संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्।
शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन्। उनले एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए। देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए।
‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ’, ‘यो देशमा गणतन्त्र आइसकेको छ। देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुन पाउँछ।’
मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनले बताए। मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरुले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे। उनले आफूहरुले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताए।
उनले भने, ‘गणतन्त्र नेपालको लागि सबभन्दा सुन्दर पक्ष हो र संसारका लागि पक्ष हो। तसर्थ पश्चगमनमा कोही जान सक्दैन र पश्चगमनतिर जाँदैन। राज्य पश्चगमनतिर जानै सक्दैन।’
मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताए। देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरुको ठूलो योगदान रहेको भन्दै प्रशंसा समेत गरे।