सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ। संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनतर्फ ध्यान दिइएको छैन।
वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्थाअनुसार अहिले हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्। कार्कीको कार्यकाल २०८० भदौ २५ सम्म छ। सर्वोेच्चका न्यायाधीशका लागि ६५ वर्षे उमेर हद तोकिएको छ।
संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था संविधानले गरेको छ। संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ। प्रधानन्यायाधीश र संवैधानिक निकायमा प्रमुख र पदाधिकारीहरू नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ६ सदस्यीय संवैधानिक परिषद् रहने व्यवस्था छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने व्यवस्था छ। प्रधानन्यायाधीशको पद रिक्त भएमा नियुक्ति सिफारिस गर्दा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि सवैधानिक परिषद्को सदस्यका रूपमा रहने व्यवस्था छ।
संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधशि वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने लेखिएको छ। प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार बनेको दुई महिना बितिसक्दा पनि प्रधानन्यायाधीश नियुक्तिको विषयलाई प्राथमिकतामा राख्न सकेको देखिँदैन। यसप्रति नेपाल बार एसोसिएसनले असन्तुष्टि व्यक्त गरेको छ। न्यायपालिकाको नेतृत्व गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक व्यवस्थाअनुसार यथोचित समयमै हुनुपर्ने माग नेपाल बारको छ। ‘एक वर्षदेखि सर्वोच्च अदालत कायममुकायमको भरमा चल्नुपर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासनअनुकूल मान्न सकिन्न’, नेपाल बारले भनेको छ, ‘प्रधानन्यायाधीश नियुक्तिका लागि सम्बन्धित निकाय तथा पदाधिकारीले आफ्नो संवैधानिक दायित्व पूरा नगर्दा न्यायपालिका कायममुकायम नेतृत्वबाट चलेको छ। यसप्रति नेपाल बारको ध्यानाकर्षण भएको छ।’
नेपाल बारले यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अविलम्ब अघि बढाउन सम्बद्ध निकाय तथा पदाधिकारीको ध्यानाकर्षणसमेत गराएको छ। बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा छिटोभन्दा छिटो प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरिएको छ। कायममुकायमले जिम्मेवारीमा खासै फरक नपर्ने तर कुनै पनि चुनौतीपूर्ण निर्णय लिन नसक्ने र त्यसले प्रशासनिक काममा असर गर्ने विज्ञहरू बताउँछन्। प्र्रधानन्यायाधीश र मुख्यन्यायाधीश पद खाली रहँदा अस्थायी प्रावधानका लागि कायममुकायम राखिएको हो।
सर्वोच्चमा प्रधानन्यायाधीशसहित पाँच पद रिक्त
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। सर्वोच्चमा उमेर हदका कारण न्यायाधीशको कार्यकाल सकिएका कारण अहिले प्रधानन्यायाधीशसहित ५ जनाको पद खाली छ।
मुद्दाको चाप रहेको सर्वोच्चमा न्यायाधीशको संख्या घट्दै जाने र नियुक्ति नहुँदा काममा बोझ बढिरहेको एक न्यायाधीशले बताए।
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा संसदीय सुनुवाइ हुन सकेको छैन। न्याय परिषद्ले गत भदौ २१ गते उच्च अदालतका कामु मुख्यन्यायाधीशद्वय नीता गौतम दीक्षित, विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ नहुँदै अघिल्लो संसद्को कार्यकाल सकिएकाले सर्वोच्चले न्यायाधीश पाउन नसकेको हो। अन्य न्यायाधीश नियुक्ति सिफारिस गर्न न्याय परिषद् अहिले पूर्ण छैन। न्याय परिषद्को सदस्य हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अहिले छैनन्। कानुनमन्त्री धु्रवबहादुर प्रधानले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्ति भएको अवस्था छैन। हाल प्रधानमन्त्री पुष्पकमल दाहालकै जिम्मेवारीमा यो मन्त्रालय भएकाले निर्णय गरेर हस्ताक्षर गराउने विषयमा छलफल भएको न्याय परिषद्का एक सदस्यले बताए। न्याय परिषद्को आइतबार बोलाइएको बैठकमा कानुनमन्त्री नहुँदा गणपूरक संख्या नपुगकाले कुनै निर्णय हुन सकेन। गणपूरक संख्या नभएकाले बैठक बसे पनि कुनै निर्णय हुन नसकेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।
उच्चमा ४२ र जिल्लामा ३६ न्यायाधीश पद रिक्त
सर्वोच्च अदालत मात्रै होइन, उच्च अदालत पनि मुख्यन्यायाधीश नहुँदा कायममुकायमको भरमा छन्। सात प्रदेशका उच्च अदालतमध्ये ६ वटामा कामु मुख्यन्यायाधीश छन्। उच्च अदालतअन्तर्गत विभिन्न इजलास छन्। अहिले उच्च अदालत दीपायलमा मात्रै मुख्य न्यायाधीश छन्। अन्य सबै उच्च अदालतमा कामु मुख्यन्यायाधीश छन्। उच्चमा मुख्यसहित ४२ जना न्यायाधीशको पद खाली छ। न्याय परिषद्ले लामो समयदेखि न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन। त्यसैगरी देशभरका जिल्ला अदालतमा ३६ जना न्यायाधीशको पद रिक्त छ।
न्याय परिषद्ले चार महिनाअघि उच्च अदालतका न्यायाधीशहरू केशवराज जोशी, गुणराज ढुंगेल, डिल्लीराज आचार्य, प्रमोदकुमार श्रेष्ठ वैद्य, प्रेमराज कार्की, प्रेमराज ढकाल, भानुभक्त शर्मा न्यौपाने, महेशप्रसाद पुडासैनी, माधवप्रसाद पोखरेल, रत्नबहादुर बागचन्द, रमेशप्रसाद राजभण्डारी, रमेशबहादुर थापा, वीरबहादुर डाँगी, शारंगा सुवेदी, सत्यमोहन जोशी थारुको नाम मुख्य न्यायाधीशका लागि छनौट गरी उजुरी आह्वान गरेको थियो। न्यायाधीश नियुक्तिमा ढिलाइ, चलखेल भएको भन्दै समयमै नियुक्तिका लागि कार्यविधिसमेत बनाइएको छ। कार्यविधिअनुसार छनोट गरी नाम सार्वजनिक गरे पनि नियुक्तिमा ढिलाइ भएको हो।
महाभियोग अलपत्र
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कायममुकायमको भरमा छ। महाभियोगको टुंगो नलाग्दै जबरा उमेर हदका कारण २०७९ पुस २७ गते सेवा निवृत्त भैसकेका छन्। जबराविरुद्धको महाभियोग अलपत्र छ। अघिल्लो संसद्ले टुंगोमा पु¥याउन नसकेको महाभियो निर्वाचनपछि गठित नयाँ संसद्मा सर्ने कि नसर्ने भन्ने निर्णय भैसकेको छैन।
तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा तीनजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यस्तै बैठकले उच्च अदालतका लागि १५ जना मुख्यन्यायाधीश र जिल्ला अदालतका लागि ८१ जना न्यायाधीशको संक्षिप्त छनोट गरेको थियो। न्याय परिषद्ले गत भदौ २२ गते संक्षिप्त छनोटमा परेका न्यायाधीशहरूको नाम सार्वजनिक गरी उजुरी आह्वान गरेको थियो।