एमालेको नेतृत्वमा रहेका सबै प्रदेश सरकार धरापमा परेका छन्। प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सरकार धरापमा परेका हुन्। राष्ट्रपति निर्वाचनलाई लिएर सात दलीय गठबन्धन भत्किएपछि र संघीय सरकारबाट एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएपछि एमाले नेतृत्वका तीनवटै प्रदेश सरकार धरापमा परेका हुन्।
सोमबार बिहान सचिवालय बैठकबाट निर्णय गरेर एमाले सरकारबाट बाहिरिएको थियो। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। राप्रपाले पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक डाकेर संघ र प्रदेश सरकारबाट बाहिरिएको थियो। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअघि संघीय सरकार नछाड्ने निर्णय गरेको एमाले सोमबारबाटै सरकारबाट बाहिरिएपछि प्रदेश सरकारमा एमालेलाई समर्थन गरेको माओवादीले पनि समर्थन फिर्ता लिने संकत गरेको छ। एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।
यतिबेला गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परिसकेका छन्। राप्रपाका दुई सांसदले समर्थन फिर्ता लिएसँगै अधिकारीको सरकार अल्पमतमा परेको हो। गण्डकी प्रदेशका ६० सांसदमध्ये ३३ जनाको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले पुस २९ गते विश्वासको मत लिँदा जम्मा ३१ सांसदले विश्वासको मत दिएका थिए। गण्डकी सरकारलाई बहुमतका लागि ३१ सांसदकै समर्थन आवश्यक पर्छ। तर राप्रपाका दुई सांसदले समर्थन फिर्ता लिएपछि अधिकारीसँग एमालेका २१ र माओवादी केन्द्रका ८ सांसद गरी २९ जनाको मात्रै समर्थन कायम छ। अब माओवादी केन्द्रका सांसदले पनि समर्थन फिर्ता लिए उनी संकटमा पर्नेछन्। गण्डकी प्रदेशमा कांग्रेसका २७ र एक स्वतन्त्र सांसद छन्। ती स्वतन्त्र सांसद पनि हाल नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गरिसकेका छन्। सत्ता साझेदार दल माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका लागि नयाँ सत्ता समीकरण बनाएसँगै अधिकारीसँग आफ्नै २१ सांसद मात्रैको समर्थन रहनेछ। त्यहाँ नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्र मात्र मिले पनि पुग्नेछ।
यसैगरी एमालेकै नेतृत्वमा रहेको लुम्बिनी सरकार पनि संकटमा परेको छ। लुम्बिनीमा सात दलको समर्थनमा पुस २७ गते लीला गिरीको नेतृत्वमा सरकार बनेको थियो। ८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। त्यहाँ एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४–४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३–३, स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र नेकपा एसका १–१ सांसद छन्। एमालेबाहेकका दल सरकारबाट बाहिरिँदा यहाँ मुख्यमन्त्रीसँग जम्मा २९ मत मात्रै मात्रै रहनेछ। मुख्यमन्त्री बन्न गिरीलाई एमालेबाहेक थप १५ सांसदको समर्थन आवश्यक पर्छ।
नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा पनि संकट सिर्जना भएको छ। तुलनात्मक रूपमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की डिलडिलमा छन्। राप्रपाले समर्थन गरिरहे एमालेका लागि एक सांसद आवश्यक पर्छ। ९३ सदस्यीय प्रदेशसभामा ४० सिट रहेको एमालेलाई सरकार जोगाउन थप ७ सांसदको समर्थन आवश्यक पर्छ।
राप्रपाले समर्थन गरिरहे एक सांसदको जोगाड गर्नुपर्ने हुन्छ। प्रदेश १ मा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन्। एमाले र राप्रपाको ४६ तथा अन्य सबै दल अर्कातिर हुँदा ४७ सांसद हुन्छन्। सभामुखलाई छाड्ने हो भने दुवैतर्फ ४६–४६ सांसद हुनेछन्। तर सभामुखले निर्णायक मत दिन पाउने भएकाले नयाँ गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छ।
२ महिना ४ दिनमै सहकार्य समाप्त
प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई सरकार सञ्चालन र राष्ट्रपति निर्वाचनमा धोका दिएसँगै एमाले सरकारबाट बाहिरिएको छ। परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जान रोकेपछि समर्थन फिर्ता लिएर एमाले सरकारबाहिर बसेको हो।
पुस १० मा एमालेसहितका पाँच दलले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई समर्थन दिएका थिए। योसँगै एमाले–माओवादी केन्द्रको सहकार्य औपचारिक रूपमा तोडिएको छ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल एमालेसँगको सहकार्यलाई एकलौटी रूपमा तोडेर कांग्रेससहितको आठ दलीय मोर्चामा सहभागी भएपछि एमालेले पनि औपचारिक रूपमा सहकार्य तोडेको हो। सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेलगत्तै एमालेका आठ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन्।
प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएर अर्थमन्त्री विष्णु पौडेलसहितका मन्त्रीहरू सिंहदरबारबाट बाहिरिएका थिए। राजनीतिक स्थिति काबुबाहिर रहेको भन्दै एमाले मन्त्रीहरूले राजीनामा दिएका थिए।
अर्थ मन्त्रालयमा कर्मचारीहरूले बिदाइ कार्यक्रमको तयारी गरे पनि पौडेल राजीनामा बुझाएपछि मन्त्रालय नपुगी बाहिरिएका हुन्। उनले पुस ११ गते अर्थ मन्त्रालय सम्हालेका थिए। उनले अर्थ मन्त्रालय सम्हालेपछि मुलुकको अर्थतन्त्र सकारात्मक मोडमा पुगेको थियो।
पुस १० मा बनेको गठबन्धनअनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बने भने प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भए। सात प्रदेशमध्ये चार प्रदेशको नेतृत्व र प्रदेशसभाका २ सभामुख पनि एमालेका भागमा परे पनि अहिले तीन प्रदेशको नेतृत्व एमालेको भागमा परेको छ। ती सबै प्रदेशमा एमालेको सरकार धरापमा परिसकेको छ।