व्यक्तिगत स्वतन्त्रता र मौलिक हकमा हस्तक्षेप
०७ चैत्र २०७९
•
६ मिनेट पाठ
व्यक्तिगत स्वतन्त्रता र मौलिक हकमा हस्तक्षेप
सरकारले व्यक्तिगत स्वतन्त्रता र मौलिक हकमा आँच आउने गरी दूरसञ्चार ऐन संशोधन विधेयकको मस्यौदा तयार पारेको छ। दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९ मा व्यक्तिको कुराकानी रेकर्ड गर्ने र पहिचान खुल्ने विवरण उपलब्ध गराउने दफा राखेर व्यक्तिगत हकअधिकार, गोपनीयताको हक तथा संविधान प्रदत्त मौलिक हक हस्तक्षेप गर्ने र कुण्ठित पार्ने ऐनको मस्यौदा तयार पारेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदाको दफा ७७ को उपदफा १ र २ मा सो व्यवस्था गरी व्यक्तिको कुराकानी रेकर्ड गर्ने प्रावधान ल्याउन खोजेको छ।  




यसअघि पनि सरकारले यस्तै व्यवस्था गरेर ऐन ल्याउन खोजेको थियो। तर सञ्चारआबद्ध विभिन्न संघसंस्थाको विरोधका कारण सरकार पछि हटेको थियो। अहिले फेरि यसलाई कायम गरेर मस्यौदा तयार पारिएको छ। केही दिनअघि मात्रै तयार गरिएको सो मस्यौदामा उल्लेख भएअनुुसार जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नेलगायत पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरण रेकर्ड गर्न सकिने भनिएको छ। अवैधानिक रूपमा कुनै सुरक्षा अंगले फोन रेकर्ड गरेको गुनासो बेलाबेलामा आउने गरे गरे पनि यसरी कानुनमै व्यवस्था भने गरिएको थिएन।  

नेपालमा लागुऔषध र संगठित अपराधजस्ता सीमित प्रकृतिका केही कसुरजन्य घटनामा मात्रै कुराकानी रेकर्ड गर्न मिल्ने व्यवस्था छ। तर वैधानिक रूपमा कुनै पनि सुरक्षा अंगले फोन रेकर्ड गरेका छैनन्। कहिलेकाहीँ गृह मन्त्रालय र अनुसन्धानमा खटिएका प्रहरी अधिकारी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘कल डिटेल’हेर्ने, त्यसको सम्पर्क–सम्बन्ध विश्लेषण गर्नेबाहेकका कुराकानी रेकर्ड गर्ने काम भएको छैन। संविधान र अन्य कानुनअनुसार अहिलेसम्म कुनै पनि निकायले फोन रेकर्ड गर्ने, कुराकानी रेकर्ड गर्ने व्यवस्था छैन।  

राष्ट्रिय अनुसन्धान विभागले २०७७ पुसमा इजरायलबाट ३० करोड रूपैयाँभन्दा बढी पर्ने फोन ट्यापिङ मेसिन ल्याएको थियो। विभागलाई नागरिकका फोनसमेत ट्यापिङ गर्न पाउने गरी विशेष सेवा ऐनको विधेयक राष्ट्रियसभामा दर्ता गरिएलगत्तै त्यसको विरोध भएको थियो। त्यसपछि सरकारले व्यक्तिगत कुराकानी रेकर्ड गर्र्ने विषयमा कुरा उठाउन सकेको थिएन। अहिले सञ्चार मन्त्रालयले नै यसलाई वैधानिकता दिँदै विधेयकको मस्यौदा तयार पारेको हो। राष्ट्रिय अनुसन्धान विभागले प्रतिजासुसी संयन्त्र बलियो बनाउन पनि संदिग्ध व्यक्तिहरूका फोन ट्यापिङ गर्नुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनको समयमा ट्यापिङ पनि सुरु गरेको थियो। त्यस सम्बन्धमा समाचार आएपछि रोकिएको भए पनि सरकारले सञ्चार मन्त्रालयमार्फत यस्तो विधेयक फेरि ल्याउन लागेको हो।  

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख गणेश अधिकारीले व्यक्तिगत कुराकानी रेकर्ड गर्न संविधानले नै प्रतिबन्ध लगाएको अवस्थामा यस्तो विधेयक ल्याएर सरकारले नागरिकको हकअधिकारलाई कुण्ठित पार्ने प्रयास गरिरहेको बताए। ‘मानिसको गोपनीयताको हक, संविधानप्रदत्त मौलिक हक र स्वतन्त्रताको हकमाथि सरकारले प्रहार गर्न खोजेको देखिन्छ, जुन विषय गम्भीर छ। यस्तो विधेयक आफैंमा अलोकतान्त्रिक चरित्र र स्वाभावको छ। यसले सुरक्षा संयन्त्र बलियो हुन्छ भनेर सोच्नु सर्वथा गलत हो,’ अधिकारीले भने।  

संदिग्ध व्यक्ति तथा संघसंस्थाका कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चार माध्यममा भएका विवरण, संकेत वा सूचनालाई रेकर्ड गर्नुपर्ने आवश्यकता देखिएकाले पनि फोन ट्यापिङ आवश्यक रहेको बताउँदै अनुसन्धान विभागले सञ्चार मन्त्रालयलाई सो व्यवस्था गर्न आग्रह गरेको थियो। सोही आग्रहलाई सहयोग पुग्नेगरी व्यक्तिगत स्वतन्त्रता र मौलिक हक हनन गर्ने गरी सो विषयलाई मस्यौदामा समेटिएको छ। ‘कानुनअनुसार दूरसञ्चारसहित नेपालका कुनै पनि निकायले कुनै पनि व्यक्तिको कुराकानी रेकर्ड गर्न पाउँदैन। तर व्यवहारमा चाहिँ शक्तिको दुरूपयोग गरेर वा दूरसञ्चार निकायलाई दबाब दिएर गराएका छैनन् त भन्न सकिँदैन। अब आउने मस्यौदामै यो कुरा उल्लेख गरेपछि यसको सदुपयोग होइन, दुरूपयोग हुनेछ,’ पूर्वप्रमुख अधिकारीले भने।

त्यसैगरी अहिलेको अवस्थामा सरकारले यस्तो विधेयक ल्याउन खोज्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले बताए। ‘अहिलेको अवस्थामा व्यक्तिको मौलिक हक, गोपनीयताको हकलाई कुण्ठित गर्न खोज्नु हो, ससाना इस्यु बनाएर फसाउन खोज्नु हो, सबैभन्दा ठुला कुरा त लोकतन्त्रको उपहास गर्नु हो, यो विधेयक ल्याउन खोज्नु संविधानकै उल्लंघन हो,’पूर्वसभापति दाहालले भने। यस्तै पत्रकार महासंघका उपसभापति रमेश विष्टले पनि यस्तो विधेयक ल्याउन खोज्नु संविधानविपरीत भएको बताए। संविधानले दिएको अधिकारलाई सरकारी संयन्त्रले कुण्ठित पार्न खोज्नु गम्भीर विषय भएको उनको भनाइ थियो। ‘संविधानले व्यक्तिको मौलिक हकको ग्यारेन्टी गरेको छ। व्यक्तिगत कुराकानी रेकर्ड गर्ने विषय संविधानविपरीत छ। राज्यका संयन्त्र र प्रविधिमार्फत व्यक्तिको गोपनीयता भंग हुने गरी कुराकानी रेकर्ड गर्ने, फसाउने, आतंकित पार्ने र व्यक्तिलाई तर्साउने काम गरिनुहुँदैन,’ विष्टले भने।

२०७७ सालमा पनि सरकारले यस्तै प्रकृतिको दूरसञ्चार विधेयक मस्यौदा तयार पारेको थियो। तर त्यतिबेला ल्याउन खोजिएको व्यवस्था अहिलेको जस्तो कडा थिएन। अर्थात् त्यतिबेला ‘कल रेकर्ड’भन्ने मात्रै उल्लेख थियो। अहिलेको मस्यौदामा भने व्यक्तिको कुराकानी नै रेकर्ड गर्न सक्ने भनिएको छ। अहिलेको मस्यौदाको दफा ७७ को उपदफा २ अनुसार उपयुक्त प्रविधिको प्रयोग गरी सेवा प्रदायकहरूको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचनामा पहुँच पाउने व्यवस्था गरिएको छ। जसले गर्दा व्यक्तिको व्यक्तिगत हक हनन हुने गरी मस्यौदा तयार भएको हो।

‘जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नेलगायत पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरणहरू अनुसन्धानका लागि सेवाप्रदायकबाट प्राप्त गर्न सक्ने,’मस्यौदाको दफा ७७ को उपदफा १ मा उल्लेख छ। नेपाल सरकारबाट अधिकार प्राप्त गरी अनुसन्धानमा जुट्ने निकायले नेपालको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोेह, अपराध वा संगठित अपराध वा फौजदारी अपराधलगायत क्रियाकलाप गरेको विषयमा कुराकानी रेकर्ड गर्न सक्ने भनिएको छ। यसका लागि अदालतको आदेशसमेत जरुरी नहुने गरी मस्यौदा तयार पारी संविधानप्रदत्त मौलिक हकको समेत उल्लंघन गरिएको छ। विधेयक मस्यौदाको दफा ८० मा टेलिफोन वा सञ्चारको विवरण माग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ। ‘कुनै व्यक्तिले कुनै अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चार माध्यमको प्रयोग गरेको वा विद्युतीय वा अन्य सञ्चारमाध्यमबाट कुनै प्रकारको सूचना आदानप्रदान गरेको पाइए त्यस्तो अपराध अनुसन्धान गर्ने अधिकारीले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई त्यस्तो टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यम वा सोबाट भएको दूरसञ्चारसम्बन्धी विवरण वा सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई आदेश दिन सक्नेछ,’सो विधेयकको मस्यौदामा भनिएको छ।

तर २०७७ सालमा ल्याइएको मस्यौदामा भने अहिलेको भन्दा कमजोर प्रावधान थियो। ‘नेपालको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह अपराध वा संगठित अपराध वा फौजदारी अपराधलगायत क्रियाकलाप गरेको विषयमा सरकारको अधिकार प्राप्त अनुसन्धान गर्ने निकायले कुराकानी रेकर्ड गर्नेलगायत पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरणहरू अनुसन्धानका लागि सेवा प्रदायकबाट प्राप्त गर्न सक्नेछ,’त्यतिबेलाको विधेयकको मस्यौदाको दफा ८१ मा भनिएको थियो। त्यस्तै त्यतिबेला यो कार्यका लागि उपयुक्त प्रविधिको प्रयोग गरी सेवा प्रदायकहरूको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचनामा पहुँच पाउने व्यवस्था तोकिएबमोजिम हुने उल्लेख थियो। तर अहिले तयार भएको मस्यौदामा अदालतको आदेशबिना नै व्यक्तिको कुराकानी रेकर्ड गर्न सक्ने व्यवस्था गरिएको छ ।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस