नयाँ राष्ट्रपतिका विषयमा आधिकारिक निर्णय लिन माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ। बैठक पार्टी कार्यलय पेरिसडाडाँमा दिउँसो ४ बजे बस्ने छ।
बैठकअघि आइतबार साँझ प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासहित पाँच शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका हुन्।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा आजको बैठकले आधिकारिक निर्णय गर्ने बताइएको छ। राष्ट्रपतिमा एमालेले दाबी गर्दै आएको छ। पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमति अनुसार राष्ट्रपतिमा आफ्नो उम्मेदवार हुने दाबी एमालेको छ।
तर राष्ट्रिय सहमतिको तर्क गरिरहेका प्रधानमन्त्री दाहाल भने राष्ट्रपति कांग्रेसबाट बनाउने मनोस्थितिमा छन्। उनलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको छ। यसैसन्दर्भमा
आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्रीले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए। २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।