‘परिस्थिति फेरियो स्वार्थ मिल्नेसँग सहकार्य’
०९ फागुन २०७९
•
६ मिनेट पाठ
‘परिस्थिति फेरियो स्वार्थ मिल्नेसँग सहकार्य’
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठक। तस्वीरः रासस
‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।’ सरकारको नेतृत्वमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको पार्टी पदाधिकारीको बैठकपछिको भनाइ हो यो। 




एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। तर पुस २६ गतेसम्म आइपुग्दा विपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले पनि दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो। कांग्रेससहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघिका साझेदार दलहरूको पनि समर्थन पाएका दाहालले पूर्ववत् अवस्था परिवर्तन भएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए। प्रतिनिधिसभाको सभामुख निर्वाचनअघि माघ ३ गते सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि बढाएका दाहालले पछिल्ला दिनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ हात बढाएका छन् भने एमालेसँग दुरी बढाउँदै लगेका छन्। त्यसले एमालेलाई झस्काइरहेका बेला राष्ट्रपतिका विषयमा निर्णय लिन बोलाइएको बैठकको पूर्वसन्ध्यामा दाहालले कांग्रेस पदाधिकारी र नेकपा एसका अध्यक्षसँग छलफल गरेका थिए। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेताहरूसँग छलफल गरेका दाहालले सोमबार सिंहदरबारमा नेपालसँग कुरा गरेका हुन्।

कांग्रेस नेताहरूलाई राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन दिएका दाहालले सोमबार दिउँसो नेकपा एसका अध्यक्ष नेपालसँग राष्ट्रपति र उनको चाहनाका विषयमा छलफल गरेका छन्। त्यसलगत्तै पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री नियुक्त हुँदा अवस्था फेरिएको निष्कर्षसहित संविधान र शान्तिका पक्षधरसँग मिलेर राष्ट्रपति निर्वाचनमा जाने निष्कर्ष निकालेका छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि अन्तिम समयसम्म पहल लिने भन्दै अन्तिम निर्णय लिने अधिकार दाहाललाई दिएको छ। दल र व्यक्तिका विषयमा केही उल्लेख नगरेका महराले राष्ट्रिय सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने जनाए। ‘त्यस (राष्ट्रिय सहमति) का लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ,’ महराले सञ्चारकर्मीसँग भने, ‘हाम्रो स्वार्थ कोसँग मिल्छ, हेर्दै जानुहोला।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस नेतृत्वमा पाँच राजनीतिक दलले संविधानको रक्षाका लागि भन्दै नयाँ गठबन्धन निर्माण गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सार्दै उनकै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीसहितका दल गएका थिए। महराको पछिल्लो अभिव्यक्तिले कांग्रेस नेतृत्वमा रहेको गठबन्धनलाई फेरि निरन्तरता दिने माओवादी निष्कर्ष भएको कांग्रेस, नेकपा एससहितका नेताहरूको बुझाइ छ। तर माओवादीले राष्ट्रपतिको उम्मेदवारी मनोनयनको दिन फागुन १३ गते मात्र स्पष्ट धारणा बाहिर ल्याउने निकट एक नेताले बताए। सत्ता साझेदार एमालेसँगसमेत समझदारीमा नयाँ राष्ट्रपतिमा नाम प्रस्तावको तयारीमा दाहाल छन्। दाहालको चाहना एमाले मात्र होइन, कांग्रेस नेतालाई पनि राष्ट्रपति बनाउने नभएको भन्दै निकट स्रोतले भन्यो, ‘नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने उहाँको चाहना देखिन्छ।’

सको पनि समर्थन रहने दाहालको बुझाइ रहेको निकट स्रोतको दाबी छ। सोहीअनुसार सोमबार नेपालसँग दाहालले कुरा गरेको दाबी गर्दै स्रोतले भन्यो, ‘कांग्रेस सभापति पनि नेपालको पक्षमा सकारात्मक हुनुहुन्छ।’ देउवाले अन्य पार्टीका नेताहरूसँगको भेटमा नेकपा एसका अध्यक्ष नेपालले चाहना राखेको बताउँदै आएका छन्। कांग्रेस नेताहरूसँगको छलफलका क्रममा पनि दाहालले नेपालले इच्छा राखे के गर्ने भन्ने चासो राख्ने गरेको स्रोतको दाबी छ।

दाहाल र नेपालबीच सोमबार भएको भेटमा नेपाली कांग्रेससमेतको समर्थन भए राष्ट्रपतिमा जान आफू तयार रहेको प्रधानमन्त्रीलाई आश्वासन दिएका छन्। पार्टी निर्माण गर्दै अझै केही समय सक्रिय राजनीति गर्ने आफ्नो चाहना रहेको बताउँदै नेपालले ‘कांग्रेससमेतको समर्थन रहने हो भने ठिकै छ, तपाईं पहल गर्नुहोस्’ भनेको स्रोतको दाबी छ। नेपाल राष्ट्रपति बन्दा उनले नेतृत्व गरेको नेकपा एसको अस्तित्व समाप्त हुने र त्यहाँ भएका नेता तथा कार्यकर्ता एमालेमै फिर्ता हुने सम्भावना बढी भएकाले ओलीको पनि समर्थन रहन सक्ने माओवादीका केही नेताको विश्लेषण छ। तर कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल दुवैको चासो पनि राष्ट्रपतिमा नेपाल गएपछि उनको नेतृत्वको पार्टीको अस्तित्व के हुन्छ भन्ने रहेको छ। नेपाल नेतृत्वको पार्टी एमालेमा विलय हुने अवस्थामा सरकार गठन र विघटनमा सोही पार्टी निर्णायक बन्ने अवस्था आउन सक्नेमा दुवै नेताहरूको चासो र चिन्ता रहेको निकटहरूको बुझाइ छ।

दाहालसँगको भेटमा राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्न सुझाएको जानकारी दिँदै नेपालले सञ्चारकर्मीसँग भने, ‘हाम्रो समझदारी बलियो होस् र लामो यात्रामा जाऔं भनेको छु।’ राष्ट्रपतिमा तपाईंको नाम पनि चर्चामा छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेपालले चर्चामा धेरै जना रहेको जनाउँदै चर्चामा ल्याउने र टुंगोमा पु¥याउने फरक कुरा भएको टिप्पणी गरे। नेकपा एसका नेताहरूले नेपाललाई राष्ट्रपति बन्न विभिन्न कोणबाट कुरा आएको बताउँदै आएका छन्। नेता नेपालले पार्टी निर्माणमै लाग्ने बताउँदै आएको जनाउँदै निकट स्रोतले भन्यो, ‘पार्टी स्थापनाको छोटो समयमै राष्ट्रपतिका लागि दलहरूबाट आएको प्रस्तावलाई स्वीकार गर्नुपर्ने मत पनि पार्टीमा छ।’

अध्यक्ष नेपालप्रति कांग्रेस सभापतिसहित नेताहरू लचिलो रहे पनि सिंगो पार्टी अरूलाई समर्थन गर्नेमा एकमत हुने अवस्था नभएको पनि निकटहरूको बुझाइ छ। कांग्रेस नेताहरूले सार्वजनिक रूपमा पार्टीले अघि सारेको व्यक्ति राष्ट्रपति बन्ने बताउँदै आएको भन्दै नेकपा एसका एक नेताले भने, ‘हुने नै अवस्था आयो भने त्यहीअनुसार सोचौंला।’

राष्ट्रपतिमा कांग्रेसले चुनाव जितेर लिने दाबी गर्दै कांग्रेस नेता शेखर कोइरालाले सोमबार सिन्धुलीमा आयोजित कार्यक्रममा भने, ‘नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ। यसमा म ढुक्क छु। नेपाली कांग्रेसले पाउने होइन, लिने हो।’ कांग्रेसले राष्ट्रपतिमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने निश्चितप्रायः छ। यद्यपि नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठसहितका नेताले आकांक्षा राख्दै आएका छन्।

ओलीको भय

सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन्।

नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ। ओलीले दाहाललाई अप्ठ्यारो पार्न बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ। भट्टराई नेतृत्वको पार्टीसँग माओवादी केन्द्रले एकीकरण गर्न छलफलमा रहेका बेला उनलाई रोकेर नेता नेपाल वा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न दाहाललाई नैतिक र राजनीतिक रूपमा पनि अप्ठ्यारो पर्ने बताइन्छ। कांग्रेसभित्र नेताहरूबीच दुरी बढाउन ओलीले पौडेलको साटो सिटौला वा पूर्वसभामुख दमननाथ ढुंगानाको नाम अघि ल्याएर खेल खेल्न सक्ने सम्भावना रहेको पनि निकटहरू बताउँछन्।

मधेसवादी दल र शक्ति केन्द्रहरूको पनि रुचिमा रहेका महन्थ ठाकुरलाई पनि ओलीले कार्डका रूपमा राष्ट्रपतिमा अघि सार्न सक्ने कांग्रेस र माओवादी नेताहरूको बुझाइ छ। ‘सकेसम्म एमाले र अझ ओलीले नै चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउन उहाँ (केपी ओली) ले अधिकतम प्रयास गर्नुहुन्छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘त्यो सम्भव नभएको अवस्थामा प्रधानमन्त्रीलाई अप्ठ्यारो बनाउन उहाँले शक्ति केन्द्रहरूको चासोका विभिन्न पात्र र व्यक्तिलाई अघि सार्ने सम्भावना छ।’
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस