सुरु भयो दलहरूबिच भागबण्डा किचलोः सबैलाई चाहियो मागेकै मन्त्रालय र संख्या
१० चैत्र २०७९
•
४ मिनेट पाठ
सुरु भयो दलहरूबिच भागबण्डा किचलोः सबैलाई चाहियो मागेकै मन्त्रालय र संख्या
सत्ता साझेदार दलहरूबिच मन्त्रालयको भागबण्डामा किचलो सुरु भएको छ। काँग्रेसको इतर पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सम्मानजनक सहभागिता खोजिरहेको छ। यही निष्कर्षका साथ नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेको छ। 




सत्ता गठबन्धनमा रहेको अर्को घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि रोजेको मन्त्रालय र संख्या पाउनुपर्ने अडान राखिरहेको छ। यीनै दबाब र अडानबिच संघ र प्रदेश सरकारमा सहमति गर्दै मन्त्रिपरिषद् विस्तार गर्न सत्ता साझेदार चार दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन्। तर उनीहरूबीच सहमति जुट्न सकेको छैन। 

काँग्रेसले राष्ट्रपति, माओवादी केन्द्रले प्रधानमन्त्री, जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति पाइसकेको जनाउँदै नेकपा एसले मन्त्रालय रोज्ने पालो आफ्नो भएको बताउँदै आएको छ। 
नेकपा एसले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गर्दै आएको छ। साथै कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने उक्त पार्टीको अडान छ। काँग्रेस र माओवादी भने नेकपा एसलाई दुई मन्त्रालयमा मनाउने तयारीमा छन्। संघ र प्रदेश सरकार प्याकेजमै सहमति गर्ने गृहकार्यमा प्रमुख चार दलका शीर्ष नेता जुटेका छन्। 

तर दलीय सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने देखिएको छ। ‘शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको चाहना थियो,’ निकट स्रोतले भन्यो, ‘अर्को शुक्रबार पो पुग्लाजस्तो देखिएको छ।’ प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए।  

उता काँग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिएका छन्। नेता शेखर कोइरालाले बिहीबार आफ्नो सम्पर्क कार्यालयमा निकट सांसदहरूसँगको छलफलमा सभापति शेरबहादुर देउवासँग सरकारमा सहभागिताको विषयमा छलफल नभएको बताएका छन्। 
गठबन्धन दलहरूबिच मन्त्रालयको संख्यामा सहमति भएसँगै सभापति देउवासँग कुरा गर्ने आश्वासन दिँदै कोइरालाले सम्मानजनक सहभागिताका लागि आफूले पहल लिने बताएका छन्। सरकारमा सहभागिता आगामी पाँच वर्षमा पटक पटक हुने अवसर आउने आलोपालोमा धेरै सांसद मन्त्री बन्ने अवस्था आउने भन्दै निकट सांसदहरूलाई भनेका थिए, ‘अहिले पालो नआए अर्कोपल्ट आउँछ।’  

उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा उपस्थित नरहेको सो भेलामा संघीय सांसद नभए पनि नेताहरू बलबहादुर केसी, मीनेन्द्र रिजाल र अमरसिंह पुन सहभागी थिए। भेलामा सहभागी कोइरालानिकट सांसदहरू सबैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा सहभागी हुन आकांक्षा राखेका थिए। दाहाल नेतृत्वको सरकारमा बढीमा आठ मन्त्रालय काँग्रेसको भागमा पर्ने नेताहरूको बुझाइ छ। तीमध्ये दुई मन्त्रालय आफूहरूले पाउने कोइरालानिकट नेताहरू बताउँछन्। त्यसमा उपसभापति गुरुङलाई कोइराला पक्षले पठाउने तयारी गरेको स्रोतको दाबी छ। तर सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि टुंगो नहुँदा उपसभापतिसमेत रहेका गुरुङलाई सहभागिताका विषयमा नैतिक प्रश्न आउन सक्ने बताइएको छ।

त्यस्तै सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार पनि सरकारमा सहभागी हुन लागिपरेका छन्। पाण्डे बाजुराबाट निर्वाचित भएका हुन् भने परियार समानुपातिक सांसद हुन्। दाहाल नेतृत्वको सरकारमा समानुपातिकतर्फका सांसदलाई पठाउन नहुने नेताहरूले जोड दिँदै आएका छन्। नेता कोइरालाले डिकबहादुर लिम्बूलाई पनि सरकारमा पठाउन खोजेको बताइएको छ। रामनाथ अधिकारी, हृदयराम थानी, दीपक गिरी, सञ्जय गौतम, अर्जुननरसिंह केसी, सन्तोष चालिसे, राजेन्द्र केसीसहितका सांसदहरू पनि मन्त्री बन्न लालायित छन्।  
इतर पक्षसँग छलफल नै नगरी सभापति देउवाले कोइरालानिकट सांसदहरूलाई सरकारमा सहभागी गराउने त होइन भन्नेमा उनीहरू सशंकित छन्। ‘सभापतिले अहिलेसम्म केही कुरा गर्नुभएको छैन,’ कोइरालानिकट एक नेताले भने, ‘हामीसँग कुरै नगरी हाम्रा साथीहरूलाई सरकारमा सहभागी गराएर अप्ठेरोमा पार्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ।’

काँग्रेस कति मन्त्रालयसहित सरकारमा सहभागी हुने भन्ने निश्चित नभएको बताउँदै एक पदाधिकारीले जानकारी दिँदै भने, ‘पार्टीभित्रका विभिन्न पक्ष (समूह) लाई समेटेर अघि बढ्नुपर्ने चुनौती पनि छ।’  

सभापति देउवानिकट मात्र नभएर पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला पक्षलाई पनि समेट्नुपर्ने बाध्यता काँग्रेसभित्र रहेको ती पदाधिकारीको दाबी छ। उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व नगरेको अवस्थामा सिंहले काँग्रेसको नेतृत्व गर्ने निकटहरूको दाबी छ। 
पूर्व सहमहामन्त्री प्रकाश शरण महत पनि पार्टी नेतृत्व गरेर सरकारमा सहभागी हुन लागिपरेका छन्। महामन्त्री थापाले आफू सरकारमा सहभागी नहुने बताउँदै आएका छन्। तर उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गर्ने मौका पाए थापा पनि सहभागी हुन चाहेको स्रोतको दाबी छ।  

त्यस्तै सभापति देउवानिकट नेताहरू एनपी साउद, सीता गुरुङ, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, अजय चौरसिया, रमेश रिजाल, किशोरसिंह राठोर, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, सभापति देउवा पत्नी आरजु राणा, ईश्वरी न्यौपाने, विनोद चौधरीसहितका मन्त्रीका आकांक्षी छन्। प्रदीप पौडेल, दीपक खड्का, तेजुलाल चौधरीसहितका सांसद पनि मन्त्री बन्न लागिपरेका छन्।
अर्को समाचार
मिल्लान् त कांग्रेस–एमाले ?
२४ वैशाख २०८१
•
३ मिनेट पाठ
मिल्लान् त कांग्रेस–एमाले ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार सत्ता साझेदार दलहरूकै कारण अप्ठेरोमा परेको छ। दुई महिनाअघि नयाँ समीकरण बनाएका दाहाल सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाटै अप्ठेरोमा परेका हुन्।




सत्तामै रहेका दलहरूले दाहालको विकल्पमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफल अघि बढाइरहेका बेला उपप्रधान तथा स्वास्थ्यमन्त्रीसहित सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित हुन पुगेको छ।

जसपा नेपाल विभाजनसँगै तत्काल नेकपा एसका अध्यक्ष नेपालको नेतृत्वमा नयाँ सरकार गठनको सम्भावना न्यून हुन पुगेको छ। तत्काल नेपाल नेतृत्वमा नयाँ सरकारको सम्भावना न्यून रहे पनि दलहरूले दाहाल नेतृत्वको बदलामा नयाँ सरकार बनाउन अन्य विकल्पमा छलफल अघि बढाएका छन्।  

२०७९ मंसिरमा भएको निर्वाचनमा तालमेल गरेका दलहरू फेरि एक ठाउँमा उभिने गरी माओवादी केन्द्र, नेपाली कांग्रेससहितका नेताहरू छलफलमा जुटेका छन्। नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्रीमा अघि सारेर पुरानो गठबन्धन फर्काउने गरी माओवादीका केही नेताले कांग्रेस सहितका दलसँग छलफल गरिरहेको स्रोतको दाबी छ।

तर दाहाललाई अहिले नै विश्वास गर्न सकिने अवस्था नरहेको कांग्रेसका एक नेताको दाबी छ। नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्ने विषयमा पनि कुरा भइरहेको जानकारी दिँदै ती नेताले भने, ‘नयाँ सरकार गठनका विभिन्न विकल्पमा छलफल चलिरहेको छ।’

माओवादीका केही नेताले सत्ता साझेदार एमालेसँग काम गर्न समस्या भएको बताउँदै आएको कांग्रेस नेताहरूको दाबी छ। अहिले सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीचको टकरावले पनि समस्या आएको माओवादी नेताहरूको विश्लेषण छ।

अर्को सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका छन्। सहकारी ठगीका विषयमा कांग्रेसले संसदीय छानिबिन समिति गठनको माग गर्दै आएको छ।

कांग्रेसले मागअनुसार समिति गठन नभए संघीय संसद्को बजेट अधिवेशनअन्तर्गतका बैठक सञ्चालन हुन नदिने बताउँदै आएको छ। कांग्रेस मागअनुसार संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली अहिले सकारात्मक देखिएका छन्। संघीय संसद्को अधिवेशन सुरु भएलगत्तै प्रमुख विपक्षी कांग्रेसको मागअनुसार सहकारी ठगीमा संसदीय छाबिन समिति गठन गर्ने एमाले र माओवादीको तयारी छ।

प्रधानमन्त्री दाहालले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्ने संकेत दिइसकेका छन्। कांग्रेस मागअनुसार संसदीय समिति गठन भए रास्वपाले सरकार छाड्ने भनेको छ। संसदीय छानबिन समिति गठन भएमा र संघीय प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपा पुरानै अडानमा कायमै रहे दाहाल नेतृत्व सरकार बजेट आउनुभन्दा अघि नै अप्ठेरोमा पर्ने स्रोतको दाबी छ।

दाहाल नेतृत्वको सरकारको विषयलाई लिएर जसपा विभाजन प्रक्रियामा गइसकेको छ। नेपाल नेतृत्वको नेकपा एसमा पनि अहिलेको गठबन्धनप्रति एकमत छैन। त्यहाँभित्रको विवाद बढ्दै जाँदा नेकपा एस नै विभाजित हुनसक्ने विश्लेषण हुन थालेको छ।

सत्ता खिचातानी बढ्दै गएका बेला कांग्रेस र एमालेका नेताहरू भने दुई ठूला पार्टी मिलेर सरकार बनाउने कसरतमा जुटेका छन्। कांग्रेस नेता शेखर कोइरालाले एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन्। उनले एमाले अध्यक्ष ओलीसँग यस विषयमा पटकपटक छलफल पनि गरेका छन्।

निर्वाचन प्रणालीसहित संविधानका केही अन्य विषय संशोधन गर्नेगरी एमाले महासचिव शेखर पोखरेल, विष्णु रिमाललगायत र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेतका नेताहरू संवादमा रहेको स्रोतको दाबी छ। कांग्रेस एक नेताले भने, ‘दाहाल नेतृत्वको सरकारले बजेट ल्याए पनि पारित हुन मुस्किल देखिन्छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ।’

संविधान संशोधनसहितका विषयलाई अघि बढाउने गरी सरकार बनाउन दुई दलबीच सघन छलफल भइरहेको छ। एमाले नेकपा एसका अध्यक्ष नेपाललाई सरकारको नेतृत्वमा पुग्नबाट जसरी पनि रोक्नु पर्छ भन्नेमा छ।

ओलीले संसद्को रोस्ट्रमबाटै कांग्रेस सभापति देउवालाई संवादका लागि आग्रह गरेको सम्रण गर्दै माओवादीका एक नेताले भने, ‘अहिले सरकारमा नेकपा एसलाई सहभागी गराएकोमा ओलीलाई चित्त बुझेको छैन। सत्ता गठबन्धनमै रहेका नेताहरूलाई एकअर्काप्रति विश्वास र भरोसा छैन।’
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस