य नभएको दाबी गर्दै तत्काल सरकार परिवर्तन नहुने बताए।