राष्ट्रपति बन्न ठाकुर पनि सक्रिय
०८ फागुन २०७९
•
३ मिनेट पाठ
राष्ट्रपति बन्न ठाकुर पनि सक्रिय
सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता बढाएका छन्। दुई दलको विवादबीच आफू राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको औल्याउँदै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्।




ठाकुरनिकट तथा जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार पछिल्लो साता ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपालसँग समेत सो विषयमा कुराकानी गरिसकेका छन्। लोसपाले राष्ट्रपति पदमा ठाकुरलाई अघि सार्ने तयारीसमेत गरेको छ। यसबारे निर्णय लिन लोसपाले यही फागुन १० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ।  

त्यो बैठकले ठाकुरलाई राष्ट्रपति पदमा अघि सार्ने निर्णय गर्ने झाले बताए। ‘उहाँ (ठाकुर) ले जीवनमा ठुलो राजनीतिक योगदान र त्याग गर्नुभएको छ। आफूमा भएका अनुभव, निष्ठा, इमानदारीलगायत विभिन्न कारणले अहिलेको सन्दर्भमा राष्ट्रपतिका लागि सबैभन्दा उपयुक्त व्यक्ति ठाकुरज्यू नै हुनुहुन्छ,’ झाले भने, ‘पछिल्लो १५ वर्षदेखि ठाकुर सार्वजनिक लाभको पदमा बस्नुभएको पनि छैन। केहीलाई मन्त्री बनाउनुभयो, केहीलाई सांसद बनाउनुभयो तर उहाँ आफू लाभको पदमा जानुभएन। त्यसैले यसपटक राष्ट्रपतिमा पार्टीहरूले उहाँलाई अघि सार्नुपर्छ।’

केही दिनअघि एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनबाटै आफ्नो गाडीमा ‘लिफ्ट’ दिएर ठाकुरलाई बालकोट लगेका थिए। बालकोट पुगेपछि ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बतायो। लोसपाका एक नेताले भने, ‘त्यस भेटमा ओलीज्यूले ठाकुरलाई सकरात्मक प्रतिक्रिया मात्र दिनुभएन, राष्ट्रपतिका लागि अघि सर्न ओलीले नै ठाकुरलाई प्रस्ताव गर्नुभएको थियो।’ ती नेताले भने, ‘त्यसपछि उहाँको सक्रियता झनै बढ्यो र पार्टीभित्र छलफल भयो।’

लोसपा अध्यक्ष ठाकुरको सम्बन्ध देउवा, ओली, दाहाल र नेपालसँग बराबरी छ। ओली प्रधानमन्त्री हुँदा ओली सरकारमा ठाकुरनिकट नेताहरू सहभागी मात्र भएनन्, अन्तिम समयमसम्म ओलीलाई टिकाउन ठाकुरले निकै प्रयाससमेत गरे। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भने उनी एमालेसँगको सम्बन्ध तोडेर कांग्रेस र माओवादी केन्द्र नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धनमा सहभागी भएका थिए। पाँच दलीय गठबन्धनमा सहभागी भए पनि उनले ओलीसँगको सम्बन्धलाई कायमै राखेका थिए। ठाकुरनिकट एक नेताले भने, ‘राष्ट्रपतिको निर्वाचनमा प्रमुख दलहरूबीच, त्यसमा पनि सत्तारूढ दलहरूबीचमै सहमति जुट्न नसकेका बेला र यही विषयले गठबन्धनमै फुट आउन सक्ने सम्भावना भइरहेका बेला राष्ट्रपतिका लागि सबैलाई मान्य हुने उपयुक्त व्यक्ति म हुन सक्छु भन्ने महसुस उहाँ (ठाकुर) ले गरेको हुनुपर्छ।’

यसैगरी एमालेले गत पुस १० गते आफ्नो दल र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राखेको छ। एमालेबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, महेन्द्रबहादुर पाण्डेलगायत राष्ट्रपतिका लागि आकांक्षी छन्। राष्ट्रपतिका लागि बहुमत जुटाउन कांग्रेसले पनि विभिन्न किमिसबाट प्रयास गरिरहेको छ। कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला, दमननाथ ढुंगाना, गोपालमान श्रेष्ठलगायतले चासो देखाएका छन्। सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्दै ढुंगाना, कल्याण श्रेष्ठलगायतको नाम अघि सारेको छ।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
३ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस