लामिछाने राहदानी प्रकरणः मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अदालत जान सकिने
०७ चैत्र २०७९
•
६ मिनेट पाठ
लामिछाने राहदानी प्रकरणः मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अदालत जान सकिने
महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी विषयमा मुद्दा नचलाउने निर्णय गरेका छन्। रास्वपाले पुष्पकमल दाहाललाई विश्वासको मत दिएकै दिन सोमबार सरकारका तर्फबाट महान्यायाधिवक्ता पोखरेलले लामिछानेविरुद्ध राहदानीको विषयमा मुद्दा नचलाउने निर्णय गरेका हुन्। महान्यायाधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न सक्ने बाटो खुला छ। महान्यायाधिवक्ताले गरेको निर्णय त्रुटिपूर्ण रहेछ भने मुद्दा चल्न सक्ने कानुनी व्यवस्था छ। यसअघि पनि महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परिसकेका उदाहरण छन्। त्यसमाथि सर्वोच्चले पनि महान्यायाधिवक्ताको निर्णय गलत लागे रिटबमोजिम सर्वोच्च अदालतमा जान सक्ने व्याख्या गरिसकेको छ।




यस्ता छन् नजिर

१३ वर्षअघि सुन्तली धामीको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। सर्वोच्चले महान्यायाधिवक्ताले गरेको निर्णय सरकारी निकायका लागि मात्र अन्तिम हुन सक्ने व्याख्या गरेको थियो। ‘संविधानको धारा १३५ ले महान्याधिवक्तालाई उल्लिखित अधिकार, दिएको भए पनि धारा १३५ ले धारा १०७ को यस अदालतको असाधारण अधिकारलाई सीमित गर्न वा कटौती गर्न वा नियन्त्रण गर्न नसक्ने’ ठहर गरेको थियो। न्यायाधीशहरू बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले २०६६ मंसिर १५ गते धामीको मुद्दामा व्याख्या गरेको थियो।

नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७ (२) ले सर्वोच्चलाई संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएमा, उपचार अपर्याप्त वा प्रभावहीन देखिएमा वा सार्वजनिक हक सरोकारको विषय समावेश भएको प्रश्न निरूपणका लागि उपयुक्त आदेश जारी गराउने वा विवाद टुंग्याउने असाधारण अधिकार सर्वोच्च अदालतलाई भएको व्याख्या  

गरेको थियो। संवैधानिक व्यवस्थाअन्तर्गत पूर्ण न्यायका निमित्त अदालतले कुनै निकाय वा पदाधिकारीले गरेको निर्णयलाई न्यायिक पुनरावलोकन गर्न सक्ने व्याख्या गरेको थियो।

महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने निर्णय गर्दा समेत पछि घटनाका सम्बन्धमा कर्तव्य देखिएमा मुद्दा चलाउने भनी सर्वोच्चले व्याख्या गरिसकेको छ। आफताब आलमको मुद्दामा पनि महान्यायाधिवक्ताले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। न्यायाधीशहरू सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा महान्यायाधिवक्ताको निर्णय बदर गर्ने आदेश गरेका थिए। ‘अनुसन्धानबाट कुनै व्यक्ति निर्दोष देखिएको अवस्थामा महान्यायाधिवक्ताको इच्छामा निजको विरूद्धमा मुद्दा चल्ने र त्यस्तो अनुसन्धानबाट शंकित व्यक्ति दोषी देखिएको अवस्थामा केवल महान्यायाधिवक्ताको चाहनाको कारणले मात्र मुद्दा नचल्ने भनी निर्णय हुन सक्छ भनी संवैधानिक व्यवस्थाको अर्थ गर्नु मनासिब नहुने,’ आलमविरुद्धको मुद्दामा सर्वोच्चले भनेको छ, ‘‘महान्यायाधिवक्ताबाट मुद्दा चलाउने निर्णय गरेपश्चात् उक्त घटनाका सम्बन्धमा कुनै अनुसन्धान सोधखोज गरेको अवस्था पनि देखिएन। अपराधको अनुसन्धानमा सरकारी वकिलको निर्देशन र सोधखोजबाट पनि महŒवपूर्ण प्रमाण पत्ता लाग्न सक्छ।’ अपराधको अनुसन्धानमा सरकारी वकिलको भूमिका नै रहँदैन भनी मान्न नमिल्ने सर्वोच्चको भनाइ छ।

मुद्दा नचल्ने निर्णय

महान्यायाधिवक्ताबाट सोमबार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए। सरकारका तर्फबाट मुद्दा चलाउने कि नचलाउने भनी अन्तिम अधिकार महान्यायाधिवक्तामा रहने भएकाले त्यस्तो निर्णय भएको उनले बताए। गत पुस १० मा पुष्पकमल दाहालको नेतृत्वमा एमालेसहितको सरकार गठन भएको थियो। त्यतिबेला सरकारमा रास्वपाका तर्फबाट लामिछाने गृहमन्त्रीमा नियुक्त भएका थिए। उनको नागरिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको थियो। गत मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लामिछानेविरुद्ध नागरिकताको विषयमा सर्वोच्च अदालतले उम्मेदवारी नै खारेज गर्ने फैसला गरेपछि उनका सबै पद गुमेका थिए।

प्रहरीले एक साताअघि जिल्ला सरकारी वकिल काठमाडौंलाई मुद्दा नचलाउने राय प्रतिवेदन पठाएको थियो। जिल्ला हुँदै उच्च सरकारी वकिल कार्यालयको पनि निर्णय एउटै रह्यो। प्रहरीले गरेकै रायमाथि सहमति जनाउँदै सरकारी वकिल हुँदै महान्यायाधिवक्ताले निर्णय सदर गरेका हुन्। सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने संवैधानिक अधिकार महान्यायाधिवक्तालाई दिइएको छ। महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने व्यवस्था छ। सरकारका तर्फबाट दर्ता भइसकेको मुद्दा फिर्ता लिँदा पनि महान्यायाधिवक्ताको राय लिनुपर्ने संविधानमै व्यवस्था गरिएको छ।

लामिछानेले अमेरिकी नागरिक हुँदाकै बखत पुरानै नेपाली नागरिकतामार्फत नेपाली राहदानी लिएको विषयमा प्रहरीमा उजुरी परेको थियो। त्यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको प्रतिवेदनमा मुद्दा नचलाउने निर्णय गरिपठाएको हो।

सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ नागरिकता प्राप्त गरिसकेकाले नागरिकता र राहदानीमा कुनै झुटा विवरण पेस गरी दुरूपयोग नभएको राय प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको थियो। लामिछानेले अमेरिकाको राहदानी हुँदासम्म नेपालको राहदानी प्रयोग नगरेको, हाल राहदानी विभागबाट रद्द भएको र कुनै झुटा विवरण पेस नगरेको भनी प्रहरीले दिएको रायमा महान्यायाधिवक्ता पोखरेल सहमत भएका हुन्।

सर्वोच्च अदालतले नेपालमा नेपाली नागरिकले मात्रै राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत राख्ने नजिर कायम गर्दै एकैसाथ दोहोरो नागरिकता कायम नरहने ठहर गरेको थियो। नेपालको कानुनी प्रक्रिया मिचेर पुरानै नागरिकताका आधारमा प्रतिनिधिसभामा उम्मेदवार बनेको भन्दै सर्वोच्चले खारेज गरिदिएपछि लामिछानेले गृहमन्त्री र सांसद पद गुमाएका थिए। त्यसलगत्तैै जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रियाअनुसार लामिछानेले नयाँ नागरिकता लिएका थिए।

लामिछानेले अमेरिकी पासपोर्ट साथमा हुँदाहुँदै नेपालको पुरानै नागरिकताका आधारमा नेपाली राहदानी लिएको विषयमा विवाद बनेको थियो। सर्वोच्च अदालतले नागरिकताको फैसलामा राहदानीको विषयमा थप उल्लेख गर्नुनपरेको बताएको छ। ‘झुटा विवरण दिई राहदानी वा यात्रा अनुमति लिएको सम्बन्धी प्रावधानका सन्दर्भमा प्रचलित कानुनबमोजिम निरूपण गरिनुपर्ने विषय देखिएको र गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंसमेतको जवाफबाट राहदानीको विषय छानबिन भइरहेको भन्ने तथ्यसमेत खुल्न आएको पाइयो,’ लामिछानेको नागरिकतासम्बन्धी फैसलामा सर्वोच्चले भनेको छ, ‘रवि लामिछाने प्रतिनिधिसभाको सदस्य पदमा उम्मेदवार भई निर्वाचित भएको सन्दर्भमा निजको नागरिकतासम्बन्धी योग्यतासँग सम्बन्धित रहेको देखिएको तथा राहदानी विषय निर्वाचन क्रममा उम्मेदवारको योग्यतासँग जोडिएको विषय नदेखिएको हुँदा निजले सन् २०१५ मा नेपाली राहदानी लिएको विषयमा अहिले थप उल्लेख गरिरहन परेन।’
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
३० मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस