चितवनका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन अन्योल, १५ क्याम्पसमा ताला
०४ चैत्र २०७९
•
४ मिनेट पाठ
चितवनका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन अन्योल, १५ क्याम्पसमा ताला
भरतपुर १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत निर्मल धिताल त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको मिति घोषणा गरेसँगै उत्साहित थिए।




स्ववियूमा विद्यार्थीले चुनेका नेता आउने भएपछि शैक्षिक गुणस्तरमा सुधार आउने धितालको विश्वास थियो। तर, निर्वाचनको मिति तोकिएको अघिल्लो दिनसम्म क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा उनी उनको उत्साह धेरै टिक्न सकेन।

‘१४ वर्षदेखि स्ववियू निर्वाचन हुन सकेको थिएन। हामीलाई स्ववियूमा सहभागी हुने अवसर थियो,’ स्नातक तह चौथो वर्षमा अध्ययनरत धितालले निराश हुँदै भने, ‘विद्यार्थी संगठनकै कारण स्ववियू निर्वाचन अन्योलमा छ।’
स्ववियू निर्वाचन गराउनका लागि विद्यार्थी संगठनले पटक पटक दबाब दिँदै आएका थिए। दबावका बिच त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेलाई स्ववियू निर्वाचनको मिति घोषणा गर्‍यो। तर, चितवनका १५ वटा क्याम्पसमा स्ववियू निर्वाचनको प्रक्रिया अवरुद्ध भएको छ। अखिल (क्रान्तिकारी) चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि अवरुद्ध भएको हो।

चितवन जिल्लामा ३ वटा आङ्गिक सहित १८ वटा क्याम्पसमा निर्वाचन हुँदैछ। त्यसमध्ये १२ वटा क्याम्पसमा विद्यार्थीले मनोनयन दर्ता गराएका थिए। तर, जिल्लाका सबै क्याम्पसमा एकै पटक निर्वाचन हुनुपर्ने माग राखेर अखिल (क्रान्तिकारी) ले ताला लगाएपछि निर्वाचन अन्योलमा परेको हो। 

विद्यार्थीको अवरोधकाबिच तत्काल निर्वाचन गर्न नसकिने सप्तगण्डकी क्याम्पसका प्रमुख मणी महत्तो बताउँछन्।

‘हामी निर्वाचन गर्ने पक्षमा हो। तर, विद्यार्थी संगठनले नै अवरोध गरेपछि कसरी निर्वाचन गर्न सक्छौँ,’ उनले भने, ‘१२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा छ अहिले नै निर्वाचन हुने सम्भावना छैन।’ 
सप्तगण्डकी क्याम्पसमा कक्षा ११ र १२ का विद्यार्थीलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै विद्यार्थीले माग गरेका थिए। तर, क्याम्पस प्रशासनले त्रिविको निर्णय विपरीत जान नसक्ने भन्दै मतदाता नामावलीमा नाम समावेश गरेको थिएन। विद्यार्थीको अवरोधका कारण सप्तगण्डकीमा मनोनयन समेत हुन सकेको थिए। प्रशासनको आडमा निर्वाचन गराउन नसक्ने उनले बताए।

त्रिविको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन। राजनीतिक दलको नै दबाब भएपछि निर्वाचन गर्न नसकिएको क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेल बताउँछन्।

‘सत्ता पक्षकै विद्यार्थीबाट क्याम्पसमा ताला छ। यहाँ राजनीतिक दलका कुरा पनि छन्,’ उनले भने ‘प्रशासनबाट पनि सहमतिका आधारमा निर्वाचन गराउन सुझाव छ। विद्यार्थीको सहमति विना तोकिएको मितिमै निर्वाचन गराउन सक्दैनौँ।’
फागुन २६ गते हामीले १० देखि बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो। साढे ११ बजेतिर विद्यार्थी संगठनले ताला लगाएपछि निर्वाचनको गतिविधि अगाडि बढाउन सकेको थिएन। मंगलवार प्रहरी प्रशासनले ताला फोरेपछि वीरेन्द्र बहुमुखी क्याम्पसले मनोनयन प्रक्रिया अगाडि बढाएको थियो। 

बालकुमारी कलेजका मतदान अधिकृत डा.गुणराज क्षेत्री २–३ वटा विद्यार्थी सङगठनको तालाबन्दीको कारण निर्वाचन अन्योलमा परेको बताउँछन्। कलेजको लेखा शाखा, प्रशासन शाखा, र स्ववियु निर्वाचन समितिको कार्यलयमा तालाबन्दी भएको क्षेत्रीले बताए।

चितवनमा वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, मैयाँदेवी कन्या कलेज, प्रेम बस्ती बहुमुखी क्याम्पस, उमागढी आदर्श शेरचन र पूर्वी चितवनका भुवानी शंकर क्याम्पस, रामपुर कृषि क्याम्पस खैरहनी, चितवन इन्जिनेरिङ क्याम्पस रामपुर, जनआदर्श बहुमुखी क्याम्पस, शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगर, माडी बहुमुखी क्याम्पस माडी, अमर जनशक्ति क्याम्पस पटिहानी, अरुणदय कलेज गितानगर, शहिद स्मारक कलेज शारदानगर, हरिकुमार स्मारक कलेज मंगलपुर, सर्वशान्ति कलेज कुरिन्टार क्याम्पसमा निर्वाचन हुँदै थियो। तर, रामपुर कृषि क्याम्पस खैरहनी, शहिद स्मृति क्याम्पस रत्ननगर र माडी क्याम्पसरमा मात्र निर्वाचन हुने देखिएको छ।

अन्य संगठनहरुले भने समयमै निर्वाचन गर्न अनुरोध गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियूले विज्ञप्ति नै निकालेर समयमा निर्वाचन गर्न अनुरोध गरेका हुन्। निर्वाचन स्थगित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको आग्रह गरेका हुन्।

स्ववियू निर्वाचन हरेक दुई/दुई वर्षमा हुने निर्वाचन हो। तर, चितवनमा २०६५ सालपछि निर्वाचन हुन सकेको छैन। यसअघि तोकिएका २ वटा निर्वाचन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका कारण भएको थिएन। स्ववियू निर्वाचनले विद्यार्थीको क्षमता वृद्धि सँगै शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा स्ववियू निर्वाचन समयमै हुनुपर्ने अनेरास्वियूका पूर्व जिल्ला अध्यक्ष प्रकाश आचार्य बताउँछन्।

जिल्ला प्रशासन कार्यालय चितवनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरूलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरूको संक्षिप्त प्रक्रिया अवलम्बन गरी निर्वाचन गर्न भनेको छ। तर, चितवनका क्याम्पसहरू विद्यार्थीको अवरोधका बिच निर्वाचन गराउन नसक्ने बताउँछन्।
अर्को समाचार
हार्ने डरले निर्वाचन चाहँदैनन् चितवनका विद्यार्थी संगठन !
०३ चैत्र २०८१
•
३ मिनेट पाठ
हार्ने डरले निर्वाचन चाहँदैनन् चितवनका विद्यार्थी संगठन !
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने व्यवस्था छ। तर, चितवनका अधिकांश क्याम्पसमा १६ वर्षदेखि निर्वाचन हुन सकेको छैन।




यस वर्ष पनि विभिन्न विद्यार्थी संगठनहरूबीच असहमति कायमै रहेपछि अधिकांश क्याम्पसमा मंगलबार तोकिएको निर्वाचन स्थगित भएको छ।

चितवनका तीन क्याम्पस बाहेक अन्य सबै क्याम्पसमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेपछि मतदान हुन नसक्ने स्थिति आएको हो।

जिल्लाका तीन आङ्गिक र १४ पब्लिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुनुपर्ने भए पनि अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी निकट), समाजवादी विद्यार्थी युनियन (जसपा निकट), अखिल समाजवादी (विप्लव निकट), अखिल क्रान्तिकारी (नेकपा बहुमत निकट) र लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट) ले निर्वाचन प्रक्रियामा असहमति जनाउँदै तालाबन्दी गरेपछि अधिकांश क्याम्पसमा मतदान नहुने निश्चित भएको हो।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शारदानगर बहुमुखी क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पसमा भने निर्वाचन हुने सम्भावना रहेको छ।

यद्यपि, वीरेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन समितिका संयोजक दयाराम पौडेलका अनुसार सोमबार साँझसम्म पनि निर्वाचन अन्योलमै थियो। ‘हामी निर्वाचन गराउने पक्षमा छौँ, तर केही विद्यार्थी संगठन निर्वाचन चाहँदैनन्,’ पौडेलले भने।

सोमबार बिहान प्रहरीले विद्यार्थीहरूले लगाएको ताला खोलेको थियो।

सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख खिमलाल दाहालका अनुसार, विद्यार्थी संगठनहरूको असहमति कायम रहेकाले तोकिएको समयमा निर्वाचन सम्भव भएन।

‘मनोनयन दर्ताका क्रममा विद्यार्थी संगठनहरू आएर ताला लगाए, त्यसैले निर्वाचन गराउन सकिएन,’ उनले भने। यद्यपि, सहमति भएमा १५ दिनभित्र निर्वाचन गराउन सकिने उनले बताए।

उनले निर्वाचनको वातावरण बनाउन समेत आन्दोलनरत विद्यार्थीलाई आह्वान गरेका छन्।

चितवनका प्रमुख क्याम्पसहरू- वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी बहुमुखी क्याम्पस र मैयादेवी कन्या कलेजमा सन् २००८ (२०६५ साल) यता स्ववियु निर्वाचन हुन सकेको छैन।

विद्यार्थी संगठनहरूले हार्ने डरले हरेक निर्वाचनमा तालाबन्दी गर्ने गरेको आरोप लाग्दै आएको छ। यस वर्ष पनि सोही रणनीति अपनाइएको देखिन्छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनका कार्यवाहक सभापति प्रकाश भण्डारीले आफ्नो संगठन निर्वाचनको पक्षमा रहेको दाबी गरे।

‘हामी निर्वाचन चाहन्छौँ, तर तालाबन्दी हामीले गरेका छैनौँ,’ उनले भने। तर, नेविसंघले निर्वाचनको पक्षमा कुनै आधिकारिक विज्ञप्ति भने जारी गरेको छैन।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले तालाबन्दी गरिएका क्याम्पसमा पनि निर्वाचन गराउनुपर्ने बताए। ‘चितवनमा मंगलबार निर्वाचन हुने सम्भावना देखिँदैन,’ उनले भने, ‘तर, केही समयपछि भए पनि निर्वाचन गराउनुपर्छ।’ शैक्षिक संस्थाहरुमा तालाबन्दी नगर्ने अनेरास्ववियुको केन्द्रीय नीति समेत रहेको उनले बताए।

चितवनका प्रमुख तीन राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले दुई सयभन्दा कम विद्यार्थी भएका क्याम्पसहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने सहमति गरेका थिए।

तर, साना दलनिकट विद्यार्थी संगठनहरूलाई यो निर्णय स्वीकार्य भएन। असहमति जनाउँदै ती संगठनहरूले जिल्लाभर तालाबन्दी गरे। ठूला विद्यार्थी संगठनहरूले सार्वजनिक रूपमा तालाबन्दीको समर्थन नगरे पनि भित्री रूपमा साथ दिएको देखिन्छ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सुसन पौडेलले सबै विद्यार्थी संगठनहरूको सहमति जुटाएर निर्वाचन गराउनुपर्ने बताए।

‘हामी सरकारको प्रतिपक्ष हौँ, तर पनि निर्वाचनको पक्षमा छौँ,’ उनले भने, ‘सबै संगठनलाई साथमा लिएर जानुपर्छ।’

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार, जिल्लाका विद्यार्थी संगठन र राजनीतिक दलहरूले केही हप्ता अघि नै निर्वाचन गराउने प्रतिबद्धता जनाएका थिए।

‘फागुन २५ गते हामीले विद्यार्थी संगठनहरूलाई छलफलमा बोलाएर निर्वाचनको वातावरण सहज बनाउन आग्रह गरेका थियौँ। उनीहरूले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएका थिए,’ उनले भने, ‘तर, त्यो सहमति कार्यान्वयन हुन सकेन।’

जिल्ला प्रशासन कार्यालयले क्याम्पस प्रशासनले सुरक्षा माग गरेमा आवश्यक सहयोग गर्ने बताएको छ। तर, विद्यार्थी संगठनहरूबीच सहमति नबन्दासम्म निर्वाचन सम्भव नदेखिएको प्रशासनले जनाएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस