स्थानीय तह सार्वजनिक पूर्वाधार सम्पति अभिलेख नै राख्दैनन्
२० फागुन २०७९
•
५ मिनेट पाठ
स्थानीय तह सार्वजनिक पूर्वाधार सम्पति अभिलेख नै राख्दैनन्
गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकरलाई निर्वाचन जितेर आएको दश महिना वितिसक्दा पनि  स्थानीय तहका पूर्वाधार सम्पतिहरुको अभिलेख राख्ने विषयमा केही थाहाछैन।




‘केही जिन्सी सामाग्रीहरुको अभिलेख राख्ने विषय त थाहा थियो । हामी आएको पनि लामै समय भैसक्यो । पूर्वाधार सम्पतिहरु पनि अभिलेख राख्नुपर्छ भन्ने विषयमा पहिलोपटक प्रष्ट हुँदैछु’ नगर विकास कोषले चितवनमा आयोजना गरेको पूर्वाधार सम्पति व्यवस्थापन सम्बन्धी तालिममा सहभागि भएकी उपप्रमुख थोकरले भनिन्, ‘पूर्वाधार सम्पति व्यवस्थापनका विषयमा हामी अन्यौलमा नै छौ।’  

चितवनको माडी नगरपालिकाले पनि पूर्वाधार सम्पतिहरुको अभिलेख गर्न सकेको छैन । कार्यविधि बनेपनि कार्यान्वनमा ल्याउन नसकेको नगरप्रमुख ताराकुमारी काजि महत्तो बताउँछिन् । ‘हाम्रो अधिकांश बजेट पूर्वाधार क्षेत्रमा लगनी हुन्छ । तर, हाम्रो दिमागमा छ,’ उनले भनिन् ‘सिस्टममा अभिलेख राख्ने गरेका छैनौँ।’  

स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा १०४ले संघ र प्रदेश मातहतका कार्यालय अन्तरगत रहेका सम्पतिको अभिलेख राख्ने अधिकार  स्थानीय तहलाई छ । यी कार्यालयले  स्थानीय तहलाई आफ्नो पूर्वाधार सम्पतिको अभिलेख छ महिना भित्र हस्तान्तरण गर्ने व्यवस्था छ । तर, सो अनुसारको सम्पति र दायित्व पूर्ण रुपमा हस्तान्तरण भएको पाईदैन । हस्तान्तरण नहुँदा अभिलेख राख्न समेत कठिन हुने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का बताउँछन् । ‘सम्पति व्यवस्थापनको अभिलेख राख्ने प्रकृयामा हामी छौँ,’ प्रमुख खड्काले भने ‘फोहोर व्यवस्थापन र संरचना व्यवस्थापनको काम तथ्याङ्क बेसमा नै कामको सुरुवात गरेका छौँ । तर, संघ अन्तरगतका सम्पतीको अभिलेख गर्न कठिन देखिएको छ।’  

नेपालका केही स्थानीय तहले कार्यविधि बनाएर पूर्वाधार सम्पतिहरुको अभिलेख राख्ने क्रमको थालनी गरेपनि अधिकांश अन्यौलमा नै छन् । स्थानीय स्तरमा बन्ने गरेका पार्क, बसपार्क, सडक, ढल, मठ मन्दिर, खोला नाला लगायतका सार्वजनिक तथा सरकारी सम्पतिको अभिलेख राख्नुपर्ने हुन्छ । यसका लागि सरकारले सार्वजनिक सम्पती व्यवस्थापन प्रणाली(पिएएमएस) पनि बनाएको छ । तर प्रभावकारी हुन नसकेको हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा बताउँछिन् । ‘हामीले जति पनि लगानी गछौँ । ती सबै हाम्रा सम्पती हुन्,’ उनले भनिन्, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ले नै आफ्नो सम्पतीको संरक्षण गर्ने हाम्रो जिम्मेवारी हो । तर, हामीले सबै सम्पतीलाई अभिलेखिकरण गर्न सकेका छैनौँ ।’ उनले हेटौँडामा सन् २०१९सालबाट अभिलेख राख्ने प्रयास गरेको बताईन् । फोहोर व्यवस्थापनमा आफ्नो कार्ययोजना अनुसार नै काम गरेको उनले स्पष्ट पारिन ।

संघ तथा प्रदेश सरकारबाट बनेका अधिकांश आयोजनाहरु सम्पन्न भएपछि रेखदेख अभावका कारण अलपत्र समेत पर्ने गरेका छन् । जसका कारण विकास निर्माणका योजना बनाउन समस्या देखिएको नगर विकास कोषका प्रशासन महाशाखा प्रमुख सूर्यबहादुर कार्की बताउँछन् । ‘अभिलेखिकरण हुँदा प्रत्येक स्थानीय तहको सम्पति कति रैछ, अवस्था के छ । सम्पतिबाट मर्मत सम्मारका लागि के गर्न सकिन्छ भन्ने योजना बनाउन सकिन्छ,’  उनले भने ‘दिगो विकासका लागि अभिलेखले महत्वपूर्ण भूमिका खेल्दछ।’  

नेपाल सरकारले सार्वजनिक सम्पति व्यवस्थापनका लागि महानियन्त्रक कार्यालयलाई अधिकार दिएको देखिन्छ । अर्को तर्फ संविधानले तीन तहको सरकारको व्यवस्थान गरेकाले प्रत्येक सरकारले आफ्ना एकल अधिकार क्षेत्र भित्रका अधिकार कार्यान्वयका विषयमा संविधान र प्रचलित कानुनको प्रतीकुल नहुने गरि स्थानीय सरकारले कानुन बनाएर गर्न सक्ने व्यवस्था देखिन्छ ।  तर, महानियन्त्रक कार्यालयले पनि सार्वजनिक सम्पति व्यवस्थापन प्रणाली(पिएएमएस)लाई प्रभावकारी बनाउन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकी उप महानियन्त्रक रेजिना कोइराला अहिलेसम्म ११ वटा शिर्षकमा सार्वजनिक सम्पतिको अभिलेख राख्ने गरि व्यवस्था गरिएको उनले बताईन् । ‘सार्वजनिक र सरकारी सम्पती हुन्छ । त्यो सबैको अभिलेख राख्नुपर्ने कानुनी व्यवस्था छ,’ उनले भनिन्, ‘स्थानीय तह, संघमा हामीले तालिम समेत प्रदान गरेका गर्दै आएका छौँ । हामी सार्वजनिक सम्पति व्यवस्थापन सुधारका लागि हामी प्रयासरत छौँ ।’  

नेपालमा पूर्वाधार सम्पति व्यवस्थापन सम्वन्धि अवधरणा सन् २००९बाट आएको हो । शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य दिगो विकासका लागि सार्वजनिक सम्पतिको अभिलेखिकरण महत्वपूर्ण हुने बताउँछन् । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि हाम्रा सार्वजनिक शहरी पूर्वाधारहरुको अभिलेखिकरण गर्दै अध्यावधिक मर्मत सम्भार लगायत उचित व्यवस्थापन हुन जरुरी छ । यसैगरी राष्ट्रका गौरवका आयोजनाहरुको समुचित र दिगो व्यवस्थापन, सञ्चालन तथा मर्मत सम्भार गरी सर्वाजनिक सेवा प्रवाह अविच्छन्न राख्नु पर्दछ,’ उनले भने, ‘बढ्दो शहरीकरण र जलवायू परिवर्तनको अवस्थामा अल्प विकसित राष्ट्रहरुमा स्थानीय तहमा रहेका मेशिनरी तथा उपकरण, सार्वजनिक जमिन, भवन तथा संरचनाको उचित र दिगो व्यवस्थापन गरी सेवा प्रवाहमा बढोत्तरी गर्न आवश्यक छ ।’ सम्पति व्यवस्थापन मार्फत सम्पतिको कार्यदक्षता तथा प्रभावकारीतामा सुधार गर्न सकिने उनले बताए । संस्थागत दिगोपनमा सुधार हुने, वित्तिय लगानीको उपयोगमा सुधकार हुने र सम्पतिमा गरिने लगानीको उचित निर्णय गर्नमा सहजता हुन्छ,’ उनले भने ‘सम्पति व्यवस्थापनलाई सहजिकरण गर्ने उद्देश्यले सम्बन्धित विद्यमान कानून, नीति तथा प्रचलित अभ्यासका सम्बन्धमा अध्ययन सरकारी निकाय विच समन्वय गर्न जरुरी छ।’

सार्वजनिक पूर्वाधार सम्पति व्यवस्थापन गर्नका लागि नगर विकास कोषले स्थानीय तहलाई तालिम प्रदान गर्दै आएको छ। चितवनको सौराहा १७ पालिकाका प्रमुख उपप्रमुख, प्रशासकिय अधिृकत, विकास निर्माण कार्यालयका कर्मचारी तथा सरकारी गैरसरकारी संस्थाका प्रतिनिधिलाई तालिम प्रदान गरेको छ । यसले पूर्वाधार लगानीको बढ्दो माग र वास्तविक बजेट आपूर्तिलाई व्यवस्थित गर्न सहज हुने अनुमान गरिएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा बताउँछन् ।  
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
४८ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस