त्यतिबेला देउवाले भनेका थिए-‘मुलुकलाई तपाईंको आवश्यकता छ, स्वास्थ्यको ख्याल राख्नू'
२६ फागुन २०७९
•
५ मिनेट पाठ
त्यतिबेला देउवाले भनेका थिए-‘मुलुकलाई तपाईंको आवश्यकता छ, स्वास्थ्यको ख्याल राख्नू'
मुलुकका लागि तपाईंको अझै आवश्यकता छ, स्वास्थ्यको ख्याल राख्नू, म छु।’ आफ्नै गुटका नेताले पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न सहयोग नगरेपछि निराश बनेका समकक्षी रामचन्द्र पौडेललाई भेट्न २०७८ मंसिर २३ गते बोहोराटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ हो यो।




१४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने चाहनालाई निकटहरूले नै सहयोग नगरेपछि उद्घाटन सत्रमा पनि सहभागी नहुने र सक्रिय राजनीतिबाट विश्राम लिने पौडेलको तयारी थियो। तर फेरि सभापति बन्ने तयारीमा रहेका देउवा पौडेल निवास नै पुगेर उनलाई सान्त्वनासहित मुलुकका लागि अझै केही समय सक्रिय राजनीति आवश्यक रहेको औंल्याए। पार्टी राजनीतिबाट बिरक्तिएका पौडेललाई महाधिवेशनको उद्घाटसत्रसम्म आउने देउवाले बनाए। तर नेतृत्व चयनमा सहभागी नभएका पौडेल उनै देउवाको प्रस्तावमा १४ महिनापछि मुलुकको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा पुगेका छन्। पार्टी सभापतिदेखि पाँच पटक प्रधानमन्त्री बन्दा समेत आफ्ना समकक्षी पौडेललाई एकपटक अवसर नदिएको भन्दै पार्टीभित्र र बाहिरबाट समेत आलोचना देउवाले खेप्दै आएका थिए। संघीय र प्रदेशसभा सदस्यको मतबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतले गर्दैगर्दै सबैभन्दा खुसी उनै देउवा देखिएका छन्।

२००१ असोज २९ गते तनहुँको बाहुनपोखरा हालको व्यास नगरपालिका–८ मा आमा ऋषिमाया र पिता दुर्गाप्रसादका छोरा पौडेल र सुदूरपश्चिम डडेलधुरामा जन्मेका देउवालाई कांग्रेस पार्टीले नै जोड्ने काम गरेको थियो। नेपाल विद्यार्थी संघ ९नेविसंघ० हुँदै कांग्रेस राजनीतिमा सँगसँगै रहेका देउवा र पौडेल २०४८ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एकैसाथ सहभागी भए। तर २०५१ सालको मध्यावधि निर्वाचनपछि पौडेल प्रतिनिधिसभाको सभामुख बन्दा देउवा मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए।

कार्यकारी प्रमुखको भूमिकामा पौडेलभन्दा देउवा अघि लागे। सो क्रमले निरन्तरता पाउँदा कांग्रेसभित्र पौडेललाई न्याय नभएको बुझाइ नेता तथा कार्यकर्तामा समेत परेको थियो। केही दिनअघिको एक कार्यक्रममा पौडेललाई अन्याय भयो भन्ने दिन गएको भन्दै देउवाले भने, ‘हामी धेरै पुराना साथी हौं, मलाई पनि उहाँका बारेमा सोच्दा छटपट भइरहन्थ्यो। अत्यन्तै महत्वपूर्ण घडीमा महत्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौ। म पनि सन्तुष्ट भएको छु। अब अन्याय गर्योम अन्याय गर्योा भन्ने दिन आउँदैन।’

२०१७ सालदेखि नै संगठित राजनीतिमा सक्रिय पौडेलले पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापतिका साथै कार्यवाहक सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलले स्नाताकोत्तर ९नेपाली साहित्य० र शास्त्री ९संस्कृत० गरेका छन्। २०१५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध पौडेल २०१६ सालमा पोखरामा हिमालयन छात्र संघ स्थापनामा सक्रिय भए। २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको ‘कु’पछि वामपन्थी विद्यार्थी राजनीतिमा झुकाव बढाएका पौडेल २०१८ को भरतपुर काण्डको विरोधमा उत्रँदा पहिलोपटक गिरफ्तार भए। त्यसपछि पटकपटक गरी १४ वर्ष उनले जेलजीवन भोगेका थिए।

मुलुकमा प्रजातन्त्र स्थापना गर्नमा सक्रिय पौडेल २०२३ सालमा गण्डकी छात्र संघको संस्थापक अध्यक्ष बनेका थिए। २०२७ वैशाख ६ गते स्थापना भएको नेविसंघको केन्द्रीय सदस्य बनेका पौडेललाई आफ्नै जिल्लाको राजनीतिमा स्थापित हुन भने कठिन भएको थियो। पार्टी नेता गोविन्दराज जोशीसँग सुरुदेखि नै खटपट हुँदै जिल्लामा भूमिका पाउन असफल भएका पौडेलले उपप्रधानमन्त्रीका साथै विभिन्न मन्त्रालयको पटकपटक नेतृत्व गरेका थिए। पौडेल २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाका सभामुख भएका थिए। २०४८ सालदेखि हालसम्म तनहुँबाट प्रतिनिधिसभा सदस्य ९२०७४ बाहेक० निरन्तर निर्वाचित नेता हुन्। २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री बनेका पौडेल २०५१ सालमा सभामुख भए। २०५८ मा गृह तथा उपप्रधानमन्त्री भएका पौडेल पटकपटक मन्त्री भए।

माओवादीविरुद्ध तत्कालीन सेना परिचालनमा राजाले असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्ने तयारी गरेका थिए। तर पौडेलले त्यसभन्दा पहिला नै उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिए। २०५९ सालमा माओवादीविरुद्ध संकटकाल लगाउने वा नलगाउने भन्ने विवाद हुँदा संसद् विघटनका साथै पार्टी विभाजन हुने अवस्थामा पनि देउवा र पौडेल एकै ठाउँमा थिए। विभाजित भई बनेको पार्टीमा पौडेललाई सभापति बनाएर अघि बढ्न देउवा त्यतिबेला पनि तयार थिए तर अन्तिम समयमा नेत्री शैलजा आचार्यले विभाजित पार्टीमा जान पौडेललाई रोकेकी थिइन्। २०६१ भदौमा भएको पार्टीको ११औं महाधिवेशनपछि महामन्त्री र २०६४ सालमा असोजबाट पार्टी उपसभापतिको जिम्मेवारीमा पौडेल पुगेका थिए।

माओवादी शान्तिप्रक्रियामा आएपछि पौडेल मन्त्री बने। संविधानसभा चुनावपछि २०६६ सालमा पौडेल कांग्रेस संसदीय दलको नेता बने। प्रधानमन्त्रीका लागि उनले प्रयास त गरे तर सफल हुन सकेनन्। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि पौडेल बहुमतीय सरकारको प्रधानमन्त्री बन्न दुईपटक उम्मेदवार भए।

प्रधानमन्त्री चयन प्रक्रिया सात महिना लम्बियो। प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिएपछि पनि संसद्मा १७ पटकसम्म प्रक्रिया अघि बढ्यो। त्यसपछि नियमावली संशोधन गरेर भएको निर्वाचनमा माओवादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भए।

दोस्रो संविधानसभा निर्वाचनपछि पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री बने। १३औं महाधिवेशनको सँघारमा सुशीलको निधन भएपछि पौडेल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै त्यतिबेलाको संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बने। तर संस्थापन पक्षबाट तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिए। दोस्रो चरणमा गएको सभापति निर्वाचनमा सिटौलाले देउवालाई समर्थन गर्दा पौडेल पराजित भए।

विगतमा देउवाका सबैभन्दा आलोचक पौडेल देउवाकै समर्थनमा राष्ट्रपति भएका हुन्।
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
१ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको छ।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको जनाएको छ।

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा बालेन्द्रले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेको छ।

कांग्रेसले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताएको छ।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने कांग्रेसले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस