बालेनको बयान,यथार्थ कि ‘स्टन्ट’
१८ फागुन २०७९
•
३ मिनेट पाठ
बालेनको बयान,यथार्थ कि ‘स्टन्ट’
सामाजिक सञ्जालमा विभिन्न स्टाटस राखेर चर्चामा आइरहने काठमाडौं महानगरपालिकका मेयर बालेन साह शनिबारको सामाजिक सञ्जालमा राखेको स्टाटसले झनै चर्चामा छन्। ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदै छ, यो देश कहिल्यै पनि बन्दैन’ भन्ने स्टाटससँगै यसको तीव्र चर्चा चलेको हो।




कतिपयले मेयरलाई समस्यामा पारेर काम गर्न नदिन खोजेको भन्दै आक्रोश पोखेका छन् भने कतिपयले मेयर साहले चर्चामा आउन यस्ता स्टाटस राख्ने गरेको दाबी गर्छन्। मेयर साहले कसले र किन उनलाई राजीनामा दिन लगाउन खोज्दै छन् भन्ने खुलाएका छैनन्।

साहले शनिबार सामाजिक सञ्जाल राखेको उक्त स्टाटसमा हजारौं सेयर भएका छन् भने त्यसमा हजारौं प्रतिक्रिया पनि आएको छ। धेरैले उनलाई राजीनामा नदिई डटेर बस्न सुझाएका छन्। ‘मेयरज्यू, जनमत र जनविश्वासभन्दा ठूलो केही छैन’, सामाजिक सञ्जालमा विनोद रिमालको प्रतिक्रिया छ, ‘कसैले हट भन्दैमा हट्नु पर्दैन, हट्ने होइन डट्ने हो।’

केहीले भने मेयर साहले चर्चामा आउन बोलेको प्रतिक्रिया दिए। ‘यो शान्त तलाउमा ढुंगा प्रहार गरेर लहर ल्याउन खोजेको जस्तो हो, ‘सामाजिक सञ्जालमा सन्तोष आले लेख्छन् , ‘यस्ता लहर धेरै टिकाउ हुँदैनन्।’

के भन्छ कानुन?

संविधानले स्थानीय तहका पदाधिकारीको पद रिक्त हुने अवस्था राजीनामा, मृत्यु वा पदावधि सकिए मात्र भनेको छ। संविधानको धारा २१६ को उपधारा ८ मा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको पद निजले राजीनामा दिएमा, मृत्यु भएमा र पदावधि सकिएमा रिक्त हुने प्रस्ट व्यवस्था छ।

त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले भने संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेमा स्वतः पद रिक्त हुने भनेको छ, तर बालेन स्वतन्त्र उम्मेदवार भएको अवस्थामा उनलाई ती ऐनले छुने छैन।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचनका बखत जुन दलको चुनाव चिह्न लिएर उम्मेदवार भएको हो, सम्बन्धित दलले कारबाही गरेमा पद रिक्त हुने भनिएको छ। लौरो चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार यो ऐनका आधारमा पनि राजीनामा दिन बाध्य हुँदैनन्।

यस्तोमा राजीनामाको कुरा कसरी आयो त?

बालेनका निकट सहयोगी कुमार बेनले अनधिकृत रूपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट दबाब आइरहेको बताएका छन्। थुप्रैपटक परिवारका सदस्यहरूलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको उनको भनाइ छ। ‘उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरूविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो, ‘बेनले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘तर सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन।’

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे पनि मेयरको स्टाटसका बारेमा आफूले केही नबोल्ने बताउँदै कानुनी ढंगबाट काम गर्न पाउने कि नपाउने भन्ने प्रश्न मुख्य रहेको बताउँछन्। ‘मनोहरा जग्गा एकीकरण आयोजनाको सरकारी सम्पत्ति भत्काउनेलाई कानुनी दायरामा ल्याउने कि नल्याउने भन्ने प्रश्न हो’, उनले भने, ‘हामीले सहयोग लिने निकायबाट कानुनसम्मत सहयोग पाउने कि नपाउने भन्ने प्रश्न हो।’ सकारी निकायबाट जसरी सहयोग पाउनुपर्ने हो, त्यो पाउन नसकिएको उनको बुझाइ छ।

यस्तोमा मेयर साहले किन राजीनामा दिन बाध्य पारिँदै छ भन्ने लेखे? यसले सबैलाई कूतुहलमा पारेको छ। कतिपयले भने मेयरलाई केही समस्या परेको भए खुलाएर लेख्नुपर्ने भन्दै त्यसो भए जनता साथमा आउने बताए। ‘यति भनेपछि कसले र किन पनि भन्नुपर्छ?’, हरि ढकालले समाजिक सञ्जालमा साहलाई प्रश्न गरेका छन्। तर बालेन साह स्वयंले भने त्यस विषयमा केही बोलेका छैनन्। शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरू रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका उनले साँझमा पुनः अर्को स्टाटस लेखेका छन्, ‘अटल, अजर, अडिग, निडर। कसैले नि सक्दैन। आइ डन्ट गिभ अप (म हार मान्दिनँ)।’
अर्को समाचार
छ वर्षदेखिकाे नियम मेयर बालेनले कार्यान्वयन गराउन थालेपछि अतालिए निजी विद्यालय
१२ भदौ २०८०
•
४ मिनेट पाठ
छ वर्षदेखिकाे नियम मेयर बालेनले कार्यान्वयन गराउन थालेपछि अतालिए निजी विद्यालय
काठमाडौँ महानगरपालिका भित्रका निजी विद्यालयका सञ्चालकहरू अहिले अतालिएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विद्यालय शिक्षा नियमावली २०७४ का नियम तथा उपनियमहरू पालैपालो कार्यान्वयनमा लैजाने तयारी गरेपछि उनीहरू अतालिएका हुन। कतिपय विद्यालय सुरक्षित र सहज वातावरण खोज्दै छिमेकी नगरपालिकामा छिर्न थालेका छन्।




छ वर्षदेखि नियमावली कार्यान्वयनमा आलटाल गरेका बसेका केही विद्यालयहरू अब नियम पालना गर्नै पर्ने अवस्था आएको महसुस गरेर छिमेकी नगरपालिकामा स्थानान्तरण हुन थालेका हुन।

मेयर साहले विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ कडाइका साथ कार्यान्वयन गर्ने सन्दर्भमा पाँच महिनाभित्र विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन संस्थागत विद्यालयलाई निर्देशन दिएपछि यो अवस्था आएका हो। यही कारणले निजी विद्यालय धमाधम सहज शिक्षानीति भएको नगरपालिकामा सर्न थालेका हुन्।

महानगर मेयर साहले सामाजिक सञ्जालमार्फत सबै संस्थागत विद्यालयलाई नामअनुसार काम गर्न र विद्यालयको चिह्नमा एकरूपता कायम गर्न निर्देशन दिएका थिए।

‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ तथा २ ले विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन खोजेको स्पष्ट पार्दै मेयर साहले सामाजिक सञ्जालमार्फत नियमावली पालना गर्न अवगत गराएका थिए।

महानगरले निजी शिक्षालाई व्यवस्थित गर्न कसिकसाउ गर्न थालेपछि स्कुलहरू सच्चिनुको साटो खुकुलो शिक्षा नीति भएको नगरपालिका खोज्दै हिँडेको देखियो। सीताराम कोइराला प्रमुख, शिक्षा विभाग ,काठमाडौं महानगरपालिका नियम ६९ मा विद्यालयको चिह्न षट्कोण हुनुपर्ने व्यवस्था गरेको छ।

विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणका बिचमा आफ्नो विद्यालयको नाम र छुट्टै चिह्न राख्न सक्ने सो नियममा उल्लेख छ। त्यसैगरी नियमावलीको नियम ७० मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिका नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।’

नियमावलीको नियम ७० को उपनियम २ ले संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहे कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी विद्यालयमा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। यसैगरी सोही नियममा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘पब्लिक’ शब्द जोड्न चाहे कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रावृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने उल्लेख छ। कुनै संस्थागत विद्यालयले ‘नेसनल’ शब्द जोड्न चाहे त्यहाँ कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था पनि छ। ‘इन्टरनेसनल’ जोड्न कम्तीमा एक तिहाइ विद्यार्थी विदेशी हुनुपर्ने प्रावधान छ। विद्यालयको नामको अन्त्यमा ‘स्कुल’ वा ‘पाठशाला’ पनि जोड्नैपर्ने व्यवस्था नियमावलीले गरेको छ

काठमाडौं शिक्षा विभागप्रमुख सीताराम कोइरालाका अनुसार नियमावलीले गरेको व्यवस्थाअनुसार उपनियम लागु हुनुअगावै यस नियमविपरीत शब्द जोडेर नामकरण भइसकेका हकमा नियमावली जारी गरिएको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागु हुनेगरी उल्लिखित व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने व्यवस्था छ। तर नियमावली जारी भएको ६ वर्ष पुगिसक्दा पनि कार्यान्वयन प्रभावकारी नभएपछि महानगर शिक्षा विभागले कडिकडाउ गरेको हो।

‘महानगरले निजी शिक्षालाई व्यवस्थित गर्न कसिकसाउ गर्न थालेपछि स्कुलहरू सच्चिनुको साटो खुकुलो शिक्षानीति भएको नगरपालिका खोज्दै हिँडेको देखियो,’ प्रमुख कोइरालाले नागरिकसँग भने।
नियम प्रारम्भ हुनुअगावै यस नियमविपरीत नामकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागु हुनेगरी पुनः नामकरण गर्न चाहे महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्थाको समेत विद्यालयले पालना नगरेको उनले जनाए।  

‘तर नियमावली कार्यान्वयन भएको ६ वर्षसम्म पनि संस्थागत विद्यालयले नियमको पालना नगरेको पाइयो। त्यही भएर मेयर साबले नियमावली पालना गराई विद्यालय शिक्षामा एकरूपता ल्याउन सामाजिक सञ्जालबाटै आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘यसैले यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्डअनुरूप रहन महानगरले आग्रह गरेको थियो। नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने भनी निर्देशन दिएपछि विद्यालयहरू अन्यत्र सर्न थालेका हुन्।’

यति मात्र होइन, निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रावृत्तिको समेत व्यवस्थापन गर्न लाग्दा निजी विद्यालयलाई अप्ठ्यारो पर्न थालेको महानगरको भनाइ छ। कोरोना कहरको अघिल्लो वर्षसम्म महानगरभित्र ६ सय ४० वटा निजी विद्यालय सञ्चालित रहे पनि हाल ५ सय १२ मा सीमित हुन पुगेको निजी शिक्षा हेर्ने शाखाप्रमुख खनाल बताउँछन्।

‘कतिपय निजी विद्यालय कोरोनापछि सुके, कति मर्ज भए,’ खनालले भने, ‘हाल नीतिनियममा कडिकडाउ गर्दा कतिपय विद्यालय ठाउँ अभाव भन्दै नजिकका पालिकामा सर्न थालेका हुन्।’
निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले भने काठमाडौंमा निजी विद्यालय सञ्चालन गर्न कठिन हुन थालेपछि नजिकको नगरपालिकामा सर्न थालेको बताए।

उनका अनुसार काठमाडौं महानगरले नियम पालना गराउन खोजे पनि प्रक्रिया सहज बनाउन नसक्दा नाम फेर्नुभन्दा ठाउँसारी गर्र्नु नै सहज हुने देखेर कैयौं स्कुल अन्यत्र जान थालेका हुन्। 

‘स्कुलको नाम सच्याउन एक त ५० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ, त्यसमाथि प्रक्रिया निकै झन्झटिलो छ,’ उपाध्यक्ष गुरुङले भने। कोरोना सुरु भएसँगैको लकडाउनले निजी विद्यालयमाथि ठुलो असर पारेको अवस्थामा काठमाडौंको घरभाडा निकै महँगो भएका कारण पनि विद्यालय सर्न बाध्य भएको दाबी उनले गरे।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस